फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
कात्तिक ५, २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सांसद पद आफ्नो पार्टीले मात्रै नबेचेको दाबी गरेका छन् । उनले समानुपातिक पदमा कसैको नातेदार र नजिक–टाढाको मानिस भनेर आफूहरुले चयन नगरेको जिकीरसमेत गरे ।
शनिवार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले कुनै नातेदारलाई त्यसरी नराखेको र राखेको भए सबैको प्रोफाइल पल्टाएर हेर्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । उनले सबैलाई सन्तुलन मिलाएर समानुपातिकतर्फको उम्मेदवार समावेश गरिएको उल्लेख गर्दै सबैलाई न्याय गरेर जाने पार्टी राप्रपा मात्रै भएको दाबी गरे ।
उनले एउटा पद एकै व्यक्तिले पाउने भएकाले अर्को व्यक्तिले पाउने अवस्था नरहेको बाध्यात्मक अवस्था रहेको उल्लेख गर्दै उनीहरूको पनि पालो आउने आश्वासनसमेत दिए । अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई विजयी हुनबाट कसैले रोक्न नसक्ने उल्लेख गर्दै हिनताबोधबाट माथि उठेर निर्वाचनको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
‘साथीहरू कसको नाम समानुपातिकमा प¥यो, परेन ? कसको नाम लेखियो, लेखिएन ? यतातिर अल्झेको देख्छु । अनुहार अध्यारो लगाएको देख्छु । हिजोअस्तिको कुरा सम्झनुस् । अघिल्लो मंसिर १०÷११ महिनाको अघि सम्झनुहोस् । राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव जित्ने कुरा होइन राष्ट्रिय प्रजातन्त्र पार्टीका मान्छे मर्दा मलामी नपाउने अवस्था थियो । पार्टीको झण्डा ओढाउने मान्छे नपाइएलाजस्तो थियो । तपाईंले सांसदको कल्पना गर्नु भएको थियो ? देशको पहिलो पार्टी हुन्छ भनेर कल्पना गर्नु भएको थियो ? आज एउटा नयाँ परिस्थिति बनेको छ’, उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी अहिलेनै देशमा निर्णायक शक्तिको रूपमा देखा परिसक्यो । मैले अघि भनेजस्तो अब राष्ट्रिय प्रजातन्त्र पार्टीको गति यसरी अघि बढिसक्यो कि अब रोक्छु भनेर कसैले कल्पना गर्न सक्दैन । यो गतिलाई कसैले रोक्न सक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूराना कार्यकर्ताहरु हौं भन्ने त झन गौरवका साथ अघि बढनु पर्दछ । राष्ट्रिय प्रजातन्त्र पार्टी मात्रै एउटा त्यस्तो पार्टी हो, जसले समानुपातिक पद कसैलाई बेचेको छैन । कसैलाई नातागोता भनेर राखेको छैन । नातागोताको आधारमा राखेको छैन । सबै प्रोफाईल पल्टाएर हेरे हुन्छ । कोही कसैको नातेदार भएको कारणले त्यहाँ परेको छैन । कोही कसैको नजिक र टाढाको आधारमा परेको छैन । हामीले ८२ वर्षको पशुपतिशमेशर राणादेखि लिएर ३० वर्षका बिना लामा, कुमारी स्याङतानजस्ता सबैलाई सन्तुलन मिलाएर राखेका छौँ । ’
कार्यक्रममा पूर्वअध्यक्ष पशुपति शमशेर राणाले आगामी निर्वाचनपछि आफ्नो पार्टीले ठूला दलहरूलाई मुलुकलाई दूर्भाग्यतिर लैजान नदिने बताए । त्यसका लागि राप्रपाका नेताहरूले एकताबद्ध भएर निर्वाचनमा विजयी हुने गरी प्रचार अभियानलाई तीव्रता दिन उनको आग्रह थियो ।
राणाले भने, ‘काँग्रेस र कम्युनिष्टहरूले मुलुकलाई अब भ्रष्टाचार गरेर बिगार्न पाउँदैन । अब हामी संसदमा गएर खबरदी गर्छौँ । यिनीहरुलाई साङ्लो लगाएर हामी अघि बढछौँ । यो पवित्र नेपालमा कसैले यसरी भाँडभैलो गर्न पाउँदैन । ठूलो भाग्य भएको मुलुकलाई दूर्भाग्यतिर लैजाने ठूला पार्टीहरुको बेइमानी हो । यो बेइमानीलाई साङ्लोमा बाँधेर राख्ने प्यारा नेपाली जनतालाई अघि बढाउने काममा हामीहरु एकताबद्ध भएर लाग्छौँ ।’
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...