माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
पुस २९, २०७९
अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा रहेका आफ्ना साझेदारहरूसँग चीनको ‘घेराबन्दी’ का विषयमा खुलमखुला कुरा गर्न थालेको छ ।
जनवरी ८ मा फाइनान्सियल टाइम्सले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको चीन रणनीतिका विषयमा खबर दिएको थियो । जापानका लागि अमेरिकी मरिन कोर्प्सका सर्वोच्च कमान्डर लेफ्टिनेन्ट जनरल जेम्स बिएरम्यानले युक्रेन र ताइवानबीच ‘अनेकौं कुरा समान रहेको’ बताए अनि अमेरिकाले क्षेत्रीय साझेदारहरूसँग मिलेर ‘चीनको प्रतिकार गर्ने युद्धस्थल’ का रूपमा ताइवानलाई तयार पारिरहेको स्वीकार गरे ।
‘अमेरिकी र जापानी सशस्त्र बलहरूले आफ्नो कमान्ड संरचनालाई द्रुत गतिमा एकीकृत गरिरहेका छन् । ताइवानका लागि हुन सक्ने युद्धले चीनसँगको द्वन्द्व चर्किने सम्भावनका बीच एसियाली साझेदारहरूसँग मिलेर वाशिङटन डीसीले तयारी गरिरहेको जापानमा रहेका शीर्ष मरिन कोर्प्स जनरलले बताए,’ फाइनान्सियल टाइम्सको रिपोर्टमा उल्लेख गरिएको छ ।
जापान साँच्चिकै थप सक्रिय बनिरहेको छ र दोस्रो विश्वयुद्धपछि टोक्योले अभ्यास गर्दै आएको अर्थतन्त्र–केन्द्रित नीतिलाई नयाँ सरकारले परित्याग गर्ने निर्णय लिएको छ । यस ऐतिहासिक परिवर्तनमा पुनः सैन्यीकरण मात्र नभई चीन, उत्तर कोरिया र रुस यी तीन क्षेत्रीय शक्तिसँगको बढ्दो शत्रुता पनि समाविष्ट छ ।
सैन्य तटस्थता छोड्नुका अतिरिक्त टोक्योले आफ्नो रक्षा बजेट व्यापक रूपमा वृद्धि गरेको छ । जापानले अमेरिकासँगको संयुक्त सैन्य कारवाही गर्ने भूमिकालाई कैयौं गुणा बढाएको यूएसएमसी लेफ्टिनेन्ट जनरल बिएरम्यानले पुष्टि गरे ।
कूटनीतिक मर्यादालाई परित्याग गर्दै अमेरिकी जनरलले निकै ठाडो तरिकाले बोले । विशेषगरी ताइवानलाई अहिलेसम्म दिँदै आएको सहयोगका बारेमा टिप्पणी गर्दै उनले सन् २०१४ देखि युक्रेन सरकारलाई अमेरिकाले रुसविरुद्ध कसरी तयार पारिरहेको थियो भन्ने कुरालाई ताइवानको तयारीसँग तुलना गरे । उनको भनाइ यसप्रकार छ ः
‘युक्रेनमा हामीले कसरी यत्ति भए पनि सफलता पायौं ? सन् २०१४ र २०१५ मा रुसले आक्रामकता देखाएपछि हामीले भविष्यमा हुन सक्ने द्वन्द्वको तयारी गम्भीरतापूर्वक थाल्यौं । त्यसक्रममा हामीले युक्रेनीहरूलाई तालिम दिने, सैन्य सामग्रीलाई यथास्थानमा राख्ने, सहयोगात्मक कारवाही गर्न सकिने स्थानको पहिचान गर्ने र कारवाहीलाई निरन्तरता दिने काम गर्यौं । त्यसलाई हामी युद्धस्थल निर्माण भन्ने गर्छौं । र अहिले हामी जापान, फिलिपिन्स तथा अन्य स्थानमा युद्धस्थल निर्माण गर्दैछौं ।’
बिएरम्यानको यो अन्तर्वार्ता विवादास्पद छ । चीनलाई उत्तेजित बनाउने बाहेक यसको अरू कुनै लक्ष्य छैन । अमेरिकी जनरलले ताइवान र युक्रेनलाई स्पष्ट रूपमा तुलना गरी चीनलाई चिढ्याउने प्रयास गरेका हुन् । पश्चिमले शुरूमा द्वन्द्व सिर्जना गर्ने अनि त्यसलाई खुला युद्धमा परिणत गर्ने काम कसरी गर्छ भन्ने विषयको यो राम्रो उदाहरण हो ।
थर्ड मरिन एक्सपिडिसनरी फोर्स तथा यूएसएमसी फोर्सेस जापानका कमान्डरको हैसियतमा बिएरम्यानले दिएको यस्तो बयान त्रासद र भयानक छ । अमेरिकासँग सम्बन्ध सुधार गर्न खोजिरहेको चीनका लागि यो खतरनाक संकेत हो ।
