×

Dabur
MG

राजनीति

बन्दसूचीमा बेथिति : आरजु, निधि र महरालगायतका हस्तीलाई संसद पुग्न समानुपातिकको भर्‍याङ !

असोज ३, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।  समानुपातिक निर्वाचनको लागि आयोगले असोज २ र ३ गते उम्मेदवारी दर्ताको मिति तय गरेको थियो । प्रतिनिधि सभातर्फ ११० जना र सात प्रदेशको लागि कुल २२० सिटमा दलहरूले समानुपातितर्फको उम्मेदवारी दर्ता गराएका हुन् । 

yONNEX
Sagarmatha Cement
Kumari

समानुपातिक समावेशी सिद्धान्तको आधारमा समानुपातिक उम्मेदवार चयन गर्नुपर्ने कानूनी प्रावधान छ । त्यसका लागि उम्मेदवार चयन गर्ने क्लस्टर नै तोकिएको छ । क्लस्टरअनुसार, उम्मेदवारको नामावली नमिलेमा निर्वाचन आयोगले आगामी असोज १६ गतेसम्म सच्याउने समय दिने छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका ठूला दलहरूले सोमबार निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको सूची पेश गरेका छन् ।


Advertisment
Tezz
Berger
Pardeshi

समानुपातिक निर्वाचनको विकृत अभ्यास यस पटक पनि देखिएको छ । पार्टीका प्रभावशाली हैसियतमा रहेका, सत्ता र शक्तिमा हालीमुहाली गरेका व्यक्तिहरू समानुपातिक सूचीमा समेटिएको छ । नेपाली कांग्रेसको समानुपातिक सूचीमा प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको नाम समेटिएको छ । उनी विभिन्न पाँच निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवारको लागि सिफारिस भएकी थिइन् । यसअघि २०७४ मा आरजु कैलाली–५ बाटै प्रत्यक्ष निर्वाचन लडेकी थिइन् । उनलाई एमालेका नारदमुनि रानाले चुनाव हराएका थिए । यस पटक पनि उनी प्रत्यक्षतर्फकै उम्मेदवार बन्ने चर्चा थियो । तर, अन्तिममा कांग्रेसले प्रधानमन्त्री पत्नीलाई समानुपातिक सूचीमा समेटेको हो । 

Vianet communication
Laxmi Bank

कांग्रेसका अर्का प्रभावशाली नेता र पटक पटक राज्यको महत्त्वपूर्ण जिम्मेवारीमा पुगेका विमलेन्द्र निधि पनि समानुपातिक उम्मेदवार बनेका छन् । निधिको नाम गृहजिल्ला धनुषाबाटै समानुपातिक उम्मेदवारको रुपमा सिफारिस भएर आएको थियो । 

पटक पटक मन्त्री भएका निधि गत मंसिरमा कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति पदका उम्मेदवार थिए । उनी पहिलो चरणमा सभापतिको प्रतिस्पर्धामा पछि परेका थिए । २०७४ मा चुनाव हारेका निधिले यस पटक संसदमा पुग्नका लागि समानुपातिकको सजिलो भर्‍याङ रोजेका हुन् । 

त्यसबाहेक, कांग्रेसका नेताहरू गोपालमान श्रेष्ठ, फरमुल्लाह मन्सुर र जीवन परियार समानुपातिकतर्फको उम्मेदवारको सूचीमा समेटिएको कांग्रेस नेताहरुले बताएका छन् ।  कांग्रेसका अर्का प्रभावशाली नेता तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत पनि समानुपातिक उम्मेदवार बनेको चर्चा कांग्रेसका नेताहरुले गरेका छन् । उनी २०७४ को चुनावमा काठमाडौं–५ बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी एमालेका उम्मेदवार ईश्वर पोखरेलसँग पराजित भएका थिए । उनी यसपटक नुवाकोटबाट चुनाव लड्ने चर्चा थियो । महत अहिले कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा छन् । 

यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नै समानुपातिक उम्मेदवार बनेका छन् । यसअघि चार पटक चुनाव लडेका महरा २०७४ को चुनाव जितेपछि प्रतिनिधि सभाको सभामुख बनेका थिए । यौन दुर्व्यवहारको अभियोग लागेपछि उनको सभामुख पद खुस्किएको थियो । पछि, अदालतले उनलाई सफाइ दिएको थियो । 

उनले धेरै ठाउँबाट उम्मेदवार भइदिन आग्रह आएकाले एक ठाउँको मात्रै उम्मेदवार हुनभन्दा देशकै उम्मेदवार हुनका लागि समानुपातिक रोजेको दावी गरेका छन् । समानुपातिकको पहिलो नम्बरमै आफ्नो नाम हुने उनले बताएका छन् । 

त्यसबाहेक, माओवादी केन्द्रले पेश गरेको समानुपातिक उम्मेदवारको सूचीमा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम पनि समावेश गरेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति नेपाल समाजवादी दलले गरेको छ ।

