×

NMB BANK
NIC ASIA

जलेश्वर अस्पतालमा बर्सेनि लाखौंका सामान खरिद, कहाँ जान्छन् पत्तो छैन [लोकान्तर खोज]

कात्तिक २०, २०७४

NTC
Premier Steels

महोत्तरी ३० साउन– अस्पताल बिरामीको उपचार हुने ठाउँ । त्यहाँको वातावरण सफा, हराभरा हुनु अपरिहार्य मानिन्छ । चिकित्सकहरु समयमै बिरामीको उपचार गर्न जुट्नुपर्छ । शैया, औजार सबै सफा हुनुपर्छ । व्यवस्थित भवन हुनुपर्छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरले यस्तै कामका लागि प्रत्येक बर्ष सामान किन्छ ।

अस्पताललाई चाहिने नयाँ नयाँ औजार किन्छ । बिरामीको घुँइचो पनि लाग्छ ।

अस्पतालका लागि किनिने सामान र औषधिहरुको दाखिला स्टोरमा हुने गर्छ । अस्पतालका कर्मचारीहरुले सामान तथा औषधि बुझ्छन् । तर त्यसको प्रगती प्रतिवेदन बुझाउँदैनन् । निःशुल्क औषधि वितरण एकदम थोरै गरिएपनि त्यसको दुरुस्त तथ्याङ्क अस्पतालमा छैन ।

बिरामीका आफन्तले समस्या भन्न शुरु गर्छन्– ‘शौचालय सफा छैन । तन्ना नभएको बेड च्यातिएको छ । हातघुने ठाउँमा पानको थुक जथाभावी फ्याकिएको छ । चिकित्सक समयमा आउँदैनन् । कुरुवा समेत बिरामी हुने अबस्था छ । भवन चर्किएको छ ।’ समस्या लेख्दै जाँदा डायरी भरिने अबस्था छ जलेश्वर अस्पतालमा ।

जिल्ला अस्पताल जलेश्वरको भौतिक पुर्वाधार ५० शैयाको छ । भवन दुईतल्ले र आधुनिक छ । तत्कालिन स्वास्थ्य मन्त्री राजेन्द्र महतोको पालमा थप २५ शैया स्विकृतीको लागि दिइएको निवेदनहरुको फाइल स्वास्थ्य मन्त्रालयमै हराएकोले यो अस्पतालले नेपाल सरकारबाट पूर्वस्विकृत भए बमोजिमकै २५ शैयाको सेवासुविधा प्रदान गर्दै आएको छ ।

जलेश्वर अस्पताल विकास समिति (गठन) आदेश, २०५९ मंसिर २ गते राजपत्रमा प्रकाशित भएपछि राजनीतिक हस्तक्षेप बढ्न थालेको हो । आदेशमा नै नेपाल सरकारबाट मनोनित व्यक्ति अध्यक्ष हुने प्रावधान छ ।

जलेश्वर अस्पतालको आयव्यय आर्थिक बर्ष २०७२÷७३ मा ५० लाख १० हजार ८ सय २० रुपैया ६८ पैसा छ । जसमध्ये तलबमा ८ लाख ३७ हजार ४ सय तथा भत्तामा मात्रै १० लाख १० हजार ९ सय ५२ रुपैया ९९ पैसा खर्च भएकोे छ ।

समितिबाट अस्पतालमा ल्याब टेक्निसियन, एम्बुलेन्स चालक, अहेब एक÷एक जना, कार्यालय सहायक/सहयोगी चार जना, स्विपर पाँच जना कार्यरत छन् । समितिबाटै १० लाख ६६ हजार ९ सय ६३ रुपैया ७५ पैसाको औषधि खरिद भएको छ । त्यही मर्मत सम्भारमा १ लाख ६४ हजार १ सय ३१ रुपैया, ईन्धनमा एक लाख २३ हजार ७ सय ६० रुपैया तथा विविधमा १ लाख १३ हजार ७ सय ९५ रुपैया भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालमा कार्यरत तीनजना मेडिकल अधिकृतमध्ये सरकारी दरबन्दी दुई छ भने एक अधिकृत निक साइमन नामक संस्थाबाट सहयोग प्राप्त भएको छ । प्रत्येक बर्ष यस अस्पतालबाट झण्डै ४० हजार मानिसले उपचार सेवा पाएको देखिन्छ । सरकारले सरकारी अस्पतालमा निशुल्क सेवा भनिएपनि टिकट शुल्कबाट मात्रै ६ लाख ५१ हजार ४० रुपैया आम्दानी गरेको हो ।

