×

NMB BANK
NIC ASIA

सवारी आयात प्रतिबन्धको असर

अटो क्षेत्र ६ महिनादेखि सुनसान: साना सवारीसाधनको बिक्री ६० प्रतिशतले घट्यो, दशैंले ल्याएन उत्साह

भदौ २८, २०७९

NTC
Premier Steels

पछिल्लो एक वर्षदेखि बैंकहरूमा देखिएको लगानीयोग्य रकम (तरलता) अभावले अटो क्षेत्रको माग कम बन्यो । पछिल्लो समय वैशाखदेखिको आयात प्रतिबन्धको असरले झन् सवारी साधनको बिक्री ६० प्रतिशतसम्मले घटेको छ । बजारमा नयाँ सवारी साधन नै नभित्रिएका कारण अटोमोबाइल्स क्षेत्र दशैंको पूर्वसन्ध्यामा पनि सुनसान प्रायः छ । 

Muktinath Bank

समग्र अटो क्षेत्रमा हुने व्यापारको ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने १५० सीसीमाथिका सवारी तथा निजी कार, जीप र भ्यान आयातमै प्रतिबन्ध छ । सरकारले ५ महिनादेखि आयातमा रोक लगाएको हुँदा अधिकांश कम्पनीमा ती सवारीको स्टक सकिएको छ । स्टक बाँकी भएकाहरूको सवारी बिक्रीमा पनि बैंकले लगानी नगरेका कारण उत्साह देखिएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म स्टकले धानिएको भएपनि पछिल्लो ५ महिनादेखि भित्रिनै नपाएकाले अब तत्कालै आयात खुला नभए समग्र अटो क्षेत्र धरासायी हुने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए । उनले भने, ‘निजी कार, जीप र भ्यान अहिलेसम्म नबिकेर बाँकी भएकाहरूले मात्रै बेचिरहेका छन् भने स्टक सकिनेहरू सरकारले प्रतिबन्ध खुला गर्ने दिन गन्दै बसिरहेका छन् ।’


Advertisment
Nabil box
Kumari

अहिले १५० सीसीभन्दा कमका मोटरसाइकल, स्कूटर, पीक अफ तथा अत्यावश्यक र व्यावसायिक प्रयोजनका सवारी मात्रै आयात भइरहेको छ । बाँकी ठूलो हिस्सा प्रतिबन्धमा परेकाले धेरै व्यवसायीको डिलर तथा शोरूम नै बन्द भएको नाडाका अध्यक्ष थापाको भनाइ छ ।

Vianet communication

अध्यक्ष थापाका अनुसार अटो क्षेत्रमा हुने कुल व्यापारमध्ये दशैंतिहारको २ महिनामा ४० प्रतिशत र बाँकी ६० प्रतिशत वर्षभरीमा हुने गरेको थियो । पछिल्लो अवस्थाले वर्षभरीमा पनि ४० प्रतिशत व्यापार नहुने चिन्ता बढेको उनको तर्क  छ । सरकारको पछिल्लो कदमले अर्थतन्त्रको एउटा क्षेत्र नै कमजोर भएको छ भने यसको चेन इफेक्टले अरू क्षेत्र समेत प्रभावित हुने दाबी थापाको छ ।

नेपालमा १ लाख जनाले अटो क्षेत्रमा प्रत्यक्ष रोजगारी पाएको अनुमान नाडाको छ । यो वर्ष भने वर्षभरी काम गर्ने कर्मचारीलाई दशैंअगाडि नै बिदा गर्ने र बेतलबी बिदामा राख्ने अवस्थामा व्यवसायी पुगेको गुनासो बढेको छ ।

प्रतिबन्धले मासिक साढे ५ अर्बको आयात घट्यो 

नेपालमा वार्षिक १ खर्ब रुपैयाँभन्दा बढीको सवारी साधन आयात हुने गरेको छ । वैशाख, जेठ र असारमा निजी सवारी आयातमा प्रतिबन्ध लाग्दा समेत गत आर्थिक वर्ष २०७८/७९ मा सवारी र यसका पाटपूर्जा आयात ९९ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ बराबरको छ ।

