×

NMB BANK
NIC ASIA

बुद्ध एयर २६औँ वर्षमा, नयाँ अवसर र गन्तव्य खोज्दै

असोज २४, २०७९

NTC
Premier Steels

निजी क्षेत्रको आन्तरिक उडानमा अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर २६ वर्षमा प्रवेश गरेको छ । यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा १६ वटा जहाजसम्म पुगेको छ । अझै नयाँ गन्तव्य र अवसरको खोजी भइरहेको बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।

Muktinath Bank

सोमवार राजधानीमा यो वायुसेवाको २५औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत बस्नेतले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने बताए । उनले भने ‘रजत महोत्सवसँगै अबको यात्रा गोल्डेन तर्फको हुने छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना सार्वजनिकसमेत गरेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो । 


Advertisment
Nabil box
Kumari

१५ सय जना कर्मचारीको मेहनतले बुद्ध एयरको शाख आजको दिनसम्म आइपुगेको र अझै बलियो उपस्थिति र बजारमा पहुँच बढाउने पनि यो वायुसेवाले बताएको छ । यसले आधुनिक प्रविधियुक्त नयाँ जहाज थप गर्दै नयाँ रूटको खोजीसमेत बढाउदै जाने भएको छ ।

Vianet communication

आन्तरिक उडानका अरु वायुसेवासँग प्रतिस्पर्धा गर्दै यो वायुसेवाले थप उचाई लिने दाबी पनि बस्नेतको छ । महामारीले ८ महिनासम्म असहज अवस्थामा पुगेको हवाई उद्योगको पुनरुत्थान हुँदै पुनः पुरानै लयमा पुगेको छ ।

यो वायुसेवाले पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने अनुकूल परिस्थितिको खोजी गरिरहेको छ । यसले दुर्गम क्षेत्रमासमेत उडान विस्तार गर्न नयाँ कम्पनीबाटै प्रक्रिया अगाडि बढाउन थालेको भए पनि अनुकूल परिस्थिति नभएसम्म अगाडि नबढ्ने पनि बताएको छ ।

दुर्गम क्षेत्र उडानका लागि जहाज महंगो भएको र लागत बढी पर्ने हुँदा उडानबाट लाभ हुने अवस्था नदेखिएपछि तत्कालका लागि भने दुर्गम उडानको योजनालाई थाति राखेको बस्नेतले बताए । उनले अवसर र सम्भावनालाई भने सधै पर्खेर बसेको पनि बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x