×

NIC ASIA

मुख्यमन्त्रीलाई गृहमन्त्रीको फोनः ‘राजधानी सार्न हतार नगर्नुस् गठबन्धनमै असर पर्ला’

भदौ १६, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

स्थायी संरचना नबन्दै लुम्बिनी प्रदेशसभा र मन्त्रालय सार्न हतारिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई गृहमन्त्री बालकृष्ण खाणले टेलिफोन गरी तत्काल प्रदेशका कुनै पनि कार्यालयहरू बुटवलबाट नसार्न आग्रह गरेका छन् । उनले आफ्नो कुराको सुनुवाइ नभए गठबन्धनमै असर पर्नसक्ने मुख्यमन्त्री केसीलाई सचेतसमेत गराए । प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ तय गरिए पनि त्यहाँ कुनै संरचना बनेका छैनन् । 

मुख्यमन्त्री केसीले निर्वाचनलाई मात्रै केन्द्रमा राखेर राजधानीतर्फ सामान ओसार्न थालेपछि गृहमन्त्री खाणले चासो देखाएका हुन् । खाणले मुख्यमन्त्री केसीलाई संरचना नबन्दै सामान नओसार्न आग्रह गरेको र एकलौटी गरेमा कांग्रेसले पनि ‘एक्सन’ लिने चेतावनी दिएको कांग्रेसका एक नेताले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गठबन्धनमा निर्णायक भूमिका खेल्ने खाणले संरचना नबन्दै मुख्यमन्त्री केसीले चुनाव प्रभावित पार्न दाङको भालुवाङमा सामान सार्न खोजेको भन्दै ध्यानाकर्षण गराएपछि गठबन्धनभित्र थप खैलाबैला मच्चिएको छ । 


Advertisment
Rupse Holidays
Nabil box

प्रतिपक्षी नेकपा एमालेका केही सांसदले विरोध गरे पनि औपचारिक रूपमा बोलेको छैन । पूर्वमुख्यमन्त्री शंकर पोख्रेलको समेत समर्थनमा चाँडो दाङमा कार्यालयहरू सार्न सहमति जनाएकाले मुख्यमन्त्री केसी हौसिएको एमालेकै नेताहरू बताउँछन् । 

Vianet communication

‘हामीसँग छलफल भएको छैन, संरचना नबन्दै त्यहाँ कार्यालय सार्नु भनेको चालू खर्च बढाउनु हो’ नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खाणले भने । उनले प्रदेशसभाजस्तो महत्वपूर्ण कार्यालय स्थायी राजधानीमा स्थानान्तरण गर्दा दलहरूसँग छलफल गर्नुपर्ने बताए । 

‘नीतिगत रूपमा स्थायी राजधानीमै कार्यालय जानुपर्छ, तर त्यहाँ निर्माणाधीन भवनको कम्तीमा पनि प्रदेशसभामा भएका जिम्मेवार दलका नेताहरूले अनुगमन गरेर सामान सार्दा राम्रो हुने थियो’, उनले भने, ‘मुख्यमन्त्रीले छलफल नै नगरी एकलौटी गर्न खोज्नुभयो ।’ 

विपक्षी दल एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता एवं पूर्वमन्त्री बैजनाथ चौधरीले संरचना नै नभएको ठाउँमा प्रदेशसभा र मन्त्रालयका कार्यालयहरू सार्न खोज्न गलत भएको बताए । प्रदेशसभाको भवन सकिन अझै २ महिना लाग्छ । 

राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेशसभा लागि ५ करोड २१ लाख लागतमा ‘मेटल स्ट्रक्चर’ को भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले असोज मसान्तसम्मको म्याद दिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानीको गुरुयोजना बनाएर बल्ल जग्गा एकीकरणको काम थालेको छ । संरचना निर्माणका लागि बल्ल टेण्डर गरेको छ ।

निर्वाचन अघि नै संसद चलाउने तयारीमा सरकार जुटेको हो । २०७७ असोज २० गते प्रदेशसभाले लुम्बिनीको स्थायी राजधानी दाङको राप्ती उपत्यका (भालुवाङ, देउखुरी) क्षेत्रलाई तोकेको थियो । 

नीतिगत रूपमा स्थायी संरचना तयार गरेर कार्यालय स्थानान्तरण गर्नुपर्ने भए पनि निर्वाचनलाई लक्षित गरी मुख्यमन्त्री केसी र सभामुख पूर्णबहादुर घर्तीले सामान ओसार्न निर्देशन दिएपछि मन्त्रिपरिषद्का सदस्य तथा गठबन्धन दलका सांसदहरू असन्तुष्ट भएका हुन् । 

पाँच दलीय गठबन्धनको सरकार भए पनि गत भदौ १० गते प्रदेश पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजना कार्यालय उद्घाटनमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्री मात्रै सहभागी भएपछि दाङकै शहरी विकासमन्त्री डिल्ली चौधरीसमेत असन्तुष्ट बनेका छन् । कुनै पूर्वाधार नभएको ठाउँमा कर्मचारी जान तयार छैनन् । 

नेपाली कांग्रेसले स्थायी राजधानी दाङको विपक्षमा मत दिन ह्वीप लगाउँदा चौधरीले पार्टी ह्वीप तोडेर दाङको पक्षमा मत दिएका थिए । मन्त्री भएपछि कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाको निर्देशन नमानेर चौधरीले मुख्यमन्त्री केसीलाई सघाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x