बिकास समितिले आफ्नो आम्दानीबाट वाहेक नेपाल सरकारले उपलब्ध गराएको नियमति बजेटबाट तीन लाख रुपैयाको औषधि खरिद गरेको देखिएको छ । तर बिरामीले औषधि नपाएको गुनाँसो मेट्न सकिएको छैन ।
अस्पताल विकास समितिका अध्यक्ष एवं नेकपा एमालेका स्थानीय नेता मदन साहले यस बिषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । जलेश्वर अस्पतालमा राखिएको सामाजिक परीक्षण कार्यक्रमका दिन समेत अध्यक्ष साह अस्पतालस्थित आफ्नो कार्यालयमै आएका थिएनन् ।

‘अस्पतालमा यतिका औषधि खरिद हुनुका साथै केन्द्रबाट औषधि आएको समेत सुन्छु तर उपचार गराउन जाँदा बाहिरको औषधि लेख्छन् चिकित्सकहरु’, सरकारी सेवामा कार्यरत अशोक सिंह भन्छन्,‘ यसबारेमा कहाँ गुनाँसो गर्ने थाहा छैन ।

स्थानीय सूचना अधिकारकर्मी जितेन्द्र पासवानले भने, ‘जलेश्वर अस्पतालमा भएको खर्चबारे सूचना मागेको बर्षदिनमा समेत पाइएको छैन । राष्ट्रिय सूचना आयोगमा उजुरी गर्दा समेत कुनै प्रभाव परेको छैन ।’ अस्पताल क्षेत्रका बासिन्दाले पटक पटक अस्पतालको आयव्ययको खोजीगर्दा सरोकारवालाहरु जवाफ नदिई भाग्ने गरेको स्थानीयले बताए ।

अस्पतालको गुणस्तर एवं सेवा सुदृष्ढिकरणका लागि नेपाल सरकारबाट आर्थिक बर्ष २०७२÷७३ मा ४२ लाख रुपैया प्राप्त भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनायो । प्राप्त रकम अस्पताल विकास सहयोग समितिको बैठक तथा सामाजिक परीक्षण, भौतिक संरचना मर्मत, अस्पतालजन्य फोहरमैला ब्यबस्थापन तथा संक्रमण रोकथाम, विद्युत खानेपानी तथा ढल निकास, क्लिनिकल सेवा विस्तार÷औजार उपकरण खरिद, अस्पताल फार्मेसी स्थापना संचालन तथा सुद्दढिकरण, सूचना प्रणाली, फनिसिंङ एवं फर्निचर, बिरामीको लागि अन्य सेवा सुविधामा खर्च गरिएको देखाइएको छ ।

कार्पेट तथा मेट्रेसमा १ लाख ४ सय ५९ रुपैया खर्चिएपनि बेडमा च्यातिएको मेट्रेस देखिएको प्रत्यक्षदर्शीले बताए । ‘बिरामीलाई कहिल्यै बेडमा तकिया दिने गरिएको छैन । भर्ना भएका बिरामीलाई कहिल्यै खाना खुवाएको दृश्य देखिएको छैन’, स्थानीय मनोज नायकले भने ।

नायकले आफूले भोगेको एउटा घटना सुनाए । ‘केही समय अगाडि छोराको उपचारका लागि अस्पतालमा पुग्दा ल्याब परीक्षण गर्नुपर्ने बताइएको थियो । ल्याब परीक्षण वापत सय रुपैयाको नगद रसिद लिएर जाँदा जाँच गर्ने केमिकल नभएको भन्दै बाहिरको नीजि ल्याबमा चेकजाँच गर्न भनियो’ नायकले लोकान्तरसँग भने ‘म रिसाएर ल्याबमा तालाबन्दी गरे । पछि सर्वपक्षीय छलफल भई ल्याब ब्यबस्थित गर्ने सहमति भएपछि ताला खोलेको थिए ।’

सेवाग्राहीका अनुसार जिल्ला अस्पतालमा कार्यालय सहयोगी राम विनय ठाकुरले नै अनुभवको आधारमा ल्याब परीक्षण गर्ने गरेका छन् । स्थानीयहरुको बिरोधका कारण अहिले ठाकुर जिम्मेवारी बाहिर छन् । त्यही अस्पताल बाहिरका नीजि ल्याबहरुमा १५ महिने तालिम लिएकाहरुले परीक्षण गर्ने गरेको भेटिन्छ ।

अस्पतालमा २ लाख १४ हजार ३ सय ६१ रुपैयाको तन्ना, तकिया र पर्दा किनिएकोमा बिरामीले अझैसम्म देख्न पाएका छैनन् । ति सामान प्रयोगमा छैनन् । कहाँ छन् भन्नेबारे अस्पताल केही बताउन चाहदैन । रातको समय बिद्युत अबरुद्ध हुँदा जेनरेटर नचलाउने, शौचालयको बाटोमा बत्ती नराख्ने तथा अन्य ठाउँहरुमा समेत अध्यारो रहने गरेको देखिन्छ ।

