×

NMB BANK
NIC ASIA

संघ र प्रदेशमा गठबन्धनको स्थिर सरकार बन्छ : मन्त्री भुसाल

कात्तिक ३०, २०७९

NTC
फाइल फोटो
Premier Steels

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आसन्न निर्वाचनपछि संघ र सातै प्रदेशमा गठबन्धनको स्थिर सरकार बन्ने दाबी गरेकी छन् ।

Muktinath Bank

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत बुधवार ललितपुरका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रमपछि गोदावरी नगरपालिका–१२ थेचोमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले देशको आर्थिक तथा सामाजिक विकासमा नयाँ क्रान्तिको अभियान थालनी गर्ने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय आवश्यकताका आधारमा वर्तमानमा गठबन्धन बनेको उल्लेख गर्दै उनले परिवर्तनका शक्तिको बलियो सम्बन्ध, दायित्व र जिम्मेवारीले वाम लोकतान्त्रिक गठबन्धन बनेको स्पष्ट पारिन् । ‘कसैले भ्रम छरेर गठबन्धन टुट्ने छैन,’ उनले भनिन्, ‘गठबन्धनले आगामी ५ वर्ष संघ र प्रदेशमा स्थायी सरकार दिनेछ ।’


Advertisment
Nabil box
Kumari

आगामी मंसिर ४ गते जनताले गठबन्धनको पक्षमा मतदान गरेर संविधानलाई थप बलियो बनाउने उनको भनाइ छ । ‘जनताले लोकतन्त्र र संविधानलाई बलियो बनाउने छन्,’ ललितपुरको ३ नम्बर क्षेत्रका उम्मेदवार भुसालले भनिन्, ‘मुलुकलाई अग्रगति दिँदै अबको ५ वर्षमा जनताको अपेक्षा पूरा गर्नेछौं ।’

Vianet communication

उनले तीनै तहका सरकारको उचित समन्वय र सहकार्यबाट भौतिक पूर्वाधार र आर्थिक विकासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x