कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पोखरामा जारी १० औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ । बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामाले बहस गरेका छन् । समीक्षक सुरज सुवेदी कार्यक्रमको सहजीकरण गरेका थिए ।
फिल्म समीक्षा नेपालमा किन सुध्रेन ? भन्नेबारेको छलफलमा मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको बक्ताहरूले बताएका थिए । स्वस्तिमाले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन् । तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन् । ‘समीक्षकले रुचाएको फिल्म आममासले रुचाउँदैन, फिल्म लिट्रेसी भएका दर्शकले रुचाएका कतिपय फिल्म आममासले रुचाउँदैन’ स्वस्तिमाले भनिन् ।
अनुप सुवेदी फिल्म समीक्षक आम दर्शकभन्दा बढी बुझेको हुनुपर्ने बताए । दर्शकलाई ‘कन्भिन्स्ड’ गर्नसक्ने तर्क समीक्षकमा हुनुपर्ने उनको भनाइ छ । समीक्षकको विश्वसनीयतामाथि दर्शकमा प्रश्न उठिरहने गर्छ, उनले भने । ‘एउटा समीक्षके पत्रकारिता गर्नुपर्छ, अन्तर्वार्ता गर्नुपर्छ । अनि समीक्षा पनि गर्नुपर्छ । पाठकले त्यो समीक्षकलाई विश्वास गर्छ भने घात पनि गर्नुभएन’ दीपेन्द्रले भने ।
स्वस्तिमाले समीक्षामा विश्वसनीयता कम भएको भाव प्रकट गरिन् । ‘एउटा पत्रकारले शनिबार गसिप र आइतबार समीक्षा गरिरहेको हुन्छ भने समीक्षा कस्तो लेखिरहेको हुन्छ त ? मैले यसको अनुभूत गरेको छु’ उनले भनिन् ।
अनुपले समीक्षक पाठकप्रति उत्तरदायी हुनुपर्ने बताए । उनी नेपालका समीक्षकले समीक्षामा फिल्म निर्देशकलाई सिकाइरहेको तर्क गरे । ‘समीक्षकले त पाठकलाई सचेत गराउने हो नि । तर मेकरलाई सिकाइरहेको देखिन्छ’ उनले भने ।
दीपेन्द्रले नेपालमा फिल्म समीक्षा एकदमै न्यून भएको बताए । ‘संख्यात्मक रुपमा समीक्षा दयनीय अवस्थामा छ । सम्पादकले प्राथमिकतामा नराखेर हो कि’ उनले भने । समीक्षकको स्तर बढिदिए हुन्थ्यो भन्ने अपेक्षा छ दीपेन्द्रले तर्क गरे । ‘कमजोरी एकातिर छ, नचाहिने कुरामा समीक्षा घुमिरहेको छ’ उनले टिप्पणी गरे ।
नेपालमा ‘पेइड रिभ्यू’ को ‘ट्रेन्ड’ बारे पनि दीपेन्द्रले चर्चा गरे । ‘नेपालमा पेड रिभ्युको चलन छ । विज्ञापन राम्रो छ भने त्यो अनलाइनले राम्रो लेखिदिन्छ । यदि विज्ञापन दिएन भने उसले आफ्नो अनलाइनलाई समीक्षा त लेख्छ लेख्छ । फिल्म नै पूरा नहेरी लेख्छ’ उनले भने ।
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...