×

NMB BANK
NIC ASIA

सुगठित र लोभलाग्दो शरीर कसलाई मन नपर्ला । महिलाको कोकाकोला शरीर देखेर मक्ख पर्ने पनि त्यतिकै हुन्छन् । आफ्नो शरीरलाई कस्तो बनाउने आफ्नै हातमा हुन्छ । पहिला–पहिला मोटाइएन भने खाना नपुगेको भनेर सबैले चासो राख्थे । शहर छिरेको छोरो गाउँ फर्किंदा मोटाएर डम्म पेट हालेर फर्किंदा सबै अभिभावक मक्ख पर्थे र छोराले राम्रो प्रगति गरेको सम्झन्थे ।

Muktinath Bank

तर अहिले समय फेरिएको छ । पेट लाग्नु र धेरै मोटाउनु स्वास्थ्यका लागि धेरै नै हानिकारक छ भन्ने कुरा बुझ्न थालिएको छ । जिम खानामा व्यायाम गर्नेको लर्को लाग्न थालेको छ । महिला होस् या पुरुष, युवा होस् या युवती सबै समूहका शहरवासी देख्न सकिन्छ । आकर्षक शरीर बनाएर आफूलाई मनपर्ने गीतमा ट्रेडमिलमा नाचेर भाइरल हुने ट्रेन्ड पनि त्यतिकै बढेको छ । केही वर्ष अगाडि कतैकतै मात्र देखिने जिमखाना पछिल्लो समय टोलटोलको गल्लीगल्लीमा खुल्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शारीरिक सुगठन बनाउन र स्वास्थ्यका निम्ति गरिने व्यायाममध्ये जिम एक हो । जिमले शरीरको मेटाबोलिजम अर्थात् खानालाई शक्तिमा परिणत गर्ने प्रक्रियालाई राम्रो बनाउँछ । सामान्यतया सबै उमेर समूहले व्यायाम गर्न मिल्छ तर जिममा गएर प्रशिक्षक सल्लाहअनुसार विधा रोज्नुपर्ने हुन्छ । व्यायाम जानु अगाडि विज्ञको राम्रो सल्लाह लिएर शुरू गर्नु बुद्धिमानी हुन्छ ।


Advertisment
Nabil box
Kumari

सबैजसो जिमखानामा प्याकम प्याक ग्राहक देख्न सकिन्छ । शहरमा बस्नेको विकराल समस्या भनेको मोटोपन देखिएको छ । गाउँमा जस्तो शारीरिक कसरत हुने काम शहरमा बस्नेको नहुने र खानामा पनि स्वच्छता नहुँदा जिम जानुपर्ने बाध्यता धेरैमा बढेको छ । बिहान–बिहानै उठेर ट्रेडमिलमा दौडने र फलाम उचालेर शरीर कसिलो बनाउने मात्र होइन, शरीरको वजन घटाउने र बढाउनेको होडबाजी नै चलेको छ । हामीले यहाँ चर्चा गर्न लागेको विषय पनि जिम गर्दा के–कस्ता परिकार खान हुने र के–कस्ता खानालाई बहिष्कार गर्ने भन्ने विषयमा छ ।

Vianet communication

के–कस्ता डाइट प्लानमा बसेर जिम गर्दा आफ्नो उद्देश्य प्राप्त हुन्छ भन्ने विषयमा पनि पहिला नै सचेत भएर रहनुपर्छ । आफ्नो प्रशिक्षकसँग आफ्ना समस्या, स्वास्थ्य अवस्था, जिम जानुको उद्देश्यबारे सबैकुरा स्पष्टरूपमा राख्नुपर्छ । कतिपयले यूट्युब हेरेर जिम गरेको पनि देख्न सकिन्छ, त्यसलाई पूर्णरूपमा नराम्रो त भन्न मिल्दैन तर सही तरिका अपनाउन गाह्रो हुने हुनाले विज्ञको सल्लाह लिनु उत्तम हुने कुरा कागेस्वरी मनोहरा नगरपालिका–७ खहरेचोकमा अवस्थित मेटल फिटनेसका प्रमुख प्रशिक्षक राजिन आचार्य बताउँछन् ।

उनी थप्छन्, जिम गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनुपर्छ । आफ्नो खुशीले गरेको जिमले शरीर बनाउनुभन्दा बिग्रने र घाइते हुने डर हुन्छ । डाइट प्लानमा पनि त्यतिकै ध्यान दिनु जरुरी हुन्छ । सकेसम्म बिहान गरेको व्यायाम उत्तम मानिन्छ र व्यायाममा जानु अगाडि केही खानेकुरा र पर्याप्त मन तातो पानी पिउनु राम्रो हुन्छ ।

