×

NMB BANK
NIC ASIA

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

संकटमा साथ दिने वाचा गर्दै कांग्रेस बस्यो विपक्षमा

माघ ६, २०७९

NTC
Premier Steels

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । 

Muktinath Bank

प्रदेशसभाको शुक्रबारको बैठकमा उनले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत मागेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी संविधानको धारा १६८ (२) बमोजिम पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र प्रदेशसभाबाट विश्वास मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री शर्माले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा उनको दल नेकपा (माओवादी केन्द्र) का साथै नेकपा (एमाले), राप्रपा, नेकपा (एकिकृत समाजवादी) र स्वतन्त्र गरी २५ सांसदले मतदान गरेका थिए ।

Vianet communication

विपक्षमा कांग्रेसका १४ सांसदले मतदान गरेका थिए । सभामुख नन्दा गुरुङले मतविभाजन प्रक्रियामा सहभागी ३९ सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा बहुमत सांसदले समर्थन गरेकाले उक्त प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् ।

विश्वासको मत प्राप्त गरेसँगै अब मुख्यमन्त्रीविरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन पाइँदैन ।

विश्वासको प्रस्तावसम्बन्धी छलफलमा कसले के भने?

मुख्यमन्त्री शर्माले तुइन विस्थापन गर्ने, प्रतिवर्ष १० हजार जनालाई रोजगारी दिने, सामाजिक आर्थिक सूचकांहरूमा सुधार गरी समृद्ध कर्णाली बनाउने प्रतिवद्धता जनाउँदै सिंगो संसदको सर्मथन चाहेको बताए ।

संघमा केन्द्रिकृत अधिकारहरू प्रदेशमा हस्तान्तर नहुनु, व्यवस्थापकीय पक्षमा समस्या हुँदा जनअपेक्षा अनुसार विकासको गति अगाडि बढ्न चुनौती रहेकाले सबै दलको साथ आवश्यक रहेको बताए।

उनको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रतिपक्षी दल नेपाली कांगे्रसका नेता जीवनबहादुर शाहीले आफूलाई मत हाल्ने मन हुँदाहुँदै पनि सत्ता गठबन्धनसँग पर्याप्त बहुमत रहेकाले प्रतिपक्षमा बस्ने बाध्यता सुनाए ।

उनले सरकारलाई विश्वासको संकट भएमा आगामी दिनमा मत दिन तयार रहेको प्रतिबद्धता व्यक्त गरे । शाहीले भने, ‘अहिले सरकारलाई बहुमत ठिक्क छ, योभन्दा बढी दिएमा फेरि गिलासबाट पानी पोखिएझैँ होला त्यसैले हामी पानी पोख्न चाहँदैनौँ, अहिले तपाइँहरूसँग नै गिलास भर्ने पानी ठिक्क छ ।’

साथै उनले मन्त्री नियुक्त गर्न केन्द्रको मुख ताक्ने परिपाटीले प्रदेश संरचना बलियो नहुने टिप्पणी गरे ।

एमाले संसदीय दलको नेता यामलाल कँडेलले मुख्यमन्त्रीलाई फोटो टाँस्नमा सीमित नभई केही गरेर देखाउन आग्रह गरे । उनले यसका लागि सरकारले प्राथमिकताको छनौट गरी नीति तथा कार्यक्रम तय गर्नुपर्ने सुझाव दिए ।

माओवादी केन्द्रका विन्दमान विष्टले कर्णालीको किासका लागि पुनः सबै दल एकिकृत ढंगले अघि बढ्न सके राम्रो हुने धारणा व्यक्त गरे ।

सबैभन्दा बढी प्रादेशिक संरचना कर्णालीलाई चाहिएकाले अहिले नै यसको विरोध हुनु अनुचित हुने बताए । बैठकमा एकिकृत समाजवादीका कल्याणी खड्का, स्वतन्त्र सांसद देबेन्द्रबहादुर शाहीले पनि बोलेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x