×

NMB BANK
NIC ASIA

लुम्बिनीमा रमिता

तीन वर्षदेखि खुला आकाशमुनि लुम्बिनीका बिजुली बस, चल्न नपाउँदै बन्न थाले कबाड !

कमिसन गुम्ने डरले कर्मचारी अनिच्छुक, नम्बर प्लेटको समस्या देखाएर सञ्चालनमा विलम्ब

मंसिर २६, २०७९

NTC
Premier Steels

लुम्बिनीलाई प्रदुषणरहित बनाउन साढे तीन वर्षअगाडि ल्याइएका पर्यटकलक्षित विद्युतीय सवारीसाधन प्रयोगविहीन भएका छन् ।

Muktinath Bank

९ मंसिर २०७६ मा भित्र्याइएका ५ वटा बस र १४ वटा भ्यान अझै सञ्चालनमा आउन सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यविधि र कानूनी जटिलतालाई देखाउँदै करोडौं मूल्यका ‘इलेक्ट्रिक भेइकल’ सञ्चालनबाट लुम्बिनी विकास कोष पन्छिन खोजेको छ ।


Advertisment
Nabil box
Kumari

पर्यटन मन्त्रालयले हस्तान्तरण गरेका गाडी विकास कोषले चलाउन नसक्दा जनस्तरमा आक्रोश बढेको छ । 

Vianet communication

विकास कोषले आफैं गाडी चलाउँदा कमिसन नपाइने देखेपछि कर्मचारीहरूले गाडी सञ्चालनमा रुचि देखाएका छैनन् ।  

खुला आकाशमुनि राखिएका बस दशैंको मुखमा गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा परीक्षणको रूपमा एक महिना चले पनि अहिले थन्किएपछि सञ्चालनमै नआई कबाडमा जाने हुन् कि भन्ने चिन्ता थपिएको हो । 

एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगमा ‘क्लीन इनर्जी प्रोजेक्ट’ अन्तर्गत १३ करोड रूपैयाँको लागतमा गाडी तथा भ्यान भित्रिएका थिए । ३५ करोड अनुदानमा लुम्बिनी ल्याइएका सवारी साधनमा राज्यले साढे ३ करोड रूपैयाँ भन्सार शुल्क व्यहोरेको छ । 

१४ मध्ये ९ वटा भ्यानमा ब्याट्री र टायरमा समस्या देखिएर सञ्चालनमा आउन नसक्ने अवस्थामा पुगिसकेको छ ।

विकास कोषका कोषाध्यक्ष ढुण्डीराज (सिद्धिचरण) भट्टराईले सेतो नम्बर प्लेटका गाडी हरियो नम्बर प्लेटमा परिवर्तन गर्न कानूनी अल्झनले ती गाडी सञ्चालनमा समस्यामा देखिएको बताए । 

‘भाडासहित सञ्चालनमा ल्याउनका लागि हरियो प्लेट चाहिने भयो । विकास कोषको नाममा गाडी सेतो प्लेटमा आए । सेतोलाई सधैं हरियो प्लेट बनाउने कानून भएन । मन्त्रिपरिषद्बाट निर्णय गरेर सञ्चालनमा ल्याउने तयारी छ,’ भट्टराईले भने ।

परीक्षण सञ्चालन सफल भएकाले नियमित सञ्चालनमा आएपछि मर्मत र व्यवस्थापनका लागि सम्झौता गर्ने कोषाध्यक्ष भट्टराईको भनाइ छ । 

बस सञ्चालनका लागि नागरिक उड्डयन मन्त्रालयले गएको जेठमा कार्यविधि बनाउनेमा कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको थियो । समितिले दुई महिना लगाएर कार्यविधिको खाका र अवस्थाबारे नागरिक उड्डयन तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो ।

रिपोर्टमा कार्यदलले धेरै समयदेखि थन्किएका ९ वटा भ्यानमा समस्या देखिएको र बाँकी गाडी सञ्चालनयोग्य रहेको प्रतिवेदन मन्त्रालयमा पठाएको थियो । एडीबीले सन् २०१८ जनवरी ९ मा गाडी चार्जिङ गर्ने स्टेसन र सोलार उपलब्ध गराउने सम्झौता गरी चार्जिङ स्टेसन समेत बनेका छन् । 

यातायात व्यवस्था कार्यालय, लुम्बिनी (सवारी) का प्रमुख मोहन अर्यालले सेतो प्लेटका गाडीले पर्यटक बोक्न नमिल्ने बताए । 

