×

उद्धारको अग्रपंक्तिमा उपराष्ट्रपतिका छोरा दीपेश, भन्छन्–कर्तव्य सम्झिएँ

कात्तिक २०, २०७४

काठमाडौं, २ भदौ — तराईका जिल्लाबाट चुनाव जितेका सांसदहरू आफ्ना मतदाताकहाँ पुग्न हेलिकोप्टर खोजिरहेका बेलामा उपराष्ट्रपतिका छोरा दीपेश डुबानमा परेको मधेस पुगिसकेका थिए । प्रमुख दलका नेता र भीआईपीका छोराछोरी गुमनाम रहेको समयमा दीपेश भने हप्तादिनदेखि बाढीपीडितको बस्तीमा छन् ।

कहिले उनी बाढीका कारण परिवारका सदस्य गुमाउन पुगेकाको घरमा सान्त्वना दिन पुगेका हुन्छन् भने कतिबेला बाढीका कारण मरेका जनावरको सिनो उठाउन पुग्छन् ।

एउटा कार्यक्रमको सिलसिलामा इटहरीमा रहेका बेला गत शुक्रवार रातिदेखि परेको अविरल वर्षाले तराई डुबेपछि काठमाडौं फर्किने योजना त्यागेर दीपेश उद्धारमै होमिए । इटहरीमा दीपेश सुरक्षित स्थानमा नै थिए तर सोही क्षेत्रका विभिन्न ठाउँका स्थानीयहरू बिचल्लीमा परेका थिए ।

जीवनमा कल्पना नै नगरेको विपत्ति देखेपछि दीपेश एकछिन अन्योलमा परे । ‘रातभरिको वर्षापछि धेरै गाउँहरू डुबानमा परे । धेरै मानिसहरू उद्धारको गुहार गर्दै थिए । मलाई देशको लागि केही गर्ने बेला यही हो भन्ने लाग्यो । पीडितहरूको उद्धार गर्नु आफ्नो कर्तव्य सम्झिएँ,’ दीपेशले लोकान्तरसँग टेलिफोनमा भने ।

छातीसम्म डुब्ने पानीमा मानिसको उद्धार गर्न बाढीमा पसेका दीपेशलाई कुनैबेला लागेको थियो आफ्नो ज्यान पनि खतरामा छ । तर उनले हार खाएनन् र पीडितको सहायताका लागि पानीको परवाह गरेनन्, गरे त केवल बाढीपीडितको सहायता र जीवन रक्षाको हरसम्भव प्रयास ।

‘शनिवार दिनभरि डुबान रहेकै बेला पौडिएरै जोखिममा रहेका पीडितहरूको उद्धारमा लागें,’ उनले लोकान्तरसँग भने, ‘पानीको बहाव कम हुँदा घर नबगाएको ठाउँको सामानहरू सुरक्षित ठाउँमा निकाले । उद्धार गर्दागर्दै पानी परेर बाढी झन् बढ्यो, एकछिन भागाभाग नै गर्नुपर्‍यो ।’

उद्धार र राहतमा अहोरात्र लागिपरेका दीपेश सुनसरी, सप्तरी र सिराहाका विभिन्न बाढीपीडितमाझ पुगिसकेका छन् । उनी अहिले बाढीपीडितहरूलाई राहत वितरण गर्न व्यस्त छन् । ‘आज (शुक्रवार) पनि सुनसरीका डुबान क्षेत्रमा छौं, बाढीपीडितलाई रुघाखोकीको संक्रमण शुरु भइसकेको छ,’ उनले भने ।

राहत सामग्री हारालुछ

दीपेश सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्र समर्थित विद्यार्थी नेता पनि हुन् । उनको पार्टी सत्तामा रहेपनि बाढीपीडितको तत्काल सहायता, उद्धार र राहतमा सरकार चुकेको सुनाउन उनी धक मान्दैनन् ।

‘राज्यले प्रभावकारी रूपमा पीडितलाई राहत वितरण गर्न सकेको छैन । पीडितहरूसँग अहिलेपनि केही खानेकुरा छैन । प्रभावितसम्म राहत नै पुग्न सकेको छैन,’ पुनले भने ।

सरकारले वितरण गरिरहेको राहत सोझै पीडितले पाउने अवस्था बन्न नसकेको उनले बताए ।

‘मानिस पाँच दिनदेखि खान नपाएर बसेका छन्, राहत आउँछ तर थोरै । यसकारण कसलाई दिने कसलाई नदिने समस्या छ, प्रहरीले कुरेर बस्नुपर्ने अवस्था बनेको छ,’ दीपेशले भने ।

विभिन्न संघसस्था तथा समूहले देशको विभिन्न ठाउँमा राहत सामग्री संकलन गरेर प्रभावितकहाँ लगेका छन् । तर सो राहत सामग्री पर्याप्त नहुँदा पीडितहरूले हारालुछको अवस्था आएको दीपेशले बताए ।

