×

NMB BANK
NIC ASIA

सन्दर्भ : तिहार

बजारमा सहजै पाइँदैन झिलिमिली बत्ती

कात्तिक ७, २०७९

NTC
Premier Steels

अघिल्लो वर्षको तिहारमा जस्तै यस वर्षको तिहारमा पनि बजारमा झिलिमिली बत्तीको सहज उपलब्धता छैन । यस वर्ष पनि विभिन्न कारणले बजारमा झिलिमिली बत्तीको अभाव रहँदा उज्यालोको पर्व तिहारमा विगतमा जस्तो झिलिमिली देखिँदैन । 

Muktinath Bank

तिहार विशेष गरी उज्यालोको पर्व हो । तर, यसपटक पनि घर उज्यालो पार्नका लागि झिलिमिली बत्ती किन्न बजार पुगेकाहरू निराश हुँदै घर फर्कनुपरेको छ । न्यूरोडमा झिलिमिली बत्ती किन्नका लागि गएका एक उपभोक्ताले आफूले चाहेजति बत्ती किन्न नपाएको गुनासो गरे । उनले भने, ‘अघिल्ला वर्षहरूमा मैले धेरै नै झिलिमिली बत्ती किन्ने गरेको थिएँ तर यसपालि थोरैले काम चलाउनुपर्ने व्यवसायीहरूले नै बताएका छन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मात्रै होइन, झिलिमिली बत्ती किन्न गएकाहरू प्रायः ग्राहकको गुनासो एउटै छ – थोरैमा चित्त बुझाउनुपर्ने ।


Advertisment
Nabil box
Kumari

एकातिर अर्थतन्त्रमा आएको मन्दी र अर्कातिर बजारमा झिलिमिली बत्तीको अभाव हुँदा उपभोक्ताले चाहेजति बत्ती किन्न नपाएको व्यवसायीहरू बताउँछन् । व्यवसायीका अनुसार यसपटक राष्ट्र बैंकको नीतिका कारण पनि झिलिमिली बत्ती कम मात्रामा आयात भएका छन् ।

Vianet communication

यति मात्रै नभएर विगतमा अवरोध हुँदै आएको नाकामा यसपटक पनि आयात असहज हुन्छ कि भन्ने हिसाबले कतिपयले कम मात्रामै झिलिमिली बत्ती मगाएको व्यवसायीको भनाइ छ । 

‘४० प्रतिशत कम आयात’

खासमा तिहारका लागि मात्रै झिलिमिली बत्तीहरू आयात गरिन्छन् । तिहार विशेष बजारका लागि मात्रै हुने यस्ता बत्तीहरू सकभर स्टकमा नराख्ने वा बचिहाल्यो भने अर्को वर्षको तिहारमा बेच्नुपर्ने बाध्यता हुने व्यवसायी बताउँछन् । 

गत वर्षको तिहारमा पनि चिनियाँ नाकामा आयातको सहज अवस्था नहुँदा झिलिमिली बत्तीको बजार सहज भएको थिएन । यस वर्ष पनि सरकारी नीति र नाकामा अवरोध कायमै हुने आशंकाले यस्तो बत्ती कम आयात गरिएको व्यवसायीहरू बताउँछन् । 

विद्युतीय व्यवसायीको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन पौडेलले यस वर्षको तिहारका लागि बजारमा करीब ४० प्रतिशत झिलिमिली बत्ती कम आयात भएको लोकान्तरलाई जानकारी दिए । उनका अनुसार विगतका वर्षमा भन्दा अहिलेको तिहारमा निकै कम बत्तीहरू आयात गरिएको छ । 

‘विगतमा करीब ४० करोड रुपैयाँ बराबरको झिलिमिली बत्तीहरू आयात हुने गरेको थियो,’ उनी भन्छन्, ‘यस पटकको तिहारका लागि करीब २५ करोड रुपैयाँको मात्रै फेस्टिभल लाइट आयात भएको छ ।’
 
के कारणले आयात कम ?

