×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

गठबन्धनले सिट भागबण्डा लगभग टुंग्यायो, उम्मेदवार छान्न एमाले मध्यरातसम्म छलफलमा

असोज १४, २०७९

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको टुंगो लगाउन छलफल थालेको छ । बिहीबार मध्यरातसम्म चलेको एमाले सचिवालय बैठकमा उम्मेदवारबारे लामो छलफल भएको छ ।  अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ५ घण्टा भन्दा लामो समय चलेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभातर्फका उम्मेदवारीका सन्दर्भमा छलफल केन्द्रीत रहेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । 

Muktinath Bank

उनका अनुसार बिहीबार बैठकमा प्रतिनिधिसभातर्फका १६५ र प्रदेशसभातर्फका ३३० निर्वाचन क्षेत्रमा लड्ने सम्भावित उम्मेदवारबारे प्रारम्भिक छलफल भएको छ । ‘पार्टी सचिवालयको १३ औं बैठकमा प्रतिनिधिसभातर्फको १६५ वटा सिटमा कोको उम्मेदवार हुन सक्छ भन्नेबारे प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘सातै प्रदेशका प्रदेशसभाको ३३० का सिटमा पनि सम्भावित उम्मेदवारको बारेमा छलफल चलाएका छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले उम्मेदवारीबारे ठोस निर्णय नभएको र तत्काल अन्तिम नामावली सार्वजनिक नहुने संकेत गरे । उनका अनुसार सचिवालयको अर्को बैठकको मिति तय गरिएको छैन भने पार्टी हेडक्वार्टर तथा अध्यक्षले नै आवश्यक परामर्शपछि बैठक राखेर उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुन्छ । 


Advertisment
Nabil box
Kumari

‘आवश्यक र उपयुक्त समयमा अर्को बैठक गरेर उम्मेदवारको सूची बाहिर ल्याउँछौँ’, उनले भने । यसका लागि असोज २१ वा २२ गतेतिर बैठक बस्न सक्ने उनको भनाइ छ । उनको भनाइअनुसार असोज २३ मा मनोनयन दर्ताको दिन भएकाले एमालेले २२ गतेमात्रै उम्मेदवारीको विषयमा फाइनल गर्ने देखिएको छ । 
००००
सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा रहेको दोहोरो दाबेदारी शीर्ष तहमा बसेर टुंगो लगाइने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दावेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने जानकारी दिए । उनले लामो गृहकार्य र बैठकपछि निर्वाचनको लागि गठबन्धन दलहरूबीच निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लागेको बताए ।