आफ्नो कसरतभन्दा कम्तीमा १ घण्टा अगाडि केही स्वस्थ कार्बोहाइड्रेटहरू लिँदा शरीरमा तागत बढ्छ र आफूले चाहेअनुसार जिम गर्न शक्ति आउँछ । पोषण र व्यायामको तालमेल मिलाउन सके मात्र नतिजा राम्रो आउने उनको भनाइ छ ।

प्रि वर्कआउट र पोस्ट वर्कआउटपछि खानेकुरा खाने विषयमा पनि ध्यान दिनु त्यतिकै जरुरी हुन्छ । बडी बिल्डिङ बनाउने उद्देश्यले जिम शुरू गरेको मान्छेले बिहानदेखि बेलुकासम्म प्रशिक्षकले दिएको डाइट प्लान फलो गर्नु जरुरी हुन्छ । वजन घटाउनका लागि जिम शुरू गरेको हो भने फास्ट फूड, जङ्ग फूड, चिनी, मैदा, चिल्लोपदार्थ त्याग्दै जान सक्नुपर्छ । बोइल गरेको चिकन, गेडागुडी, स्प्राउट, सलाद, आभोगाडो, माछा, सागपात, गेडागुडी, अन्डाको सेतो भाग, फलफूल, ड्राइनट्स जस्ता प्रोटिनयुक्त खानेकुरा लिनु उत्तम हुन्छ ।

धेरै क्यालोरी पाइने खानेकुरा कम गर्दै जाने र एकैपटक धेरै खानेकुरा खानु राम्रो हुन्न । पटक–पटक गरेर थोरैथोरै मात्रामा लिएको खानेकुराले फाइदा पुर्‍याउँछ । व्यवस्थित र योजनावद्ध रूपमा प्रशिक्षकको निर्देशनअनुसार गरिएको जिमले कसैलाई पनि बेफाइदा पुर्‍याउँदैन । जिमशालाभित्र पनि धेरै विधा हुन्छ र शरीरको तौल घटाउने हो कि बढाउने हो सबैको फरक–फरक व्यायाम हुने हुँदा राम्ररी बुझेर मात्र शुरू गर्नुपर्छ ।

जिम जाने बित्तिकै तत्काल परिणाम देखिन्छ भन्ने धेरै अपेक्षा गर्नुभएन । यसको नतिजा निश्चित समयपछि देखिन थाल्छ । छिटो परिणाम खोज्दा यसले नकारात्मक असर समेत गर्न सक्छ । ईनर्जीबार, स्पोर्टस ड्रिंक, फिस ओएल, जैतुनको तेल, सूर्यमुखी फूलको दाना, बदाम, केरा, होल ग्रेन सेरेल्स, दही, मुस्ली जस्ता खानेकुरा पनि नियमित जिम गर्नेका लागि उत्तम पोषण मानिन्छन् । ब्राउन ब्रेड, पिनट बटर, ब्रोकाउली, गाँजर, कालो कफी र फाइबरयुक्त खानेकुरा पनि जिमका लागि राम्रो मानिन्छ ।

नियमित जिम गर्नेले पर्याप्त निन्द्रा पुर्‍याउन जरुरी हुन्छ । अल्कोहल, चुरोट तथा सुर्तीजन्य पदार्थ त्याग्नु उचित हुन्छ । यी चिजहरूले तपाईको शरीरमा नकारात्मक असर गरिरहेको हुन्छ र शरीरलाई कमजोर बनाउँदै लग्छ । मदिरा र फिटनेसको प्रायः विरोधी सम्बन्ध हुन्छ । रक्सीको प्रयोगले समग्र तन्दुरुस्ती घटाउँछ र व्यक्तिको फिटनेस लक्ष्यहरू प्राप्त गर्न सक्ने क्षमतामा बाधा पुर्‍याउँछ । 

जेहोस्, विभिन्न तरिकाहरूमार्फत शारीरिक तन्दुरुस्ती सुधार गर्नु जस्तै काम गर्ने र स्वस्थ आहार खाने रक्सीको लडाइँ र यसले निम्त्याउने धेरै नकारात्मक स्वास्थ्य प्रभावहरूको प्रतिरोध गर्ने सबैभन्दा प्रभावकारी तरिकाहरूमध्ये एक हो ।

‘जिम गर्दा संगीत र मोटिभेसनल भिडियोले पनि धेरै प्रभाव पार्छ । उत्साह उमंगले भरिएका क्रान्तिकारी गीत संगीतले जिम गर्ने जोकोहीलाई प्रेरित गरिरहेको हुन्छ,’ आचार्य थप्छन्, ‘सँगसँगै कार्डियो, जुम्बा, अरोबिक जस्ता अतिरिक्त व्यायाम गराउँदा सबै उमेर समूहकालाई समेटेर लान सकिने र वजन घटाउन सहज हुनुको साथै मुटुलाई पनि फाइदा पुर्‍याउँछ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x