पछिल्लो समय मासिक ७ देखि १० अर्ब रुपैयाँसम्म आयात हुने थालेको सवारी साधन प्रतिबन्धपछि भने मासिक साढे ५ अर्ब रुपैयाँसम्मले घटेको छ ।

सरकारले १३ वैशाखदेखि शुरू गरेको सवारी आयातको प्रतिबन्धका कारण उक्त महिनामा ४ अर्ब ७८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै सवारी साधन नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यस्तो सवारी साधन आयातमा प्रतिबन्ध लाग्नु अगाडिको चैत महिनामा ६ अर्ब ९३ करोड रुपैयाँको सवारी साधन आएको थियो । 

सरकारले सवारी साधनमा लगाएको प्रतिबन्ध र बैंकहरूले अटो क्षेत्रमा लगानी घटाएका कारण यो वर्ष दशैंका लागि आएको सवारी साधन साउनमा जम्मा ४ अर्ब ६४ करोड १८ लाख रुपैयाँको मात्रै छ । यस्तो सवारी आयात गत वर्षको सोही महिनामा १० अर्ब १४ करोड ५४ लाख रुपैयाँको भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । 

दशैंलाई भित्रिएको सवारी साधनको आयात गत वर्षको तुलनामा यो वर्ष करीब ५५ प्रतिशतले कम छ । 

गत वर्षको साउनको तुलनामा यो वर्षको साउनमा सवारी आयात ५ अर्ब ५० करोड ३० लाख रुपैयाँले घटेको देखिएको छ । 

सरकारले विलासिताका वस्तुको सूचीमा राखेर १३ वैशाखदेखि सवारी साधनसँगै १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । त्यतिबेला सवारी साधनमा २२० सीसीका मोटरसाइकल मात्रै परेका थिए भने सवारी आयातमा बैंकमा शत प्रतिशतसम्मको नगद धरौटी राख्नुपर्ने कडा व्यवस्थासम्म भएको थियो । 

साउनदेखि लगाएको प्रतिबन्धमा भने १५० सीसी माथिका मोटरसाइकल, जीप, कार र भ्यानसहितका सवारी साधन परेका छन् । महंगा गाडीसहितको यस्तो प्रतिबन्ध २८ असोजसम्मलाई तोकिएको छ ।

यस्तो प्रतिबन्धमा महंगा गाडी, ३०० डलरभन्दा बढीका मोबाइल, मदिरा र मोटरसाइकलको आयात पर्छ ।

यसअघि वैशाखदेखि लागेको कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात प्रतिबन्ध भने भदौ १४ पछि खुलेको छ ।

दुईदेखि चारपाङ्ग्रेसम्मका बिक्रेता समस्यामा 

निजी सवारी साधन बिक्री गर्ने दुईदेखि चार पाङ्ग्रेसम्मकै बिक्रेता समस्यामा परेका छन् । नेपालमा उत्पादन नहुने भएकाले बाहिरबाटै आयात गरेर यो क्षेत्र चल्ने गरेको छ । सरकारले अर्थतन्त्र जोगाउन र डलर सञ्चितिलाई कम हुन नदिन गरेको व्यवस्थाका कारण अटो क्षेत्र मुख्य बिक्रीको सिजनमै सुस्ताएको व्यापारीहरूको भनाइ छ । 

यमाहा बाइक बिक्री गर्ने एमएडब्लू इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजु क्षेत्री सरकारी प्रतिबन्धका कारण ६० प्रतिशतभन्दा बढीको व्यापार खस्किएको बताउँछन् । 

उनले भने, ‘युवा पुस्ताको रोजाइमा परेको जम्मा १५५ सीसीका एमटी १५ र आरवान १५५ नै मासिक ५०० वटा सम्म बिक्री हुने मोटरसाइकल थियो । यही क्षमतामा १५५ सीसीको एरोक्स ल्याउने तयारी भइरहेको थियो, तर प्रतिबन्धका कारण ल्याउन पाइएन ।’ 

