×

NMB BANK
NIC ASIA

त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङमा ‘सामसङ इनोभेसन क्याम्पस’

मंसिर २९, २०७९

NTC
Premier Steels

विश्वको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स र स्मार्टफोन ब्राण्ड सामसङले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाघटन गरेको छ । 

Muktinath Bank

यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सजस्ता प्राविधिक सीपहरूमा तालिम दिइने छ । जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने विश्वास लिइएकाे छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामसङ इनोभेसन क्याम्पसको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड सुङजुन पार्क, राजदूत पार्क चोङ सुकले गरेका थिए । पुल्चोक क्याम्पसमा आयोजित यस समारोहमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशी, रेक्टर त्रिभुवन विश्वविद्यालयका डा. शिवलाल भुसालको सहभागिता रहेको थियो ।


Advertisment
Nabil box
Kumari

यसले भविष्यको प्राविधिक सीपहरूमा युवाहरूलाई तालिम दिएर नेपालप्रति प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्यक्रमको एक हिस्साको रूपमा युवाहरूलाई वास्तविक जागिरको लागि सीपहरू र मागअनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ । जसले उनीहरूको डिजिटल साक्षरता, सिकाउने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार गर्नेछ ।

Vianet communication

‘सामसङमा, सह–समृद्धि हाम्रो मुख्य मूल्यहरू मध्ये एक हो र हामी सधैं यसको समर्थनमा छौँ । हाम्रो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पस मार्फत, हामीले नेपालका युवाहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने लक्ष्य राखेका छौँ, एआई, आईओटी, बिग डाटा र कोडिङ र प्रोग्रामिङजस्ता उच्च प्रविधि क्षेत्रहरूमा उनीहरूको सीप वृद्धि गर्ने लक्ष्य राखेका छौँ, जसको आजको व्यवसायहरूमा धेरै माग छ’, सामसङ साउथ वेस्त एसियाका नेपाल कार्यालयका हेड, सुङ जुन पार्कले भने ।

सामसङ इनोभेसन क्याम्पस अन्तर्गतका पाठ्यक्रमहरूमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डाटा, कोडिङ एण्ड प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्सलगायतमा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटको पुल्चोक क्याम्पसमा पढाइनेछ। पाठ्यक्रमहरूका लागि छनोट गर्नुपर्ने पूर्वशर्तहरूमा एल्गोरिदम, डाटा संरचना र प्रोग्रामिङको ज्ञान समावेश छ ।

‘त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङले प्रतिभा, समाज र व्यवसायलाई अगाडि बढाउने प्रयासहरू सामसङ इनोभेसन क्याम्पसको लक्ष्यसँग मिल्दोजुल्दो छ । जसले आगामी पुस्तालाई उनीहरूको क्षमता वृद्धि गर्न र सकारात्मक नेतृत्व बनाउन आवश्यक उपकरणहरू उपलब्ध गराएर सशक्त बनाउने हो । राम्रो संसारको लागि सामाजिक परिवर्तन आवश्यक छ’, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीले भने, ‘सामसङ इनोभेसन क्याम्पस एक आदर्श पहल हो जसले हामीलाई शिक्षा र अनुसन्धान मार्फत समाज र व्यक्तिहरूमा प्रभाव पार्ने हाम्रो उद्देश्य हासिल गर्न सक्षम बनाउँछ ।’ 

इन्जिनियरिङ इन्स्टिच्युटमा सामसुङ इनोभेसन क्याम्पसअन्तर्गत प्रस्तावित पाठ्यक्रमहरूको एक भागको रूपमा, विद्यार्थीहरूले व्यावहारिक प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नेछन् । यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ र प्रोग्रामिङ र आईओटीले भूमिका खेल्छ ।

यसैगरी पाठ्यक्रमहरूको अर्को हिस्साको रूपमा युवाहरूलाई सामाजिक महत्त्वका परियोजनाहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा यी प्रविधिहरूले भूमिका खेल्छन् । 
सन् २०१९ मा शुरु भएको सामसङ इनोभेसन क्याम्पस जुन सामसङको ‘टूगेदर फर टुमोरो !’ को ग्लोबल सीएसआर भिजनको हिस्सा हो । मानिसहरूलाई सक्षम बनाउँदै विद्यार्थी र बेरोजगार युवाहरूलाई चौँथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम प्रदान गर्दछ । उनीहरूलाई नेक्स्ट जेनेरेसनको वर्कफोर्सका लागि पालनपोषण गर्दछ ।

सामसङ आफ्नो सीएसआर पहलहरू मार्फत समुदायहरूलाई सकारात्मक रूपान्तरण गर्न र मानिसहरूको लागि राम्रो जीवन सिर्जना गर्न नवप्रवर्तन प्रयोग गर्नमा विश्वास गर्छ । कम्पनीका अनुसार शिक्षामार्फत युवाहरूलाई सशक्तिकरण गर्नु भनेको हामीले हाम्रा युवाहरूलाई साहसी भई भविष्यको संसारको सामना गर्न तयार गर्न सक्ने उत्तम तरिकाहरू मध्ये एक हो ।

सामसङ इलेक्ट्रोनिक्स कम्पनी लिमिटेडको बारेमा

सामसङले संसारलाई प्रेरित गर्दै परिवर्तनकारी विचार र प्रविधिहरूद्वारा भविष्यलाई आकार दिन्छ । कम्पनीले टिभी, स्मार्टफोन, पहिरन योग्य उपकरण, ट्याब्लेट, डिजिटल उपकरण, नेटवर्क प्रणाली र मेमोरी, एलएसआई प्रणाली, फाउन्ड्री र एलईडी समाधानहरूको संसारलाई पुनः परिभाषित गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x