एकीकृत समाजवादी बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा उक्त दलका शीर्ष नेताहरुको नाम समावेश गरेको छ । उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव डा. गंगालाल तुलाधर, सचिव नागेन्द्र चौधरीको नाम समानुपातिक उम्मेदवारको सूचीमा समावेश भएको छ । 

हमाल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल निर्वाचित भएको काठमाडौं–२ बाट चुनाव लड्ने चर्चा थियो । पार्टीमा उपमहासचिव र केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारीमा रहेका तुलाधर धादिङ–२ का सम्भावित उम्मेदवारकोरूपम चर्चामा थिए । तुलाधर एमालेमा हुँदा २ पटक धादिङ–२ बाट निर्वाचित भएका छन भने २ पटक नै पराजित पनि भएका छन् । 

त्यसैगरी, नेकपा एसका सचिव नागेन्द्र चौधरी पनि समानुपातिकमा समेटिएका छन् । उनी यसअघि एमालेमा पनि समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए । 

एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य सावित्राकुमारी भुसाल, रामचन्द्र यादव, श्रीप्रसाद साह, भविश्वर पराजुली, केन्द्रीय लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ र पोलिटब्युरो सदस्य दीलकुमारी पन्त पनि समानुपातिक सूचीमा परेका छन् । 

नेकपा एमालेले बुझाएको समानुपातिक सूचीमा पार्टीको शीर्ष तहका नेतालाई समावेश नगरेको उक्त पार्टीका एक नेताले जानकारी दिए ।  एमालेले सकेसम्म यसअघि समानुपातिक उम्मेदवार भइसकेका व्यक्तिलाई यस पटक नदोर्‍याएको बताएको छ । एमालेले उम्मेदवार छनौटको मापदण्ड बनाउँदा नै यसअघि समानुपातिकतर्फको उम्मेदवार भइसकेका व्यक्तिलाई नदोर्‍याउने मापदण्ड बनाएको छ । उम्मेदवार छनौटको क्रममा मापदण्डलाई कडाइका साथ पालना गर्ने प्रयास गरिएको ती नेताले बताए । 

एमालेमा चुनाव लड्ने इच्छा नगरेका केन्द्रीय सचिवालयका नेताहरू उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरू पनि समानुपातिक सूचीमा समेटिएका छैनन् ।
त्यसबाहेक, माओवादी केन्द्रबाट एमाले प्रवेश गरेर उपाध्यक्ष बनेका रामबहादुर थापा समानुपातिक सूचीमा रहने चर्चा थियो । तर, पार्टीले उनलाई पनि समानुपातिक उम्मेदवार नबनाएको एक नेताले जानकारी दिए । 
पार्टीका अध्यक्ष असाध्यै निकट रहेका उप–महासचिव विष्णु रिमाललाई समानुपातिक उम्मेदवार बनाउनकै लागि केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिव बनाइएको चर्चा एमालेभित्र थियो । तर, उनले पनि समानुपातिकमा अवसर पाएनन् । 

एमालेले स्थायी कमिटी सदस्य रघुजी पन्तलाई भने समानुपातिकतर्फको उम्मेदवार बनाइएको छ । त्यसबाहेक, गोरखबहादुर बोगटी, ईश्वर रिजाल, लीलबहादुर थापा, प्रेमबहादुर सिंहको नाम पनि समानुपातिक सूचीमा समेटिएको छ । 

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १६, २०८०

नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले मंगलबार बुटवल उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) खेलराज पाण्डेयलाई २४ बुँदे ज्ञापनपत्र बुझाएको छ । मेयर पाण्डेयले राजनीतिक प्रतिशोधका आधारमा अघिल्लो नेतृत्वले अघि सारेक...

असोज १६, २०८०

प्रतिनिधिसभाका सांसद बासुदेव घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग समेत पर्ने जमिन व्यक्तिको नाममा नामसारी गर्ने कार्यमा संग्लन सबैलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् ।  म...

असोज १६, २०८०

हत्यारालाई आममाफी दिएर राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण रोक्न माग गर्दै रास्वपाले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेको छ ।​ रास्वपा संसदीय दलका उपनेता डीपी अर्याल, निशा डाँगी र अशोककुमार चौधर...

असोज १६, २०८०

मकवानपुर– बागमती प्रदेशसभाको मंगलवार अपराह्न २ बजे बस्ने भनिएको बैठक विशेष कारणवश बुधबार अपराह्न ४ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमवार साँझ बसेको प्रदेशसभाको बैठकमा प्रदेश चिट्ठा व...

असोज १६, २०८०

कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधवार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रम...

असोज १६, २०८०

नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले सभामुखको अपमान गरेको आरोप लगाएका छन् । एउटा कार्यक्रमका लागि विदेश भ्रमणमा जान लाग्दा पीए मात्र लैजान भनिएको आरोप उनले लगाए । ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x