यो बाहेक दुईपाङ्ग्रेमा रोयल इन्फिल्ड र होन्डाका बाइकको पनि बिक्रीमा समस्या भएको छ । नेपालमै एसेम्बल हुने भएका कारण बजाज र टीभीएस बाइकका लागि भने यसको खासै प्रभाव परेको छैन । यी बाइकको निर्बाध बिक्री वितरण भइरहेको छ ।

एउटै कम्पनीले दशैं तिहारमा मात्रै २० हजार मोटरसाइकल बिक्री गर्ने गरेको थिए । यो वर्ष भने ५/७ हजार पुर्‍याउन पनि समस्या पर्ने अवस्था आएको दुईपाङ्ग्रे सवारीसाधनका बिक्रेताले बताएका छन् । 

नेपालमा ग्रेटवाल मोटर्स बिक्री गरिरहेको भेरी इम्पेक्सका उपाध्यक्ष रूपेश शर्मा भट्ट आयातका कारण बजारलाई अहिले निकै ठूलो असर परेको बताउँछन् । उनका अनुसार बैंकले फाइनान्सिङ नगरेका कारण थप धक्का परिरहेको छ ।

‘हामी ६२ लाखदेखि १ करोड ११ लाखसम्मका गाडी बिक्री गर्छौं । सरकारले आयात प्रतिबन्ध गरेका कारण हामीले बिक्री गर्ने सबै गाडी प्रतिबन्धमा परेका छन् । यसले थप समस्या भइरहेको छ,’ उनले भने ।

यो कम्पनीले विद्युतीय गाडी पनि बेच्ने भएपनि विश्व बजारमा माग अनुसार उत्पादन हुन नसकेको हुँदा चाहिएकै बेला तत्कालै ल्याउन समस्या छ । 

सरकारले २८ असोजपछि प्रतिबन्ध खुला गर्‍यो भने सवारी साधन ल्याउन कम्तिमा ३ महिना लाग्ने भएकाले त्यो समयसम्म धान्न गाह्रो परेको अटो मोबाइल्स क्षेत्रका जानकाहरूको भनाइ छ । 

भक्सवागनका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विवेक बिजुक्छे वैशाखदेखि आयात ठप्प भएको भएपनि बैंकहरूले त्यो भन्दा अगाडिदेखि नै लगानी गर्न छाडिसकेको बताउँछन् ।

त्यतिबेला रहेको स्टक अहिले सकिएको र दशैंपछिबाट नयाँ ल्याउन नपाए शोरूम बन्द गर्नुको कुनै विकल्प नरहेको उनको भनाइ छ ।

भएको सवारी बेचिसक्दा फेरि खुल्छ होला भनेर बसेका व्यवसायीलाई घाटा शुरू हुन थालिसकेको बिजुक्छेको भनाइ छ ।

पछिल्लो समय सरकारले प्रतिबन्ध लगाएर मात्रै अटो व्यापार खस्किएको हैन देशको अवस्थाले गर्दा मन्दी छाइसकेको बुझाइ पनि बिजुक्छेको छ । उपभोक्ताले पेट्रोल गाडी नपाएपछि यसको विकल्पमा इलेक्ट्रिक गाडी खोज्न पनि थालेका छन् । 

टाटा मोटर्सका पोखरा बजार निर्देशक रूपेश श्रेष्ठले पछिल्लो समयको मन्दीका कारण प्रतिबन्ध अगाडि गाडी नै बिक्री नभएको बताए ।

उनले भने, ‘गत वर्ष बिक्री भएको गाडीकै किस्ता तिर्न नसकेको गुनासो आइरहेको छ भने बैंकले लगानी नगरेका कारण भएकै गाडी बिक्री भएको छैन ।’

‘अहिलेकै अवस्थामा आर्थिक मन्दी रहिरहने हो भने भएको स्टकले एक वर्ष पुग्ला जस्तो छ, के नयाँ गाडी ल्याउने आवश्यकता हुन्थो र ?’ श्रेष्ठले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २२, २०८०

 गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो ।   बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x