×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

पाल्पा– २ को रोचक चुनावी 'ब्याटल' : सोम पाण्डेय र ठाकुर गैरे कसको शक्ति कति ?

असोज २८, २०७९

NTC
Premier Steels

एमाले युवा नेता ठाकुर गैरे कांग्रेस महामन्त्री गगन थापा, नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री सँगसँगै विद्यार्थी राजनीतिमा उदाएका नेता हुन् । थापा दुईपटक सांसद, मन्त्री हुँदै पार्टीको शक्तिशाली महामन्त्रीमा पदमा पुगे । ठाकुरपछि अनेरास्ववियुको अध्यक्ष भएकी झाँक्री सांसद भइन् । एमाले विभाजनपछि शहरी विकास मन्त्री भइन् । 

Muktinath Bank

तर, ठाकुर गैरे पार्टीको आन्तरिक गुटबन्दीको शिकार बनिरहे । आफ्नो गृहजिल्ला पाल्पामा आफूभन्दा ‘सिनियर’ नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले सधैँ चुनाव लागि अवसर पाउँदा उनी वञ्चित हुनुपर्‍यो । अहिले एमाले विभाजनपछि पाण्डेय नेकपा एकीकृत समाजवादीमा लागेसँगै गैरेले बल्ल पहिलो चुनाव लड्ने टिकट पाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाल्पा–२ मा युवा नेता गैरे पहिलोपटक र पाण्डेय छैठौं पटक उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् ।


Advertisment
Nabil box
Kumari

संसदीय राजनीतिमा पहिलोपटक आउन लागेका एमाले पोलिटब्यूरो सदस्य गैरे र पुराना नेता पाण्डेयबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

Vianet communication

यसअघि राजनीतिक ‘स्पेस’ खोजिरहे पनि सबै निर्वाचनमा पाण्डेयलाई गैरेले सघाउँदै आएका थिए । प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचन आउँदो मंसिर ४ गते हुँदैछ । 

गैरेले राष्ट्रिय स्वाधीनताको आन्दोलनको अगुवाई गर्दै आएका नेताको पहिचान बनाएका छन् । विगतमा गैरेलाई पाल्पा–२ मा टिकट दिनुपर्ने आवाज उठ्दै आएको थियो । तत्कालीन एमाले नेता माधव नेपालको जोडबलमा पाण्डेयलाई टिकट दिइँदै आइएको थियो । 

निवर्तमान सांसद पाण्डेय नातामा माधव नेपालका सम्धी हुन् । गठबन्धनका उम्मेदवार पाण्डेयले अहिले, कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चालाई रिझाउँदै मत माग्न थालेका छन् । 

२०७० सम्म पाल्पामा ३ वटा निर्वाचन क्षेत्र थिए । २०५१, २०५६, २०६४, २०७० मा पाण्डे पाल्पा–२ बाट उम्मेदवार हुँदै आए । स्थानीय तह पुनःसंरचनापछि जिल्लामा २ निर्वाचन क्षेत्र कायम भयो । 

पाण्डेयले २०७० मा पनि पाल्पा–२ कायम भएको यही क्षेत्रबाट टिकट ल्याएर चुनाव जिते । यसपटक पनि उनले सत्ता गठबन्धनका तर्फबाट टिकट ल्याएका हुन् । 

पाण्डेय २०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लीला सोमैसँग पराजित भएका थिए । 

पाण्डेयले पाल्पा चारपटक जीत हाँसिल गरेका छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय पाण्डे मन्त्री भएका नेता हुन् । 

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो ।

वडाध्यक्षको मत हेर्दा यो क्षेत्रमा एमालेले ३० हजार ५३६ मत पाएको छ । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको देखिन्छ । 

गठबन्धनको मत नै आफ्नो जीतको आधार भएको पाण्डेय दाबी गर्छन् । ‘मैले जिल्लाबाट निर्वाचित भएपछि जिल्लामा के–के गरें पाल्पाली जनतालाई सबै थाहा छ । म मन्त्री हुँदा युरेनियम अन्वेषण र पाल्पालाई प्राविधिक शिक्षाको हवदेखि लुम्बिनी र पाल्पालाई पर्यटनसँग जोड्दैछु,’ पाण्डेयले लोकान्तरसँग भने । 

पाल्पा–२ विगतदेखि एमालेको पकड रहेको र युवा नेता भएकाले गैरेको जीत सहज रहेको एमाले जिल्ला अध्यक्ष धनेन्द्र घिमिरे दाबी गर्छन् ।

‘गैरे यो पटक जिल्लामा नयाँ अनुहारसँगै लोकप्रिय चुनावी एजेन्डा अगाडि सारेका उम्मेदवार हुन् । जनताको रोजाइमा गैरे परेका छन्,’ अध्यक्ष घिमिरेले लोकान्तरसँग भने ।

२०७४ अघि पाल्पाको क्षेत्र नम्बर ३ हुँदा २०४८ र २०७० मा पश्चिम भेगमा कांग्रेसले जितेको थियो । त्यसबाहेक २०५१ मा एमाले उपाध्यक्ष विष्णु पौडेल, २०५६ मा यादवबहादुर रायमाझी, २०६४ मा कूलप्रसाद नेपालले एमालेबाट निर्वाचन जितेका थिए ।

तीन क्षेत्र भएका बेला २०४८ र २०७० सालमा भने कांग्रेसका हरिप्रसाद नेपालले चुनाव जितेका थिए । 

साविकको पाल्पा– ३ कांग्रेस र एमालेबीच झिनो मतान्तरमा जीत/हार हुने क्षेत्र हो । संघीयतापछि भने जिल्लाको साविक पाल्पा– २ को केही भागलाई १ र केही भागलाई साविक पाल्पा ३ मा मिसाएर नयाँ क्षेत्र बनाइएको छ ।

पाण्डेयलाई यसपटक चुनाव जित्न त्यति सहज छैन । नेपाली कांग्रेसले क्षेत्र नं. २ बाट प्रदेशसभा २ (१) मा मात्र उम्मेदवारी दिएको छ । २ (२) मा माओवादी केन्द्रका उम्मेदवार छन् । 

परीक्षण हुन बाँकी उम्मेदवार भएकाले पनि गैरेले उनलाई कडा टक्कर दिने अनुमान गरिएको छ । गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य बनेका नेता हुन् ।

संगठनात्मक भोट कम रहेकाले एकीकृत समाजवादीका पाण्डेयलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि छ ।

२०७४ मा प्रतिनिधिसभा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पाण्डेय ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार हरि नेपालले २४ हजार ५५४ मत पाएका थिए ।

पाल्पाका सबै राजनीतिक दलहरूले मृत्युमार्गको उपमा पाएको सिद्धबाबा सडक खण्डलाई चुनावी एजेण्डा बनाए पनि अहिलेसम्म यो सडकलाई सुरक्षित बनाउन नसकेको भन्दै जनताहरू रुष्ट रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x