विद्युतीय व्यवसायी महासंघका अनुसार गत वर्षको तिहारका लागि करीब ३५ करोड रुपैयाँको झिलिमिली बत्ती आयात गरिएको थियो । सो वर्ष कोरोना महामारी, चिनियाँ नाकामा असहजता लगायतका कारणले कम मात्रामा झिलिमिली बत्ती आयात भएको थियो । 

अघिल्लो वर्ष भने करीब ६५ करोड रुपैयाँ बराबरको झिलिमिली बत्ती आएको थियो । त्यसअघिका वर्षहरूमा करीब ८५ करोड रुपैयाँसम्मका झिलिमिली बत्ती आयात गरिएको महासंघको विवरण छ । 

कोरोना महामारी र यसले अर्थतन्त्रमा पारेको असरका कारण पछिल्ला वर्षहरूमा झिलिमिली बत्तीहरूको आयात कम गरिएको महासंघका अध्यक्ष पौडेल बताउँछन् । 

उनका अनुसार यस वर्ष अर्थतन्त्रमा मन्दी आउने अवस्था सिर्जना भएपछि नेपाल राष्ट्र बैंकले आयातमा कसिलो नीति अपनाएको छ ।

‘झिलिमिली बत्ती ल्याउनका लागि नगद मार्जिन नै ११० प्रतिशत राख्नुपर्ने भएकाले पनि यसपटक आयात कम भएको अवस्था हो,’ अध्यक्ष पौडेलले भने ।

अघिल्लो वर्ष नाकामा सहजता नभएकाले व्यवसायीले यसपटक झिलिमिली बत्तीको माग नै कम गरेको उनको भनाइ छ । 

प्रक्रियागत रूपमा हेर्ने हो भने झिलिमिली बत्ती किन्नका लागि व्यवसायीहरूले शुरूदेखि नै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । ‘पहिला अर्डर गर्ने, त्यसपछि अर्डर अनुसार बाहिरी मुलुकमा बत्ती बन्ने र सोही अनुसार आयात गर्ने अवस्था रहन्छ,’ अध्यक्ष पौडेल भन्छन्, ‘यसपटक व्यवसायीले अर्डर नै कम गर्नुभयो ।’

सामान अभाव हुँदा मूल्य पनि बढ्यो !

बजारमा झिलिमिली बत्तीहरूको अभाव रहेको भन्दै व्यवसायीहरूले मूल्यवृद्धि गरिरहेका छन् । व्यवसायीले बढाएको मूल्यमा नै अहिले बत्तीहरू किन्नुपरेको उपभोक्ताको गुनासो छ । तर, महासंघका अध्यक्ष पौडेल भने थोरै मूल्यवृद्धि भए पनि ग्राहकलाई मार नपारेको बताउँछन् । उनले अहिले केही झिलिमिली बत्तीहरूमा सामान्य मूल्यवृद्धि भएको बताए । 

उनले भने, ‘नेपाली रुपैयाँभन्दा अमेरिकी डलरको मूल्य अत्याधिक भएको अवस्थाले केहीमा मूल्य बढेको जस्तो देखिएको हो ।’ नेपालमा चिनियाँ झिलिमिली बत्तीको हिस्सा ८० प्रतिशत छ ।

भारतबाट करीब १५ प्रतिशतसम्म बत्ती आयात हुने गरेको व्यवसायीहरू बताउँछन् । यसबाहेक केही मात्रामा अन्य मुलुकहरूबाट बत्ती आयात गरिने गरिएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा नै झिलिमिली बत्तीको मूल्यवृद्धि भएको अवस्था रहेको व्यवसायीहरू बताउँछन् । जसका कारण नेपालमा पनि केही मात्रामा मूल्यवृद्धि भएको व्यवसायीहरू बताउँछन् । 

व्यवसायीका अनुसार यस वर्ष नेपालमा झिलिमिली बत्तीको मूल्य करीब ३०–४० प्रतिशतसम्म वृद्धि रहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x