×

NMB BANK
NIC ASIA

मजलिसमा बसेर खाना खाने चलन खाडी देशहरूको एक विशेषता नै हो, त्यसमा पनि साउदी अरेबियामा त यसको ठूलो महत्त्व छ । मजलिस भन्नाले एक किसिमको सिट डाउन डाइनिङ हो, जुन मुस्लिम समुदायमा ब्यापक लोकप्रिय छ । 

Muktinath Bank

परिवारसँगै बसेर पलेटी कसेर लाइनमा बसी परिकारको मज्जा लिने तरिका नै अरबियन देशमा मजलिस भनेर चिनिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुद्ध नेपालीमा भन्ने हो भने मजलिस भनेको पलेटी रेस्टुरेन्टको कन्सेप हो । यो कन्सेप्ट अरबियन परम्परामा पनि निकै लोकप्रिय छ र उनीहरूको आफ्नै थिममा आफ्नै लोकप्रिय परिकारहरू सर्भ गर्ने चलन छ । अरबियन परिकारहरूमा मन्डी निकै प्रसिद्ध छ, जुन चामलमा भेडाको मासु हालेर पकाइन्छ र यो परिकार साउदी अरबियामा निकै प्रसिद्ध छ ।


Advertisment
Nabil box
Kumari

नेपालको प्रमुख शहरहरूमा मुस्लिम खाना सर्भ गर्ने रेस्टुरेन्टहरू धमाधम खुल्न थालेका छन् । काठमाडौंको झम्सिखेल, दरबार मार्ग, ठमेल र नक्सालमा अरबियन रेस्टुरेन्ट खुलेका छन् र भ्याली बाहिर पनि धेरै छन् । अरबियन देशहरू प्रायः सबै मुस्लिम समुदायको हुने र यिनिहरू मासुका परिकारका निकै पारखी हुन्छन् । यो समुदायमा शाकाहारी भेट्न अलि गाह्रै हुन्छ ।

Vianet communication

मुस्लिम समुदायले जुनसुकै किसिमले काटमार गरेको मासु खाँदैनन् । ‘हलाल’ गरी काटेको मासु मात्र खाने हुँदा हरेक पशुपन्छी हलाल गरेको छ भने मात्र सेवन गर्छन् । घोस्ट अर्थात् भेडा, खसी यिनिहरूको प्रमुख परिकारमा आउँछ र मन्डी भन्ने परिकार पनि यिनीहरूको प्रसिद्ध मानिन्छ, जुन साउदीमा निकै मन पराइन्छ ।

कसरी बन्छ मन्डी ?

यमनको हदरामुद शहरबाट यो परिकारको उत्पत्ति भए तापनि पछिल्लो समय साउदी अरेबिया र अन्य खाडी देशहरूमा मन्डी चिकनको पनि बनाउन थालिएको छ । मन्डीलाई बर्कस लाहाम भनेर पनि चिनिन्छ ।

मटन मन्डी बनाउन चाहिने सामग्री :

भेडा या खसीको मासु २ किलोग्राम, मिक्स होल गरम मसला १५ ग्राम, लसुन ३० ग्राम, अदुवा २० ग्राम, बेसार या केसर आधा चम्चा, प्याज ६० ग्राम, धनियाँ १ मुठा, पार्सी आधा मुठा, पुदिना १ मुठा, हरियो खुर्सानी ५ पिस, गोल्भेडा ४ पिस, टोम्याटो पिउरी २ कप, मन्डी मसला २ चम्चा, ड्राइलेमन ४ पिस, लेमन पाउड आधा चम्चा, नून स्वाद अनुसार, बासमती चामल २ किलो, पानी आवश्यकताअनुसार ।

मटन मन्डी बनाउने विधि :

२ किलोग्राम मटनलाई २ पिस या ठूलो–ठूलो साइजमा ४ पिस गरी राम्ररी सफा गरेर देक्ची या कसौडीमा हाली पानी खन्याउने । सम्पूर्ण मसला हाली २–३ घण्टा उमालेर मज्जाले पाक्न थालेपछि निकाल्ने र एकसाइडमा राख्ने । पानीलाई छानेर एक बाउलमा जम्मा गर्ने । अर्को डेक्चीमा बटर हालेर पगाल्ने र मसिनो काटेको प्याज फुराउने ।

केही टोम्याटो पिउरी, मन्डी मसला, ड्राइलेमन हाली पुनः उम्लन दिने । पखालेर राखेको चामल हालेर राम्ररी पाक्न दिने । पाकेको मटनलाई हल्का मेरिनेसन गरेर ओभन या ग्रीलमा डाम्ने । पाकेको चामलको माथि डामेको मटन हाली फुराएको किसमिस र प्याज गार्निस गरी अरबियन स्टायलको काँचो टोम्याटो र हरियो खुर्सानीको चट्नीसँग सर्भ गर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २२, २०८१

प्रत्येक वर्षको जन्मदिनले मलाई निजामती सेवाबाट निवृत्त भएको स्मरण गराउँछ । हुन पनि संयोगले भगवतीस्थान प्राथमिक विद्यालय तानसेनमा शिक्षकका रुपमा जीवनकै पहिलो जागिरमा प्रवेश गरेको दिन पनि यही दिन थियो । तथापि न...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x