२७ जेठ २०८३, बुधबार

पाठ्यपुस्तक अभाव हुन नदिन समितिको ध्यानाकर्षण

पाठ्यपुस्तक अभाव हुन नदिन समितिको ध्यानाकर्षण

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले विगत वर्षजस्तो आउने शैक्षिकसत्रमा विद्यार्थीले पाठ्यपुस्तक अभाव भोग्न नपरोस् भन्दै शिक्षा मन्त्रालय तथा मातहत निकायका पदाधिकारीको ध्यानाकर्षण गराएको छ । 

समितिको मंगलबार बसेको ११६ औं बैठकबाट सो ध्यानाकर्षण गराएको हो । समितिले समयमै विद्यार्थीले पाठ्यपुस्तक पाउने सुनिश्चित गराउन भनेको छ । शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, जनक शिक्षा सामग्री लिमिटेड र नेपाल अभिभावक महासंघका पदाधिकारीसँग छलफलपछि समितिले सो ध्यानाकर्षण गराएको छ ।

देशैभरीको सबै विद्यालयमा समयमा पाठ्यपुस्तक उपलब्ध गराउन र दीर्घकालीन समस्या समाधानका लागि आवश्यक नीति अवलम्बन गर्न भनेको छ । समितिमा सदस्यहरु कमला पन्त, कृष्णप्रसाद पौडेल, जगप्रसाद शर्मा, नन्दा चपाई, नारायणप्रसाद दाहाल, वामदेव गौतम, भुवनबहादुर सुनार, विमला घिमिरे, सिंगबहादुर  िवकस, शारदादेवी भट्ट लगायतले धारणा राखेका थिए ।

सोहीअनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्याल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झा, नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी लगायतको सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्