बाढीपीडितहरू घरबारविहीन भएकाले उनीहरूलाई सरकारले तत्काल १५ दिन वा एकमहिनासम्म पुग्ने गरी खाद्यान्न सामग्री दिनुपर्ने दीपेशले बताए ।

देशभर राहत संकलनको लागि जुटिरहेकाहरूलाई राहत संकलन भन्दा पनि रकम संकलन गरी राज्य संयन्त्रबाट वितरण गर्दा सहज हुने बताए । ‘धेरै संघसंस्था तथा समूहले यतिबेला राहत सामग्री संकलन गरिरहनुभएको छ । त्यो संकलित राहत प्रभावितसम्म पुर्‍याउन निकै कठिन र खर्चिलो पनि छ,’ उनले अनुभव सुनाए, ‘त्यसैले पैसा जम्मा गरेर प्रभावित क्षेत्रमै किन्दा सस्तो पर्छ ।’

राहत वितरण गर्न जाँदा पनि त्यहाँको जनसंख्या र अवस्था बुझेर पर्याप्त लिएर मात्र जान दीपेशले सुझाव दिए ।
‘बाढीबाट प्रभावित भएको एकहप्ता भइसकेको छ तर राहत सामग्री सबै पीडितले पाएका छैनन्,’ दीपेशले भने, ‘तराईमा अत्यधिक गर्मी छ । त्रिपालभन्दा झुलको आवश्यकता बढी छ, दाताले त्यसतर्फ ध्यान दिन जरूरी छ ।’

सुकुम्बासी बाढीपीडितहरू झन् पीडामा

पानी पर्न छाडेको भएपनि तराईका भुइँ ओभाएका छैनन् । घरमा भएका अन्नपात डुबेका छन् । त्यसलाई निकाल्ने भगिरथ प्रयत्नमा उनीहरू लागेका छन् । तर नागरिकता समेत नभएका र जग्गाका लालपूर्जा नभएका सुकुम्बासीलाई भने आफ्नो थातथलो छाड्न मन छैन । पानीले डुबेको घरको डिलमा बसेर आफ्नो जमीन र भत्किएको घर कुर्नुको उनीहरूसँग कुनै विकल्प छैन ।

‘जग्गाको लालपूर्जा नभएकाहरू त्यो ठाउँ छाड्न सक्दैनन् र बाढीका कारण बस्न पनि सक्दैनन्,’ दीपेशले भने, ‘तर आफ्नो बसोबास गरेको ठाउँ उनीहरू छोड्न सक्दैनन् ।’

बाढीपीडितहरू दिनभरि अझैपनि पानीको बीचमा बाढीले पुरिएको घर वारिपारि नै बसिरहेका छन् । मुसहर बस्तीमा रहेका धेरै पीडितको जग्गाको लालपूर्जा छैन । न त उनीहरूसँग नागरिकता नै छ ।

पुस्तौंदेखि विना लालपूर्जाको जग्गामा बस्दै आएका सुकुम्बासी बाढीपीडितहरू सुरक्षित ठाउँमा जाँदा बस्ने ठाउँ नै नपाइने र बसिरहेको ठाउँ पनि गुमाउने हो कि भन्ने चिन्तामा छन् ।

‘तराईको बस्तीमा कति पीडा छ भने उनीहरूको आफ्नो नामको जग्गा छैन, निकै गरीब छन् । घर बाढीको माटोले पुरिएको छ तर भोकभोकै त्यही घरको वरिपरि घुमिरहन्छन् ।’

तराईका विभिन्न क्षेत्र डुबानमा परेको नयाँ घटना भने होइन । वर्षाको समयमा हरेक वर्ष तराई डुबानमा पर्दै आएको छ । नेपालले सप्तकोशी बाँधको विषयमा भारतसँग गलत सम्झौता गर्दा नेपालमा बाढीले भयानक रूप लिएको भन्दै दीपेशले आक्रोश पोखे ।

दीपेश भन्छन्, ‘नेपालले यति विपत्तिको सामना गर्नुपर्ने कारण भारतसँग भएको कोशी ब्यारेजको असमान सम्झौता नै हो । धेरै बस्तीहरू बाढीको जोखिममा छन् । त्यस्तो जोखिमपूर्ण ठाउँहरूमा सरकारले बस्ती बसाल्नु हुँदैन ।’ तराई क्षेत्रमा घर निर्माणको संरचना निकै कमजोर भएकोले धेरैको बिचल्ली भएको उनी बताउँछन् ।

‘बाँसको घरमा माटोले लिपेर बनाइएका घरहरू धेरै रैछन् । त्यसैले धेरैको घर बगेको छ । यस्तो विपत्तिमा हुने समस्याको समाधानका लागि सरकारले पनि दीर्घकालीन सोचहरू बनाउनुपर्छ,’ उनले भने, ‘सरकारले भूकम्पपीडितलाई जस्तै बलियो किसिमको घर बनाउन प्रोत्साहन र सहयोग गर्नुपर्छ ।’


Advertisment

Advertisment
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x