माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
नेपाली कम्युनिस्ट आन्दोलन शुरू भएदेखि बहसको विषय बन्ने गरेको ‘वामपन्थी’ को हो ? को होइन ? पछिल्लो पटक यो बहसलाई मार्क्सवादको व्याख्याता वा मार्क्सवादका वैचारिक नेताका रूपमा स्थापित घनश्याम भुसालले सहतमा ल्याएका छन् ।
यसको मुहान कहाँ छ ? भुसालले नै पुष्टि गर्लान् तर वामपन्थी व्यवहारलाई कसरी पुष्टि गर्ने उनीमै अलमल छ ।
सतहमा देखिएका मार्क्सवादी वैचारिक नेताहरूमा औसतमा माथि हुन् घनश्याम तर पछिल्लो उनको कार्यशैलीमा देखिएको वामपन्थको गन्धले धेरै प्रश्न उब्जाएको छ । घनश्यामको नेकपा एस प्रवेश र डा. बाबुराम भट्टराईको माओवादी पुनः गृह प्रवेशको तयारीले वास्तवमै ‘वामपन्थ’भन्दा मार्क्सवादी बुद्धिजीवीहरूलाई कोरोना छेक्नेभन्दा बाक्लो ‘मास्क’ले मुख छोप्ने अवस्था सिर्जना भएको छ ।
घनश्याम मार्क्सवादी गुरुकूल खोलेर सयौं कार्यकर्तालाई मार्क्सवाद पढाए । नेकपा एमालेमा वैचारिक नेताका रूपमा स्थापित भएको परिचय गराए । पार्टीमा २ लाइन संघर्षको परिपाटी बसाले । संघर्ष निरन्तर राखे । पार्टी विभाजनबाट जोगाउन १० बुँदे सहमति गरे । यद्यपि माधव नेपाललाई पार्टी विभाजनसम्म पुर्याउने भूमिकामा यो या त्यो अर्थमा घनश्याम एक मुख्य पात्र हुन् ।
तर अन्त्यमा उनी एमालेमै बसे र मंसिर ४ गतेको चुनावमा उम्मेदवार बन्न पाउने आशमा उनको वामपन्थ अडिएको देखियो । सदस्य एमालेको, टिकट नपाएपछि गठबन्धनको उम्मेदवार । यहीँनेर घनश्यामको वामपन्थ चुकेको देखिन्छ ।
घनश्यामबारे यागेश भट्टराईले टिप्पणी गरेका थिए, ‘माओवादीबारे, मार्क्सवादबारे घनश्यामजीको ठूल्ठूला ठेली पढियो तर व्यवहारमा ठ्याक्कै उल्टो । टिकट पाइएन भनेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बन्नुभयो ।’
मंसिर ४ गतेको चुनावमा पराजय भोगे घनश्यामले । त्यसयताका दिन उनका सुखद् छैनन् । राजनीतिक कोर्ष नफेरिएको भए अघिल्लो हप्ता नेकपा एसका महासचिव वेदुराम भुसाल उपाध्यक्षमा बढुवा हुने र सरकारमा नेतृत्व गरेर जाने, घनश्याम महासचिव बन्ने तयारी थियो । राजनीतिक कोर्स फेरिएपछि घनश्यामको वामपन्थमा केही बादल लाग्यो ।
त्यसबीचमा उनको बढी हिमचिम भएका पुराना एमाले नेता, कार्यकर्तासँग पनि परामर्श भएका छन् । माओवादीका उपमहासचिव वर्षमान पुन उनका नजिकका हितैषी हुन् । उनीमार्फत माओवादीमा जाने भन्ने एक तहको छलफल पनि भयो तर पुराना एमालेहरूले ‘माओवादको जरैदेखि तपाईंको विमति छ, कसरी जानु हुन्छ ?’ भनेपछि भए बँचेका केही नेता कार्यकर्ता एसमा र अन्य एमालेमै रहे । अन्ततः उनका मार्क्सवादी गुरुकूलबाट उत्पादित रामकुमारीहरूले विरासत जोगाइदिएर एसमा प्रवेश गरे भुसाल ।
भुसालको पार्टी प्रवेश कस्तो भयो भने ‘एक जनाले गौंथलीले घरमा गुँड लगाएर हैरान पारेछ । गौंथली नआउने गराउन उसले गुँडमा आगो लगाएछ । आगोले पूरै घर खरानी भएछ । अन्त्यमा एउटा मादल बाँकी । त्यही मादल बजाएर गौंथलीको गुँड जल्यो बरिलै भनेर ताल झिकेर नाचेछ ।’
सबै सकेर घनश्याम यतिखेर वामपन्थीको नाममा दोष र गुण छुट्याउँदै हिँड्नुले खासै अर्थ राख्दैन ।
वामपन्थ के हो ?