‘लुम्बिनी विकास कोषका गाडी सेतो प्लेटमा दर्ता भएको भए पनि पर्यटक बोक्न हरियो प्लेटमा लैजानुपर्छ,’ अर्यालले लोकान्तरसँग भने, ‘सेतो प्लेट नितान्त सरकारी सवारी साधन हो । अहिलेको विद्यमान कानूनमा सेतोलाई हरियो बनाउन मिल्दैन । यसमा पर्यटक बोक्न मिल्दैन हरियो प्लेटमा लैजाने कानूनी प्रावधान अहिलेसम्म बनेको छैन ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट निर्णय गराएर कानूनी रूप प्रदान गरेर मात्र हरियो प्लेटमा लैजाने पहल गर्न सकिने प्रमुख अर्यालको भनाइ छ । 

अहिले लुम्बिनीमा दैनिक २ हजार ५०० भन्दा बढी आन्तरिक र बाह्य पयर्टनहरू आउने गर्छन् । स्तरीय गाडी नहुँदा पुराना र थोत्रा गाडीमा भैरहवाबाट लुम्बिनीसम्म यात्रा गर्न बाध्य छन् । 

विकास कोषका योजना प्रमुख तथा इञ्जिनीयर सरोज भटटराईले सरकारी नम्बर प्लेटका गाडीले व्यावसायिक रूपमा प्रयोग गर्न नपाउने भएपछि परिक्षणकालीन सञ्चालन गरिए पनि अहिले आएर गाडी थन्किन पुगेको बताए । ‘विकास कोषले हरियो नम्बरमा लैजान सरकार र सवारी विभागमा पत्र पठाएको छ, हेरौं के आउँछ निर्णय,’ योजना प्रमुख भटटराईले लोकान्तरसँग भने । 

चार्जिङ स्टेसनमा जडान गरिएको पावर हाउसबाट १५४ किलोवाट विद्युत् प्रवाह हुन्छ । जहाँ एकैपटकमा १३ सवारी साधन चार्ज गर्न सकिन्छ । बसहरू पूर्ण वातानुकूलित बस अपांगमैत्री र स्वचालित ढोका छन् ।

बसमा १९ र ट्याक्सीमा ५ सीट छन् । बस कार्डले स्टार्ट हुन्छ भने बस र ट्याक्सी आवाजरहित छन् । एकपटक फूल चार्ज गरेपछि ४०० किलोमिटर गुड्न सक्छन् । ठूला–ठूला आपतकालीन ढोका छन् । लुम्बिनीमा बढ्दो वातावरणीय प्रदूषणलाई मध्यनजर गरेर विद्युतीय सवारी ल्याइएको हो ।

शुरूमा लुम्बिनीमा आएका बिजुली बस भैरहवा भन्सार कार्यालयबाट जबर्जस्ती सिधै काठमाडौं लगिएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ६ कात्तिक २०७५ मा ललितपुरको पुल्चोकबाट बस चढेर सिंहदरबार पुगी सञ्चालनको शुभारम्भ गरे । ती बसमा त्यसबेला पर्यटन मन्त्रालयले १७ वटा कैफियत देखाएपछि ठेक्का बदर भएको थियो । त्यसपछि पछि अर्को वर्ष फेरि बीवाईडी कम्पनीले चीनबाट आयात गरेर नयाँ बस र ट्याक्सी लुम्बिनी ल्याएको थियो । 

पाँचवटा बसमध्ये एउटा बस बुटवल–भैरहवा–बेलहिया–एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया–भैरहवा–एयरपोर्ट हँदै लुम्बिनी, तेस्रो बस नवलपरासी–रामग्राम–भैरहवा–बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौथो बस कपिलवस्तु–तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालनको लक्ष्य रहेको विकास कोषले जानकारी दिएको छ । 

विश्व शान्तिको मुहानका रूपमा चिनिने लुम्बिनीमा प्रदूषण बढ्दो छ । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि ती विद्युतीय बसमा पर्यटकहरूलाई बुद्ध सर्किटमार्फत विभिन्न क्षेत्रमा घुमाउने लक्ष्य थियो ।

जुन कुरा असफलतातिर जाने देखिन्छ । सम्पदाबारे राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा चिन्ता र चासो छ । तर, लुम्बिनीको प्रदूषणबारे बाहिर आएका प्रतिवेदन र अनुसन्धान कार्यान्वयन छैनन् । अशोक स्तम्भ खिइँदै गएको छ । स्तम्भ क्षेत्रमा फोहोर फाल्दा सम्पदा नै नष्ट हुने खतरा छ । लुम्बिनी गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x