Vianet communication

स्रोतका अनुसार कांग्रेसले प्रतिनिधिसभातर्फ ८६, माओवादीले ४७, नेकपा एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टीले १५ तथा राष्ट्रिय जनमोर्चाले १ सीट पाउने पक्का भएको छ । जनमोर्चाले २ सीटमा दाबी गर्दै आएको छ । केही क्षेत्रमा देखिएको विवाद अब शीर्ष तहले समाधान गर्नेछ । यस्तै प्रदेशतर्फ पनि उम्मेदवारको लगभग टुंगो लागेको हो । 
००००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको दाबी गरेका छन् । कांग्रेसभित्रको आन्तरिक एकता कायम राख्न नसकिए उक्त चुनौतीसँग जुध्न नसकिने उनको तर्क छ ।
बिहीवार पार्टीभित्रको असन्तुष्ट समूहले आयोजना गरेको चियापान कार्यक्रममा नेता केसीले नेपालको लोकतन्त्र र राष्ट्रिय परिस्थिति नै चुनौतीपूर्ण रहेको बेलामा कांग्रेसभित्रै सही मूल्यांकन नहुनुको परिणाम गम्भीर हुनसक्ने चेतावनी दिए ।
००००
नेता गुरुराज घिमिरेले गठबन्धन गरेर नै चुनावमा जाने निर्णयका कारण गठबन्धनले चुनाव जित्ने आधार भए पनि पार्टीभित्रको कलह मिलाउन नसक्नुको परिणाम गम्भीर हुने बताएका छन् । उनले राजनीति मन्त्री, प्रधानमन्त्री बन्ने प्रयोजन र प्रपञ्च मात्रै नभई जनताको जीवन बदल्ने माध्यम भएको बताए ।
०००० 
यसैबीच नेपाली कांग्रेसको संस्थापनइतर समूहले दबाब बढाउँदै लगेपछि पार्टी सभापति शेरबहादुर देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउने प्रतिबद्धता जनाएका छन् ।
कोइराला पक्षका नेताहरूसँग देउवाले समानुपातिकको सूची सच्याउने आश्वासन दिएका हुन् । ‘सभापतिले सूची सच्याउने र प्रत्यक्षमा सीट बाँडफाँट न्यायोचित हुने बताउनुभएको छ । फाइनल नभएसम्म विश्वास गरिहाल्ने अवस्था छैन,’ कोइराला पक्षका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।
००००
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले माग दावी गर्ने बचतकर्तालाई धमाधम पैसा फिर्ता गर्न थालेको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम सरकारले १२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । समस्याग्रस्त घोषणा भएका सहकारीका सञ्चालक समिति खारेज गरी सहकारी ऐनअनुसार ती सहकारीको व्यवस्थापन गर्ने अधिकार समितिलाई दिइएको छ ।
००००
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले स्वीकारेको लैङ्गिक समानतालाई व्यवहारमा स्थापित गर्न नसक्नु दुःखद भएको बताएका छन् । बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै अध्यक्ष माधव नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरूले विश्वास गुमाउँदै गइरहेका बताए ।
००००
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था भयावह रहेको बताएका छन् । बिहीवार निजी निवास बालकोटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 
अध्यक्ष ओलीले देशको अवस्था देखेर आम नागरिकहरु दिक्क भएको बताए । उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचन देश विकासको निर्णायक निर्वाचन भएकाले नेकपा एमालेलाई जिताउनुको विकल्प नरहेको बताए ।
 उनले सरकार गठन गर्नेदखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधानमन्त्री गठन गर्नेकुरा निर्वाचनले तय गर्ने भएकाले देशको विकास गर्ने पार्टीलाई छानेर मतदान गर्न आह्वान गरे ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो सर्लाही–२ बाट चुनाव लड्ने भएका छन् । २०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने भएका छन् ।
धनुषा–३ बाट एमालेकी जुली महतोले चुनाव लड्ने भएपछि महतो सर्लाहीबाट चुनाव लड्न लागेका हुन् । महतोले आगामी चुनावमा सर्लाही–२ बाट उम्मेदवार बन्न लागेको लोकान्तरलाई जानकारी दिए ।
००००
नेपालमा हालसम्म डेङ्गु सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । गत साउनयता २८ हजार एक सय नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सातै प्रदेशका ७६ जिल्लामा डेङ्गु फैलिएको छ । नेपालमा पहिलो पटक विसं २०६१ मा डेङ्गुको बिरामी देखिएको थियो ।
००००
डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौँ र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ । डेङ्गु सङ्क्रमितको उपचारमा सहयोग र्पुयाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो ।
००००
हिमाल आरोहणका लागि यो वर्षको शरद ऋतुमा ६१२ जनाले अनुमति लिएका छन् । पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागका अनुसार विभिन्न २३ वटा हिमाल आरोहणका लागि ७३ टोलीले अनुमति लिएका छन् ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधरणलाई दशैंको टीका लगाइदिने भएकी छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका समयमा बन्द गरिएको टीका लगाउने कार्यक्रम यसवर्ष भने सुचारु हुने भएको छ ।
००००
दशैंअघि शेयर बजार मापक नेप्सेमा हरियाली छाएको छ । पछिल्लो समय लगातार रूपमा घट्दै गएको नेप्से परिसूचक दुई दिनदेखि सकारात्मक गति समातेको हो । दशैंअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से सूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ ।
००००
दशैंको अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना गरेको सुपथ मूल्य पसलबाट खसी, बोकाको बिक्री वितरण शुरू भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको काठमाडौं थापाथलीमा अवस्थित बागमती प्रादेशिक कार्यालयबाट बुधवारदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री वितरण शुरु भएको हो ।

 कम्पनीसँग १ हजार वटा खसी, बोका र २ सय वटा च्याङ्ग्रा रहेकोमा बिहीवार दिउँसो सम्ममा ३ सय वटा खसी बोका र १ वटा च्याङ्ग्रा बिक्री भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वागमती प्रादेशिक कार्यालयकी प्रमुख ज्ञानु थापाले जानकारी दिइन् ।
००००
सरकारले ३०० डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएपछि त्यसको असर बजारमा देखिएको छ । दशैंलाई मोबाइलको बिक्री सामान्य अवस्थाको तुलनामा ४० प्रतिशतसम्मले नै बढ्ने गरेको थियो । तर, अहिले आयात प्रतिबन्ध भएपछिको असर मोबाइल बजारमा परेको छ ।
००००
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रको फुटपाथ खाली गराउने अभियान नरोकिने स्पष्ट पारेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै पैदलयात्रुको सुविधालाई ध्यानमा राखी शुरु गरिएको अभियान नरोकिने स्पष्ट पारेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x