×

NIC ASIA

राजनीतिक दलको संख्या बढ्यो तर, सरकारको बारे कोही बोल्न सक्दैन : केपी ओली

पुस ५, २०७९

Prabhu Bank
NTC
Premier Steels

संसदमा राजनीतिक दलको संख्या बढेको भए पनि सरकार गठनको बारेमा भने कसैले बोल्न सक्ने अवस्था नरहेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । 

Muktinath Bank

एमालेका नवनिर्वाचित सांसदहरुलाई बधाई दिन मंगलवार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार गठनको बारेमा अन्योलता सिर्जना भएको ओलीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संसदमा पहिले ४ वटा राष्ट्रिय पार्टी थिए । अहिले ७ वटा राष्ट्रिय पार्टी भएका छन् । पार्टी धेरै भए तर, सरकार गठनको बारेमा बोल्न पनि सक्ने अवस्था छैन’, ओलीले भने, ‘कसको सरकार, कस्तो सरकार भन्न सक्ने अवस्था छैन ।’ 


Advertisment
Nabil box
Kumari

सरकार गठनको बारेमा अन्योलको अवस्था सिर्जना भएको र यस्तो हुनु लोकतन्त्रमा राम्रो नभएको उनले बताए । 

Vianet communication

‘राजनीतिक दलको परिभाषामा नै अन्योलता उत्पन्न भएको छ । प्रतिक्रिया र लहडमा दल बन्ने, लेनदेन र स्वार्थमा दल चल्ने अवस्था छ’, ओलीले भने । 

सरकार बन्ने कुरा केही सीमित व्यक्तिको व्यक्तिगत स्वार्थमा अल्झिएको उनले बताए ।  

‘वैयक्तिक स्वार्थमा सरकार गठन अल्झिएको छ । देशको लागि दुःखद् कुरा हो । चिन्ताको विषय हो । आम चुनावपछि नयाँ सरकार बन्नु अपरिहार्य छ । किन र केका लागि सरकार बन्ने भन्ने कुराको उत्तर आउन आवश्यक छ’, उनले भने ।  

नवनिर्वाचित सांसदहरुलाई सम्बोधन गर्दै ओलीले भने, ‘सरकार देश र जनताको लागि हुनुपर्ने, सुशासन, विकास, गरिबि निवारण गर्न सरकार बन्नुपर्ने हो ।’

एमालेले के पाउँछ भन्दा पनि देश र जनताको हित हुन्छ कि हुँदैन भन्ने आधारमा सरकारको बारेमा सोच्ने उनले बताए । 

‘कतिबेला के पाउँछौँ, कसले के  पाउँछ भनेर होइन, कसले के पाउँछ भन्ने कुरालाई केन्द्र भागमा राखेर होइन, जहाँ जहाँ छौँ त्यहाँबाट देश र जनताको हितको पक्षमा उभिन्छौँ र त्यसका लागि लड्छौँ’, उनले भने, ‘अरुले ल्याइदिएको लोकतन्त्रमा विना मूल्य लाभ लिइहालौँ भनेर आएको पार्टी एमाले होइन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x