×

NMB BANK
NIC ASIA

राजेन्द्रसँग चुनाव लड्दा महिन्द्रले रचेको अर्को इतिहास

मंसिर १०, २०७९

NTC
Premier Steels

राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । 

Muktinath Bank

मधेस केन्द्रित राजनीति गर्दै आएका महिन्द्रराय यादव र राजेन्द्र महतोको हकमा पनि त्यस्तै भएको छ । प्रतिनिधिसभाको यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा तराई मधेसमा यी दुई नेता एउटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीका रुपमा खडा भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सद्भावना पार्टीबाट राजनीति सुरु गरेका महतो र कम्युनिष्ट पार्टीबाट अगाडि बढेका यादव कुनै समय एउटै पार्टीमा आबद्ध थिए । घटनाक्रमले उनीहरुलाई एकै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनुपर्ने अवस्था सिर्जना गरिदियो । त्यसमा यसपटक यादवले आफूलाई श्रेष्ठ सावित गरेर जित निकाले। तत्कालीन राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका छ सदस्यमध्ये उनीहरु दुवै थिए । प्रकारान्तरणले सो पार्टी विभक्त भयो । जनता समाजवादी पार्टीका रुपमा नेपाली राजनीतिमा अगाडि बढिरहँदा यादवले डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई साथ दिए । महतो भने तराई मधेसका अर्का नेता महन्थ ठाकुरसँगै रहे ।


Advertisment
Nabil box
Kumari

पछिल्लो पटक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालमा विवाद सुरु भएपछि महिन्द्रले डा भट्टराईसँगै रहने निर्णय गरे। यस पटकको निर्वाचनमा डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि नेकपा(माओवादी केन्द्र)को निर्वाचन चिह्न हसिया हथौंडालाई नै रोज्यो ।

Vianet communication

सत्तागठबन्धमा लोकतान्त्रिक समाजवादी पार्टी पनि सहभागी थियो । त्यस पार्टीका नेता थिए महतो । यता यादव पनि नेपाल समाजवादी पार्टीका तर्फबाट भएपनि वाम–लाकतान्त्रिक गठबन्धनमा आबद्ध भए । जनतामा मत माग्न जाँदा प्राप्त हुने नजितालाई स्वीकार गर्नुको विकल्प छैन । यस्तै भयो महतो र यादवका हकमा पनि ।
    
हसिया हथौडा चिह्नमा  सर्लाही क्षेत्र नं २ बाट उम्मेदवार रहेका यादवले २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी हासिल गरे । नेता महतोले २१ हजार पाँच सय १८ प्राप्त गरे । यसअघि विसं २०७४ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि यादव सर्लाही क्षेत्र नं २ बाटै विजयी भएका थिए।

यादव २०५१ को निर्वाचन र २०५६ मा नेकपा(एमाले)बाट सर्लाहीबाटै निर्वाचित भएका थिए । विसं २०६४ को संविधानसभा सदस्यमा यादव सर्लाहीबाट निर्वाचित भएका थिए। दोस्रो संविधानसभामा पनि उनी सर्लाही क्षेत्र नं ४ बाट विजयी भएका थिए ।

उनले विसं २०५४ मा राज्यमन्त्री, २०६४ सालमा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र पछि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कृषि र अर्थतन्त्रमा विशेष रुची रहेको यादव राजनीतिक आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र थुनामा परेका छन् ।  वसन्तपुर सर्लाही स्थायी ठेगाना रहेको उनले पिछडिएको समदाय र अल्पसङ्ख्यकको अधिकारका लागि लडिरहने नेताका रुपमा आफूलाई परिचित गराएका छन् । उनले राज्यका तर्फबाट संविधानसभा पदक प्राप्त गरेका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x