×

NMB BANK
NIC ASIA

व्यवसायीप्रति गरिने सम्मानित व्यवहारले लगानीमैत्री वातावरण बनाउँछ : वरिष्ठ उपाध्यक्ष ढकाल

पुस २३, २०७९

NTC
Premier Steels

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले व्यवसायीप्रति गर्ने सम्मानित व्यवहारले मात्र पनि मुलुकभित्र लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने बताएका छन् ।

Muktinath Bank

नेपाल निर्यात परिषद्को २५औं वार्षिक साधारणसभा तथा ७औं निर्यात दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले राज्यले गर्ने सम्मानपूर्ण व्यवहारले मात्र पनि निजी क्षेत्र उत्साहित हुने र मुलुकको आर्थिक तथा औद्योगिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रको लामो प्रयासपछि नेपाल सरकारले व्यवसायीहरूलाई सीआईपी सम्मान दिन शुरू गरेकोमा हाल स्थगित गरिएकोमा उनले दुःख व्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो लामो र अथक प्रयासपनि नेपाल सरकारले व्यवसायीहरूलाई सीआईपी सम्मान दिन शुरू गरेको थियो तर हाल त्यो पुनः स्थगित छ,’ उनले प्रश्न गरे, ‘जुन व्यवसायीले नेपालको निर्यात बढाउन सहयोग गर्छ, आयात प्रतिस्थापन गर्छ, विदेशी मुद्रा भित्र्याउँछ, धेरैभन्दा धेरै कर तिर्छ, रोजगारी सिर्जना गर्छ र व्यवसायीलाई सम्मान दिँदा सरकारको लगानी पनि पर्दैन, यस्तो कुरामा सरकारले किन कन्जुस्याइँ गर्नुपर्ने ?’
 
आफू पनि निर्यात व्यवसायसँग आवद्ध रहेको र यस व्यवसायको समस्याबारे आफूलाई पूर्ण जानकारी भएको बताउँदै उनले निर्यात प्रवद्र्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफूले सदैव सकारात्मक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

Vianet communication

नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रमा हुने चुनावी साधारण सभातर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघ र सरकारसँग निर्यात व्यवसायीहरूका विषयको पैरवी गर्न निर्यात व्यवसायीलाई नै प्रतिनिधिको रूपमा महासंघमा निर्वाचित गर्न सुझाव दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x