वामपन्थ शब्द सन् १७८९ को फ्रान्सेली राज्य क्रान्तिपछि त्यहाँ स्थापना भएको ‘क्रान्तिकारी संसद’को एउटा नयाँ चलनबाट विश्वमा चलनचल्तीमा आएको हो । क्रान्तिपछिको त्यहाँको नयाँ संसद राष्ट्रिय सभामा समाज व्यवस्थाको आमूल परिवर्तन खोज्ने प्रतिनिधिहरूलाई संसदको अध्यक्षता गरिरहेको व्यक्तिहरूलाई बायाँपट्टि बस्ने चलन चलाइयो । नरमपन्थीहरूलाई अध्यक्षको ठीक सामुन्ने भागमा बस्न लगाइयो र आमूल परिवर्तनको विरोध गर्ने कट्टरपन्थीहरूलाई दायाँपट्टि राख्ने गरियो । यही चलनका आधारमा संसारमा पहिलोपटक ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ भनेर बुझ्न लागियो ।
क्रान्तिकारी कम्युनिस्टहरू सबै वामपन्थी हुन् भन्ने एउटा मान्यता छ तर सबै कम्युनिस्ट वामपन्थी हुँदैनन् । समाजमा आधारभूत परिवर्तन चाहने साम्यवादी चिन्तन भएकाहरू पनि वामपन्थी शक्ति हुन सक्छन् । जस्तो चीनमा सनयात्सेनका अनुयायीहरू, भारतमा सुवासचन्द्र बोस र उनका अनुयायीहरूलाई वामपन्थी भन्न सकिन्छ । वाम एकता अनिवार्य, वामपन्थी बिग्रियो । यो आफैंमा विरोधाभाषपूर्ण छ ।
सबै वाम एक ठाउँ हुँदा पनि एमाले ठूलो शक्ति हो तर त्यसलाई माधव र घनश्याम स्वीकार्दैनन् । राजनीति गर्ने जो कोहीले केही स्पेश राख्छ नै । किनकि राजनीतिमा स्थायी शत्रु र मित्रु हुँदैन भन्ने मान्यता हो तर घनश्यामको मार्क्सवादीय गुरुकूलबाट उत्पादित नेता–कार्यकर्तालाई यति पर पुर्याएइको देखियो कि फर्किने बाटो छैन ।
स्वयं घनश्याम भुसालले ‘आजको मार्क्सवाद र नेपाली क्रान्ति’ पृष्ठ–९१ मा लेनिनवादी संगठनात्मक पद्धतिबारे भनेका छन्, ‘(व्यक्ति कमिटी मातहत, अल्पमत बहुमतको मातहत, तल्ला कमिटीहरू माथिल्ला कमिटीको मातहत र सम्पूर्ण व्यक्ति तथा कमिटीहरु केन्द्रीय कमिटी मातहत रहनुपर्छ ।’ जसले हरेक कम्युनिस्ट पार्टीका संगठन, नीति, योजना र कार्यक्रमलाई निर्देशित गर्ने विषयलाई उनले उठान गरेका छन् ।
तर घनश्यामले व्यवहारमा यी विषयलाई लागू गर्दैनन् । अरुलाई गर्नुपर्छ भन्ने आफू व्याख्या मात्रै । पार्टीमा २ लाइनको सघंर्ष पनि जारी, आवश्यक पर्दा कृषिमन्त्री बन्न तयार तर विरोध जारी । कुरा वामपन्थी तर कम्युनिस्ट सरकार ढालेर चुनाव हराउन बनेका पश्चगामी शक्तिको गठबन्धनको उम्मेदवार । वर्षौं लगाएर मार्क्सवादी गुरुकूल चलाए, कार्यकर्ता–नेता उत्पादन गरे, अन्त्यमा उनी एक्लै । घनश्यामको नेकपा एस प्रवेश अन्तिममा सैद्धान्तिक र व्यावहारिक रूपमै ‘गोरु पछाडि, गाडा अगाडि’ देखियो । यो वामपन्थको मजाक र क्षयीकरणबाहेक अरु केही होइन ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...