×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

चुनावी मैदानमा पूर्व प्रहरी अधिकृत: सर्वेन्द्रदेखि रमेश खरेलसम्मको क्षेत्रमा के छ अवस्था ?

असोज २६, २०७९

NTC
Premier Steels

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्व प्रहरी अधिकृतहरू पनि चुनावी मैदानमा उत्रिएका छन् ।

Muktinath Bank

प्रहरी सेवामा रहँदा विभिन्न तरिकाबाट ख्याति कमाएका पूर्व प्रहरी अधिकारीहरू विभिन्न पार्टीबाट निर्वाचनमा सहभागी हुन लागेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सेवामा रहँदा कमाएको नाम र पैसाले निर्वाचनमा पनि काम गर्ने विश्वासमा उनीहरू राजनीतिमा होमिएका छन् । २०७४ सालको निर्वाचनमा एमालेबाट पूर्व डीआईजी नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।


Advertisment
Nabil box
Kumari

चर्चित आईजीपी प्रकरणमा प्रहरी प्रमुख बन्न नपाएपछि प्रहरी सेवाबाट अलग भएका पूर्व डीआईजी सिलवालले सांसद बनेर राजनीतिमा छलाङ हान्न सफल भए ।

Vianet communication

तत्कालीन सरकारले जयबहादुर चन्दलाई आईजीपी बनाउन चाहेको थियो । सिलवालले आफू कासमुमा सबैभन्दा अगाडि रहेको जिकिर गरेका थिए ।

अन्तिममा कासमु खोल्दा प्रकाश अर्याल पहिलो नम्बरमा रहेको पाइयो र उनी प्रहरी प्रमुख बने । त्यसपछि प्रहरी छाडेर सिलवाल एमाले प्रवेश गरेका थिए ।

अहिले सिलवालकै बाटो पछ्याउँदै पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । प्रहरी सेवामा ३० वर्ष काम गरेर खनाल २०७६ माघ २८ गते सेवानिवृत्त भएका थिए । त्यसयता उनले नेकपा एमालेसँग निकट भएर विभिन्न गतिविधि गर्दै आएका छन् । अहिले एमालेले उनलाई निर्वाचन क्षेत्र नम्बर ६ बाट टिकट दिएको छ । 

नेपाली कांग्रेसको बलियो पकड भएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट चुनाव जित्न निकै मेहनत गर्नुपर्ने देखिन्छ । कांग्रेस उम्मेदवार भीमसेनदास प्रधानलाई माओवादी, नेकपा (एकीकृत समाजवादी)सहितको गठबन्धन छ ।

स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेसको १७ हजार २७७ मत, माओवादीले २ हजार ४६२ मत र नेकपा एसले १ हजार ८१६ मत गरी २१ हजार ५९८ मत पाएका छन् ।

एमालेको १४ हजार ३०३ मत मात्रै छ । काठमाडौंमा एमाले र राप्रपाबीच समेत तालमेल हुन सकेको छैन । त्यसो त राप्रपाले सहयोग नै गरे पनि झण्डै २ हजार (१ हजार ८१६) मत मात्र थपिने स्थानीय तहको नतिजाले देखाउँछ ।

प्रहरी प्रमुखमा सर्वेन्द्रले बाजी मारेपछि डीआईजीबाटै राजीनामा दिएका रमेश खरेल पनि उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् ।

आईजीपीका दाबेदार रहेका खनाल सर्वेन्द्र आईजीपी बनेपछि २०७४ चैत २८ गते राजीनामा दिएर प्रहरी सेवाबाट अलग भएका थिए ।

खनाल अहिले आफ्नो नयाँ दल ‘नेपाल सुशासन पार्टी’का तर्फबाट काठमाडौं क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका छन् । उनको नयाँ पार्टीको खासै चर्चा देखिँदैन ।

काठमाडौं क्षेत्र नम्बर १ मा अहिले चर्चित अनुहारहरू चुनावी मैदानमा छन् । गठबन्धनले कांग्रेसका प्रकाशमान सिंहलाई उम्मेदवार बनाएको छ । सिंह यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद समेत हुन् ।

यस्तै एमालेबाट किरण पौडेल, राप्रपाबाट रवीन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा तत्कालीन विवेकशील साझा पार्टीका मिश्र र कांग्रेसका सिंहबीच प्रतिस्पर्धा भएको थियो । 

यो क्षेत्रमा गठबन्धनको ११ हजार भोट छ भने एमालेको ९ हजार ५४१ मत स्थानीय तह निर्वाचनमा आएको थियो । अघिल्लो निर्वाचनमा कांग्रेसका सिंहले १० हजार ९३६ मत ल्याएका थिए भने मिश्रले १० हजार ११८ मत ल्याएका थिए ।

काठमाडौं उपत्यकाको ललितपुर क्षेत्र नम्बर ३ बाट पूर्व सशस्त्र प्रहरीका डीआईजी कृष्णभक्त ब्रह्माचार्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

यो क्षेत्रमा गठबन्धनबाट ऊर्जामन्त्री पम्फा भुसाल चुनावी मैदानमा छिन् । भुसाल यही क्षेत्रबाट २०६४ र २०७४ मा निर्वाचित भएकी थिइन् । २०७० मा भने उनी उम्मेदवार नै बनिनन् ।

स्थानीय चुनावमा नेपाली कांग्रेसले १८ हजार ५४५ र माओवादी केन्द्रले ७ हजार ७२७ मत ल्याएका थिए । यो क्षेत्रमा नेकपा एसको मत ५ हजार १२९ रहेको छ ।

यहाँ नेकपा एमालेले १७ हजार ७०९ र राप्रपाले ४ हजार ३४२ मत ल्याएका थिए । प्रहरी संगठनमा कमाएको चर्चाले चुनावी मैदानमा काम गर्ला कि नगर्ला, हेर्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x