युक्रेन सरकारलाई रुससँग लडाइँका लागि वर्षौंदेखि तयार पारेको (अनि बाहिर चाहिँ ‘शान्तिपूर्ण समाधानको प्रयास गर्नु’) भनी बिएरम्यानले खेलाँचीका साथ भने । त्यसैले ताइवानका विषयमा उनले गरेको टिप्पणीलाई चीनले निकै गम्भीरतापूर्वक लिनेछ ।
पश्चिमको मूलधारे मिडिया फाइनान्सियल टाइम्स स्वयंले पनि ताइवानलाई युक्रेनसँग तुलना गर्ने बिएरम्यानको भनाइ ‘असाधारण रूपमा स्पष्टवादी’ भएको स्वीकार गरेको छ । बिएरम्यान त्यतिमा मात्र रोकिएनन् र उनले थप विवादास्पद ‘ठाडा कुरा’ गरे । उनका थप भनाइ यसप्रकार छन् ः
‘उनीहरू (चिनियाँ) ले ताइवानमाथि आक्रमण गर्नका लागि चलाउने कारवाहीको जटिलता तथा आकारको कुरा गर्दा त्यसका संकेत र चेतावनीहरू हामीले भेट्नेछौं । अनि भूगोल र समयका सवालमा विभिन्न पक्षहरू रहेका छन् जसले हामीलाई उच्च तयारीको अवस्थामा राख्न सहयोग गर्छन् । चिनियाँ दुश्मनसँग हाम्रो भिडन्तको अवस्थामा हामीले नियन्त्रणमा लिनुपर्ने, सुरक्षित पार्नुपर्ने, प्रतिरक्षा गर्नुपर्ने र फाइदा उठाउनुपर्ने महत्त्वपूर्ण भूभागको पहिचान गर्नुपर्छ ।’
यी माथि उल्लेख गरिएका तयारीमा फिलिपिन्सलाई पनि समावेश गरिएको छ । मनिलाले अमेरिकी सैनिकहरूलाई दोब्बर हतियार तथा बन्दोबस्तीका सामान आफूकहाँ राख्न दिन खोजेको छ । अहिले फिलिपिन्सका पाँचवटा सैन्य अड्डाका अतिरिक्त पेन्टागनले थप पाँच अड्डामा पहुँच पाउनेछ ।
यो सबै ‘चीनको घेराबन्दी’ को एक अंग हो । बिएरम्यानले ‘चिनियाँ सेनालाई चाहिने भन्दा बढी शक्तिशाली नसोच्न’ क्षेत्रीय साझेदारहरूलाई सुझाव दिएका छन् । ‘चिनियाँ जनमुक्ति सेनालाई १० फीट अग्लो मानेर डराउनुपर्दैन’ भनी उनले दाबी गरे ।
यस्ता बयान बिएरम्यानले स्वेच्छाले दिएका हैनन् भन्ने कुरा स्पष्ट छ । एसिया–प्रशान्त क्षेत्रमा बढिरहेको तनाव घटाउन पेन्टागनले अस्वीकार गरिरहेको संकेत यसबाट पाइन्छ । वाशिङटन डीसीले यस्ता किसिमका आक्रामक चीनविरोधी नीतिलाई जारी राखेमा बेइजिङ चुप लागेर बस्ने सम्भावना न्यून छ ।
चीनले ताइवानसँगको विवाद शान्तिपूर्वक समाधान गर्न खोजेको छ र त्यो उसको आधिकारिक अडान मात्र नभई स्पष्ट रूपमा परिभाषित लक्ष्य नै हो । कूटनीतिक तथा आर्थिक माध्यमले यसलाई हासिल गर्न बेइजिङले लगातार कोशिश गरिरहेको छ । दशकौंसम्म उसले ताइवानलाई व्यापक स्वायत्तता दिएर सम्बन्ध सुधारमा भारी लगानी गरेको छ ।
अर्कातर्फ, अमेरिकाले चाहिँ ताईपेईलाई चीनसँग कुनै पनि सम्झौता गर्नबाट निरुत्साहित पारिरहेको छ । चीनको केन्द्रीय प्राथमिकता आर्थिक विकास भए पनि ताइवानलाई थप सशस्त्र बनाउने लगायत रणनीतिक रूपमा महत्त्वपूर्ण आकस्मिकताका सन्दर्भमा चीनले सैन्य तयारी पनि गर्नुपरेको छ । अनि हालैका दशकमा ताइवानमा (अमेरिकी समर्थनमा) चर्किरहेको स्वतन्त्रता अभियानलाई पनि चीनले विचार गर्नुपर्ने स्थिति छ ।
चीनले कूटनीतिक समाधानलाई परित्याग गरिसकेको छैन र ताइवानका सन्दर्भमा ‘सफ््ट पावर’ दृष्टिकोणका साथ अझै पनि काम गरिरहेको छ । तर अमेरिकाले त्यस क्षेत्रमा पारेको विनाशकारी प्रभावलाई कम गर्न चीनले थप काम गर्नुपर्ने आवश्यकता छ ।
साउथफ्रन्ट डट्ओआरजीमा प्रकाशित स्वतन्त्र भूराजनीतिक तथा सैन्य विश्लेषक ड्रागो बोस्निचको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...