स्थानीय पत्रकार रंजन भण्डारीले समेत रातको समय अस्पताल पुग्दा शौचालयमा बत्ती नबलेको बताए । अस्पतालबाट २० सेट औजारहरु खरिद गरिएको दाबी गरिएपनि आकस्मिक उपचार कक्षमा पुरानै औजार निर्मलीकरण बिना प्रयोग भइरहेको जानकारीसहितको समाचार भण्डारीले प्रकाशन गरेका थिए ।
अस्पताल कम्पाउण्डपभित्र पशु चौपायाले फोहरमैला गरिरहेका बेला त्यहाँका सहयोगी कर्मचारी अन्य काममा व्यस्त रह्ने गरेको देखिन्छ । ‘अस्पतालमा सिनेमा चल्छ, त्यही हेर्नमा कर्मचारीहरु ब्यस्त हुने गर्छन् ।

उनीहरुमाथि कारवाही गर्ने कोही छैन’ एक सेवाग्राहीले गुनासो गरे । जिल्ला अस्पताल जलेश्वरमा मेडिकल सुपरिटेन्डेन्ट पद रिक्त भएको बर्षौ भइसकेको छ । केही महिना अगाडि मात्रै अस्पतालमा १ लाख ६ हजार ६ सय ८८ रुपैया पर्ने ४० इन्च टेलिभिजन सेट जडान गरेपछि हेर्नेको भीड लाग्ने गर्दछ ।

खर्चबारे थप जानकारी माग्दा जिल्ला जनस्वास्थ्य कार्यालयका तत्कालिन प्रमुख मनिष पाण्डेले बिबरण दिन आलटाल गर्दै बिल भौचर दिन मिल्ने/नमिल्ने बताए । उनले बिभागसँग सोधिएकोमा उत्तर नआएको भन्दै टार्न खोजे । ‘भौतिक संरचना अनुसार कर्मचारी दरबन्दी नभएकोले सेवाग्राहीको सबै आकांक्षा पूरा गर्न सकिएको छैन’ पाण्डेले लोकान्तरसँग भने ।

नेपाली काँग्रेसका नेता गगन थापा स्वास्थ्यमन्त्री भएपछि नेपाल विद्यार्थी संघका स्थानीय नेताहरु जलेश्वर अस्पतालको सुधार कसरी गर्न सकिन्छ भनेर कर्मचारी एवं स्वास्थ्यकर्मीसँग लगत्तै भेटघाट गरेका थिए । भेटघाटमा आर्थिक गतिविधि एवं निशुल्क औषधिका सम्बन्धमा कुनै चर्चा नै नभएको एक प्रत्यक्षदर्शीले बताएका थिए ।

अहिले स्वास्थ्यमन्त्रीकै रुपमा माओवादी केन्द्रका नेता गिरीराज मणि पोखरेल छन् । उनी महोत्तरीकै निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन । उनी स्वास्य मन्त्री बनेपछि अस्पताललाई ५० बेडको सेवासुविधाका लागि पहल गर्न थालिएको छ ।

स्थानीय सूचना अधिकारकर्मी जितेन्द्र पासवानले यस पटक पनि अस्पताल विकास समितिको आय व्यय माग गर्ने मनस्थिती बनाएको बताए । उनले भने,‘यस पटक एक्लै नभई समूहमा सूचना माग गर्छु । यसमा सहयोग भए मात्रै अस्पतालको हिसाबकिताब सार्वजनिक हुनसक्छ ।’

स्थानीयले आर्थिक हिसाब माग्न थालेपछि कहिल्यै बिरामी जाँच नगरेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. मनिष पाण्डे अनियमित उपस्थित हुन थालेका थिए । त्यही ब्यबस्थापन समितिका अध्यक्ष मदन साह अस्पताल आउन नै छोडिसकेका छन् । तर उनले नै करारमा नियुक्ति गरेका कर्मचारीहरु भने अस्पताल आउन छोडेका छैनन ।

जिल्ला अस्पतालको एकीकृत बजेट झण्डै अढाई करोड रुपैया रहेपनि सेवामा बिरामी सन्तुष्ट हुने अबस्था देखिएको छैन । आकस्मिक कक्षमा आएका बिरामीलाई साँझपख चिकित्सक खोज्न हम्मेहम्मेपर्छ । त्यही अस्पतालमा २४ घण्टे ल्याब परीक्षण सुविधा शुरु गरिएपनि प्रभावकारी बन्न नसकेको आरोप बिरामीहरुको छ । हुनतः दिउँसै पनि बिरामीको पुर्जा खोसाखोस गर्न बाहिरका ल्याब ब्यबसायीहरु तछाडमछाड गर्छन । अस्पतालका ल्याब कर्मचारीहरु अन्यत्र नै गफिएर बसेका हुन्छन् ।

