×

NMB BANK
NIC ASIA

देशभरबाट वार्षिक १० लाख टन फोहर उत्पादन

असोज २, २०७९

NTC
Premier Steels

देशभरबाट वार्षिक करिब १० लाख टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये प्रतिवर्ष तीन लाख ८६ हजार ६ सय ९० टन आवासीय क्षेत्रबाट, दुई लाख ४५ हजार आठ सय ८४ टन व्यापारिक क्षेत्रबाट निष्कासन हुने सरकारी तथ्याङ्कले देखाएको छ ।

Muktinath Bank

यसैगरी एक लाख तीन हजार दुुई सय ४४ टन शैक्षिक संस्थाहरूबाट, ९४ हजार तीन सय ९२ टन औद्योगिक क्षेत्रबाट, एक लाख एक हजार पाँच सय सात टन स्वास्थ्य सेवा क्षेत्रबाट र ६६ हजार दुई सय २० टन अन्य क्षेत्रबाट निष्कासन हुने गरेको केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उत्पादित फोहरमैलामध्ये सबैभन्दा बढी वार्षिक तीन लाख ८९ हजार नौ सय ८३ टन ल्यान्डफिल साइटमा जम्मा हुने, तीन लाख १५ हजार ६९ टन नदी किनार तथा बगर जस्ता वातावरणीय क्षेत्रमा जाने र २२ हजार ७५ टन दहन गरिने गरिएको विभागले आज सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी फोहरमैलाको पुनः चक्रीय उपयोगमा जान सक्ने प्लाष्टिक, धातु, कागज तथा कागजजन्य वस्तु अत्यन्तै न्यून (आठ हजार ६ सय ९० टन) परिमाणमा पुनः चक्रीय रूपमा उपयोग हुने देखिएको विभागका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

विभागको यस अध्ययनले नेपालका स्थानीय, प्रादेशिक तथा सङ्घीय तहमा समेत फोहरमैलासम्बन्धी तथ्याङ्कहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार नरहेको समेत देखाएको छ । तसर्थ, यस अध्ययनमा फोहरमैला उत्पादन एवं खपत क्षेत्र तथा फोहरमैलाको वर्गीकरण गरिएको छ ।

Vianet communication

फोहरमैलाको वर्गीकरण, उत्पादन तथा खपत मात्रासम्बन्धी तथ्याङ्क अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन स्थानीय, प्रादेशिक तथा सङ्घीय तहका फोहरमैला व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण पेसाकर्मी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको प्रतिवेदनको सुझाव छ । प्रतिवेदन केन्द्रीय केन्द्रीय तथ्याङ्क विभाग तथा राष्ट्रिय योजना आयोगको आर्थिक सहयोगमा तयार पारिएको हो ।

फोहरमैलाको उचित व्यवस्थापन गर्न हाम्रो फोहरमैला कुन मात्रामा निष्कासन हुन्छ, यसमा कस्ता वस्तुहरू समावेश छन् र यी निष्कासित फोहर तथा त्यसमा रहेका वस्तुहरू कहाँ जान्छन् भन्ने कुराको विश्वसनीय तथ्याङ्क तथा सूचना आवश्यक पर्दछ । यसै परिप्रेक्ष्यमा केन्द्रीय तथ्याङ्क विभागले फोेहरमैला व्यवस्थापनसम्बन्धी सर्वेक्षण २०७६ सञ्चालन गरेको थियो । सर्वेक्षणको मुख्य उद्देश्य फोेहरमैला व्यवस्थापनसम्बन्धी आधारभूत तथ्याङ्क सङ्कलन गर्ने रहेको थियो जसमा फोहरमैलाको उत्पादन, सङ्कलन तथा व्यवस्थापनसम्बन्धी तथ्याङ्ककहरु सङ्कलन गरिएको थियो । 

यो प्रकाशनमा गाउँपालिकाबाहेक देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको फोहरमैलासम्बन्धी तथ्याङ्कहरू समावेश गर्दै देशको समग्र भौगौलिक क्षेत्रलाई समेटिएको छ ।

जनस्वास्थ्य सुरक्षा तथा जल, वायु एवम् भूप्रदूषणको रोकथामलगायत महत्वपूर्ण प्राकृतिक स्रोतसाधनमा पर्ने अत्यधिक चाप कम गर्नसमेत फोहरमैलामा विद्यमान उपयोगयोग्य वस्तुको यथासम्भव पुनः प्राप्ति गरी पुनः प्रयोग वा चक्रीय उपयोग गरी फोहरमैलाको यथोचित व्यवस्थापन अपरिहार्य भइसकेको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x