×

NMB BANK
NIC ASIA

चितवनमा ९ पदका लागि १२२ को उम्मेदवारी

असोज २३, २०७९

NTC
Premier Steels

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक सय २२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाका तीन सङ्घीय निर्वाचन क्षेत्र र छ प्रदेश क्षेत्रका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको हो । 

Muktinath Bank

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ (क) मा ११ र प्रदेश (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेकपा (एमाले)का तर्फबाट पार्टीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाण्डेले वारेसनामामार्फत उम्मेदवारी दर्ता गराए । पाण्डे आमाको किरियामा रहेका कारण उनका निजी सचिव सञ्जीप पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै राप्रपाबाट मधुपकुमार भट्टराईले उम्मेदवारी दर्ता गराए । 


Advertisment
Nabil box
Kumari

यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क)मा ११ जनाले उम्मेदवारी दर्ता गरे । क्षेत्र नं १ (ख) मा १२ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत नवीनराज रुवालीले जानकारी दिए । 

Vianet communication

यस्तै चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराए । उनीहरुमध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल र राप्रपाका तर्फबाट रविन अधिकारीले उम्मेदवारी दर्ता गराए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराए ।

प्रदेशसभाका लागि क्षेत्र नम्बर २ (क) मा आठ जनाको र २ (ख) मा १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । 

चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा भोजराज अधिकारी, एमालेका रामप्रसाद न्यौपाने र राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले उम्मेदवारी दर्ता गराए । यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराए ।   

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा आठ र क्षेत्र नम्बर ३ (ख)मा नौ जनाको उम्मेदवारी परेको छ । 

 जिल्लामा हाल चार लाख आठ हजार ३४२ मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५, क्षेत्र नम्बर २ मा एक लाख २४ हजार दुई सय १४ र क्षेत्र नम्बर ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x