अस्पतालजन्य फोहरमैला ब्यबस्थापन तथा संक्रमण रोकथाममा ६ लाख १५ हजार रुपैया खर्चिएपनि अस्पतालमा जतासुकै फोहर देखिनुका साथै दुर्गन्धित छ । बर्षेनी नेपाल सरकारको नियमित बजेट १ करोड २३ लाख ८८ हजार बाहेक जिल्ला अस्पतालको गुणस्तर एवं सेवा सुद्दढिकरणमा ४२ लाख, निक साइमन्सको २६ लाख तथा अस्पताल बिकास समितिको आम्दानी ५० लाख मात्रै जोड्ने हो भने १ करोड १८ लाख रुपैया आउने गरेको छ, खर्च पनि हुन्छ । तर अस्पताल बिरामी नै छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा यस सम्बन्धमा विभिन्न गुनासो तथा उजुरी पर्ने गरेपनि कारबाही भएको देखिएको छैन । जिल्ला स्वास्थ्य कार्यालयले २०७३ सालको असोजको अन्तिम सातामा झण्डै ५० लाख रुपैया बराबरको निशुल्क वितरण गर्नका लागि औषधि खरिदका लागि टेण्डर आव्ह्रान गरेको थिए ।

अस्पतालमा ती औषधिहरु आइसकेको बताइएपनि त्यसको तथ्याङ्क दिन आनाकानी भइरहेको छ । त्यही आवश्यक कर्मचारी करारमा लिनका लागि समेत स्थानीय द पब्लिक टुडे पत्रिकामा बिज्ञापन प्रकाशन भएपछि आर्थिक बर्ष २०७३/७४ मै कर्मचारीहरु भर्ना भइसकेका छन् ।

अस्पतालमा महिनौंसम्म एक्स रे मेसिन बिग्रिएपनि वास्ता नभएपछि स्थानीय बद्रि झासहितका युवाहरुले सामाजिक संजाल मार्फत अभियान शुरु गरेका थिए । बाध्य भएर अहिले अस्पतालमा डिजिटिल एक्स रे एवं अल्ट्रासाउण्ड संचालनमा ल्याएपनि दक्ष प्राविधिक छैन ।

जलेश्वर अस्पतालको बर्तमान अबस्थाबारे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र यादवसँग प्रत्यक्ष भेटघाट गर्न खोज्दा महोत्तरीमै स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल भएकोले पाँचदिनसम्म ब्यबस्त रह्ने बताए । मोवाइल फोनमा भएको कुराकानीमा उनले जिल्ला परिषदको समयमा मात्रै अस्पतालको आय ब्यय सार्वजनिक गरिने परिपाटी रहेको बताए । साउन महिनामै अस्पतालमा मन्त्रालयबाट आएको बिभिन्न ब्यबस्थापकीय, चिकित्सकीय एवं अन्य सामानहरुको अझैसम्म ब्यबस्थापन हुन सकेको छैन ।

स्थानीय सूचना अधिकारकर्मी पासवानले सूचनाको हक सम्बन्धी ऐनले माग भएको सूचना सोही प्रकृतिमा दिनुपर्ने प्रावधान राखिएपनि अस्पतालले सूचना लुकाउने क्रम जारी राखेको बताए । बिल भौतरको प्रतिलिपी माग गर्दा हरेक पटक स्वास्थ्य कार्यालयले स्वास्थ्य बिभागमा पत्र लेखेर बिल भौचर दिनमिल्ने नमिल्ने भनेर सोध्ने गरेको छ । तर बिभागले दिने गरेको निर्देशन कहिल्यै जलेश्वर अस्पताल एवं जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गर्न मानेको छैन ।

स्रोतका अनुसार गत आर्थिक बर्षमा खरिद गरिएका मध्ये केही अस्पतालमा सामानहरु ल्याइएको छ । महोत्तरीबाट प्रतिनिधित्व गर्ने ब्यक्ति नै मन्त्री भएको कारण पूराना फाइलहरु नखोलुन भनेर जिल्ला अस्पताललाई दुलही झै सजाउन कर्मचारीहरु लागि परेका छन् । साथै हिजोसम्म अस्तब्यस्त बनाइएको अस्पताललाई ब्यबस्थित देखाउन कर्मचारी एवं ब्यबस्थापनपक्ष तछाडमछाड गरिरहेको देखिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x