×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

‘टुरिस्ट उम्मेदवार’को आरोप लागेपछि कोही घर बनाउँदै कोही जन्मथलो देखाउँदै

भदौ ३१, २०७९

NTC
Premier Steels

विशेष गरी राजधानी काठमाडौंमा केन्द्रित नेताहरू पछिल्लो समय चुनावका लागि गाउँगाउँमा आइपुगेका छन् ।

Muktinath Bank

राजनीतिक करिअर नै राजधानीमा शुरू गरेकादेखि गाउँ छाडेर शहरमा हुर्के बढेकाहरू समेत चुनावका लागि आफ्नो थातथलो वा अन्य कुनै सहज स्थान खोज्दै आइपुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी आउँदा उनीहरूले टुरिस्ट उम्मेदवार भन्ने आरोप खेप्नु परिरहेको छ । त्यसबाट बच्न कतिपयले घर नै किन्ने, कतिपयले जग्गा लिएर घर बनाउने तथा कतिपयले आफ्नो पुर्ख्यौली घर देखाउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

....

Vianet communication

नेकपा एमालेका सचिव योगेश भट्टराई एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष समेत भए । उनी २०५२ सालमा अखिलको अध्यक्ष बनेका थिए ।

केन्द्रीय अध्यक्ष हुँदै दुई पटकसम्म पार्टी सचिव बनेका योगेश २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजित भए । 

काठमाडौंका जनताले माया नगरेका योगेशलाई जन्मथलो ताप्लेजुङका जनताले भने पहिलोपटकमै माया गरे । आफ्नो जन्मथलो फर्किए पनि उनलाई टुरिस्ट उम्मेदवारको आरोप लाग्ने गरेको छ । 

अघिल्लो चुनावमा भट्टराई २९ हजार ४७९ मत प्राप्त गरी विजयी बनेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए । 

अहिले योगेशलाई फेरि टुरिस्ट उम्मेदवारको आरोप लगाएर एमाले पोलिटब्युरो सदस्य तिलकुमार मेयाङ्बोले चुनौती दिइरहेका छन् । मेयाङ्बो अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । 

आफूलाई पाहुनाको संज्ञा दिएर पार्टीभित्रैबाट चुनौती खडा भएपनि योगेशले त्यसको खण्डन गर्दै आफ्नो पुर्ख्यौली थलो देखाउने गरेका छन् ।

.....

एमालेकै अर्का नेता भानुभक्त ढकाल पनि काठमाडौंकेन्द्रित राजनीति गरेर मोरङमा आएका हुन् । अघिल्लोपटक उनी मोरङ क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

जिल्लास्तरका केही नेताहरूले उपाध्यक्ष ईश्वर पोख्रेललाई यस क्षेत्रमा ल्याउन खोजेका थिए । ओलीले पहिलोपटक चुनाव लड्ने भन्दै ढकाललाई नै टिकट दिए ।

ढकाललाई रोक्न लबिङ गरेका नेतालाई पार्टीले स्पष्टीकरण सोध्ने तयारी समेत गरेको थियो । तर चुनावमा घाटा हुने भन्दै ढकालले नै नेताहरूलाई कारवाही गर्न रोकेका थिए ।

उनलाई अघिल्लो चुनावमा पाहुनाको आरोप लागेको थियो । पाहुनाको आरोप लागेपछि अहिले भने उनले सुन्दरहरैँचामा घर बनाइरहेका छन् ।

उनले अघिल्लो चुनावमा कांग्रेसका सुनिल कुमार शर्मालाई हराएका थिए । 

ढकालले ४२ हजार ४ सय १३ मत प्राप्त गर्दा शर्माले ४० हजार ५ सय ७ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा पुरानै प्रतिस्पर्धीहरू दोहोरिने सम्भावना बढी रहेको छ ।

शर्मा र ढकालकै नाम एकल/एकल सिफारिश भएको छ । 

....

नेकपा (माओवादी केन्द्र) ओखलढुंगाले प्रतिनिधि सभाका लागि राम कार्कीको नाम सिफारिश गरेको छ । उनी गत चुनावमा झापा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २ हजार ८६३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका थिए । कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए । 

अघिल्लोपटक वाम गठबन्धन हुँदा कार्कीले यस क्षेत्र पाए पनि वाम लोकतान्त्रिक गठबन्धन हुँदा शर्माले टिकट पाउने लगभग पक्का जस्तै छ । शर्मा कांग्रेस महामन्त्री बनिसकेका छन् ।

पाहुनाको आरोपबाट बच्न कार्कीले झापाको मेचीनगर ९ मा घर नै बनाएका थिए, तर उनी अहिले जन्मथलो खोज्दै ओखलढुंगा पुग्ने तरखरमा छन् ।

.....

भोजपुरमा तीन पटकसम्म चुनाव हारेर निराश बनेका ज्ञानेन्द्रबहादुर  कार्कीलाई प्रत्यक्ष निर्वाचित सांसदको स्वाद भने सुनसरीले दिएको थियो ।

पहाडबाट निराश हुँदै तराई झरेका कार्कीलाई फाइदा नै पुग्यो । उनले सुनसरी क्षेत्र नम्बर ४ बाट सजिलै जीत निकाल्न सफल भएका थिए । 

वाम गठबन्धन हुँदा पनि कार्कीको भाग्य खुलेको थियो । सुनसरी ४ मा उनले ३२ हजार ३४७ मत प्राप्त गर्दा एमालेका रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याएका थिए ।

२०५१, २०५६ र २०६४ सालको निर्वाचनमा कार्की भोजपुरबाट पराजित भएका थिए ।

देउवाका विश्वास पात्र रहेका कार्की तीनपटक चुनाव हारेपछि २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गरेका थिए ।

समानुपातिकबाट संसद्मा छिरेका कार्की अर्थमन्त्री बने । त्यसअघि २०६३ सालमा अन्तरिम सरकारको जलस्रोत मन्त्री समेत बनेका थिए ।

सुनसरीबाट चुनाव जितेपछि उनी फेरि मन्त्री बनेका छन् । कार्की सरकारका प्रवक्ता समेत हुन् ।

उनले पाहुनाको आरोपबाट बच्न आफ्नो क्षेत्रमा घर बनाएका छन् ।

....

नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले टिकट लिनका लागि नै घर किनेका छन् । काठमाडौंमा बसेर आफ्नो पहिचान बनाई राजनीतिमा आएका खरेलले बिर्तामोडमा घर किनेका हुन् ।

खरेल केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका महान्यायाधीवक्ता थिए । ओलीले गरेको प्रतिनिधि सभा विघटन सर्वोच्चले बदर गरिदिएपछि उनले पदबाट राजीनामा दिएका थिए ।

सक्रिय राजनीतिमा लाग्नकै लागि पदबाट राजीनामा दिएका खरेल पाहुना उम्मेदवारको आरोप लाग्न नदिन पहिलेबाटै सचेत बनेका हुन् । 

....

संखुवासभाबाट एमालेले सिफारिश गरेका अर्जुन कार्की पनि काठमाडौं केन्द्रित राजनीति गरेका व्यक्ति हुन् । खाँदबारीमा घर भएपनि उनी काठमाडौंमा नै बस्दै आएका थिए ।

उनी अमेरिकाका लागि नेपाली पूर्व राजदूत समेत हुन् । कहिले काठमाडौं त कहिले चितवनको राजनीति गरेका कार्की सांसद बन्ने चाहनासहित पुर्ख्यौली थलो खोज्न आइपुगेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x