×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन २०७९

एमाले–जसपा म्याराथन बैठक : शनिवार राति ओली–उपेन्द्र मन्थन, आज शंकरसँग छलफल

असोज १६, २०७९

NTC
Premier Steels

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेलको लागि तारन्तार छलफल भइरहेका छन् । पाँच दलीय गठबन्धनबाट बाहिरिने निर्णय गरेको जसपाका नेताहरूले चुनावी तालमेलको लागि एमालेका शीर्ष नेताहरूलाई पालैपालो भेटवार्ता गरिरहेका छन् । 

Muktinath Bank

शनिवार दिउँसो सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा कार्यकारिणी समितिको बैठक बसेर गठबन्धनबाट बाहिरिने निर्णय गरेलगत्तै जसपाका नेताहरू एमालेका नेताहरूको सम्पर्कमा पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले अध्यक्ष केपी शर्मा ओली शनिवार विराटनगर पुगेर काठमाडौं फर्किएलगत्तै राति ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवका बीच करिब दुई घण्टा संवाद भएको एमाले नेताहरूले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

सत्तारूढ पाँच दलीय गठबन्धनमा सिट बाँडफाँटमा असन्तुष्ट जसपालाई एमालेले प्रतिनिधि सभामा २० देखि २५ सिट र प्रदेशमा सोही अनुपातमा सिट दिने आश्वासन दिएपछि जसपाले यू–टर्न लिएको थियो ।

Vianet communication

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘प्रतिगामी’ बिल्ला भिराएर पाँच दलीय गठबन्धनमा सहभागी भएको जसपा अन्ततः एमालेसँग चुनावी तालमेलमा आउने अन्तिम प्रयास गरिरहेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको शनिवार रातिको भेट सकरात्मक भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका महासचिव शंकर पोखरेलले आइतवार दिउँसो भेटवार्ता गरेका छन् । उनीहरूबीच भेटवार्ता भएको स्थान भने गोप्य राखिएको छ । 

‘एमाले र जसपा चुनावी तालमेलको गम्भीर छलफलमा छन् । आज वा भोलिसम्म निर्क्यौल आउने सम्भावना छ’, एमालेका उच्च तहका एक नेताले भने, ‘जसपालाई गठबन्धनमा भन्दा बढी सिट दिन सक्ने एमालेले नै हो । एमाले र जसपाको चुनावी तालमेल अगाडि बढ्यो भनेर बुझ्दा हुन्छ ।’

यसअघि एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग चुनावी तालमेलको लागि संवाद गरेको थियो । तर, दुई पार्टीबीचको चुनावी तालमेलमा ठोस प्रगति हुन सकेको थिएन ।

लोसपासँग चुनावी तालमेलको छलफलले सार्थकता नपाइरहेको र गठबन्धनमा जसपा असन्तुष्ट रहेको थाहा पाएका एमाले नेताहरूले गठबन्धनमा पाउनेभन्दा बढी सिट दिने प्रस्ताव जसपाका नेताहरूलाई गरेका थिए ।

पाँच दलीय गठबन्धनमा जसपाले प्रतिनिधि सभामा करिब १५ सिट मात्रै पाउने भएपछि जसपा बिच्किएको थियो । 

जसपा अध्यक्ष उपेन्द्र यादव आगामी चुनावपछि पनि मधेश प्रदेशमा जसपाकै नेतृत्वमा सरकार बनाउन चाहन्छन् । मधेश प्रदेश सभामा प्रत्यक्षतर्फ ६४ सिट छ । मधेश प्रदेशमा बहुमत नभए पनि प्रदेशको ठूलो पार्टी बनेर सरकारको नेतृत्व गर्नका लागि उनी अहिल्यैबाट वातावरण बनाउने प्रयासमा लागेका छन् । 


hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x