×

NMB BANK
NIC ASIA

मंसिर ४ को निर्वाचन देशको परिस्थिति जाँच्ने ब्यारोमिटर : नेमकिपा

कात्तिक ८, २०७९

NTC
Premier Steels

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिएको बताएका छन् । मंगलवार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै उनले आगामी निर्वाचनलाई देशको परिस्थिति जाँच्ने ब्यारोमिटरको रूपमा लिएको बताएका हुन् । 

Muktinath Bank

अध्यक्ष बिजुक्छेले ब्यारोमिटरको पारो तल झर्दा आँधीबेहरी आउने संकेत भएजस्तै निर्वाचनमा आफ्नो पार्टीको मत माथि भएमा क्रान्तिको सम्भावना छ भन्ने देखाउने उल्लेख गरे । उनले देशमा बिकराल समस्या देखा परिरहेको बताउँदै संसारमा तेस्रो विश्वयुद्धको सम्भावना देखिएको बताए । उनले निर्वाचनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गराउने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष बिजुक्छेले राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरू को–को हुन् र अन्तर्राष्ट्रिय परिस्थितिमा ठूला दलहरूको दृष्टिकोण र आफ्नो दृष्टिकोणमा के फरक छन् भन्ने विषय लिएर जनताकोमा जाने पनि बताए । 


Advertisment
Nabil box
Kumari

‘हामीले निर्वाचनलाई एउटा ब्यारोमिटरको रूपमा लिँदै आएका छौँ । त्यो भनेको ब्यारोमिटरको पारो तल झर्ना साथ आँधीबेहरी आउने संकेत भएजस्तै यदी हाम्रो पार्टीले र क्रान्तिकारी पार्टीहरूको मत सीमा धेरै माथि भयो भनेदेखि यसले क्रान्तिको सम्भावना हुन्छ भन्ने कुरा अरुअरु देशको क्रान्तिबाट पनि थाहा हुन्छ । यसकारण हामीले यसलाई हार, जित भन्दा पनि मुख्य देशको परिस्थिति के–कस्तो छ भनेर जाँच्नको निम्ति ब्यारोमिटरको रूपमा प्रयोग गर्दै आएका छौँ । अहिले हाम्रो विरोध भनेको शासक दलहरू दुईवटा खेमामा विभाजित छन् । तर, एउटै सिक्काका दुई पाटा हुन् । तिनीहरू बारम्बार सरकारमा गएको ३० वर्ष भयो । तर देशको समस्या झन्–झन् बिकराल र जटिल हुँदै गएको देखा पर्दैछ । त्यसबाहेक साम्राज्यवादीहरू र विस्तारवादीहरूको साँठगाँठअन्तर्गत दक्षिण एशिया र नेपालसमेत र संसारमा नयाँ किसिमको तेस्रो विश्वयुद्धको सम्भावना देखिँदै आएको हुनाले हामीले यो निर्वाचनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको विषयमा जनतालाई जानकारी गर्ने कुरामा हामी ध्यान दिन्छौँ’, अध्यक्ष बिजुक्छेले भने, ‘नेपाल मजदुर किसान पार्टीले सबभन्दा पहिले अन्तर्राष्ट्रिय परिस्थितिमा शासक दलहरूको दृष्टिकोण र हाम्रो दृष्टिकोणमा के फरक छ ? त्यसको परिणामहरू के–के होलान् ? साथसाथै राष्ट्रिय परिस्थितिलाई बिगार्नेहरू को–को हुन् ? यी सबै कुरामा हामी गाउँ–गाउँमा, जिल्ला–जिल्लामा सबै ठाउँमा जनताको सामु हामी जानेछौँ ।’

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x