माघ १७, २०७९
माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले देशको आर्थिक समस्या समाधानको माग गर्दै अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासचिव डा. ...
काठमाडाैं | माघ ९, २०७९
मंसिर ४ को निर्वाचनपछि दलहरुबीच एकताका लागि दौडधूप बढ्न थालेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीबीच एकताका लागि दुईपक्षीय तथा बहुपक्षीय वार्ता सुरु भएको हो । एकताका लागि चार वटै पार्टीले वार्ता समिति नै बनाएका छन् भने सोही समितिमार्फत संवाद अघि बढिरहेको छ ।
हालसम्म नेकपा माओवादी केन्द्रले नेसपा र नेकपा एकीकृत समाजवादीसँग संवाद सुरु गरिसकेको छ भने जसपाले पनि एकीकृत समाजवादीसँग छुट्टै छलफल थालेको छ । यी पार्टीलाई भविष्यमा एकै पार्टी बनाउने उद्देश्यका साथ लागिपरेको नेताहरुले अभिव्यक्ति दिँदै आएका छन् । तर, हालसम्म एमाले भने एकता प्रक्रियामा देखिएको छैन ।
नेताहरुका अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष जसपा, एकीकृत समाजवादी र नेसपालाई मिलाएर बलियो पार्टी बनाउन चाहन्छन् । हाल संसदमा आफ्नो पार्टीको ३२ सिट मात्रै रहेको र यी तीन पार्टीका साथै अन्य पार्टीसमेतलाई मिलाउन सकेको खण्डमा शक्तिशाली बन्न सकिने प्रचण्डको बुझाइ छ । सोही रणनीतिअनुसार प्रचण्डले प्रभु साह नेतृत्वको पार्टीलाई समेत एकता प्रक्रियामा ल्याउन चाहेको बताइन्छ ।
नेताहरुका अनुसार प्रचण्ड बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई एकतामा ल्याउनबाट नजिक पुगिसकेका छन् । जसअनुसार दुई पार्टीबीच शनिबार तीन बुँदे सहमति भइसकेको छ । सोही सहमतिको आधारमा एकता प्रक्रियालाई मूर्तरुप दिने दुई पार्टीको तयारी छ । नेसपा गत निर्वाचन माओवादीकै चुनाव चिह्नमा लडेको थियो ।
यसैगरी आइतबार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पहिलो एकता वार्ता भएको छ । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले आइतबारदेखि दुई पार्टीबीच औपचारिक संवाद सुरु भएको जानकारी दिए ।
उनकाअनुसार दुई पार्टीद्वारा गठित वार्ता समितिहरुको माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाडामा पहिलो बैठक बसेको हो । वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, वार्ता समितिहरुको कार्य जिम्मेवारी लगायत विभिन्न वैचारिक राजनीतिक विषयमा छलफल भएको उनले बताए । यस्तै पार्टीका दस्तावेजहरु आदानप्रदान पनि गरिएको छ ।
आइतबारको वार्ता सकारात्मक रहेको र दुई पार्टीबीच सम्वादलाई निरन्तरता दिने सहमति भएको उनले जानकारी दिए ।
माओवादी केन्द्रले केन्द्रीय कार्यालयको बैठकबाट पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो । माओवादीले उपाध्यक्ष कृष्ण बहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरु उपमहासचिव जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य रहेको वार्ता समिति गठन गरेको हो ।
यसैगरी जसपाले विभिन्न राजनीतिक दल तथा संगठनहरुसँग एकता वा सहकार्य गर्नका लागि वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठ संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति गठन गरेको थियो ।
यस्तै एकीकृत समाजवादीले ४ सदस्यीय वार्ता समिति बनाएको थियो । जसमा महासचिव डा बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा गंगालाल तुलाधर र डा विजय पौडेल छन् । यसैगरी नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको छ ।
सबै पार्टीले वार्ता समितिमार्फत समान विचारधारा भएका दलहरुबीच एकपक्षीय वा बहुपक्षीय वार्ता र संवाद गर्ने नीति लिएका छन् । पार्टी एकतासम्बन्धी यो सामग्रीसहित लोकान्तर राउण्ड अपमा पाठकवृन्दलाई स्वागत छ ।
अब अन्य समाचारः
नेपाली कांग्रेस संस्थापनइतर पक्षका शीर्ष नेता डा शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिनु कांग्रेसको गल्ती भएको बताएका छन् ।
पक्ष विपक्षमा मत नदिई तटस्थ बस्नुपर्ने आफ्नो प्रस्तावलाई नेताहरूले गम्भीर रूपमा नलिएको गुनासो उनले गरे ।
आइतवार काठमाडौंमा भएको संस्थापनइतर समूहको भेलामा कोइरालाले प्रचण्डलाई विश्वासको मतको पक्ष या विपक्षमा मत नदिई तटस्थ बस्नुपर्नेमा पार्टीले गलत निर्णय गरेको बताएका हुन् ।
००००
सामाजिक सञ्जालबाट सम्पर्कमा आइ ‘लोभ’ देखाएर नागरिकता र राहदानी लिने तथा नगद माग गर्ने व्यक्तिदेखि विशेष सावधानी रहन प्रहरीले सबैमा अनुरोध गरेको छ ।
पछिल्लो समयमा बैंकिङ कसुर मुद्दामा वृद्धि भएको तथा वैदेशिक रोजगार, अध्ययनमा जानुपूर्व बैंक ब्यालेन्स, नेपाली राहदानी, नागरिकता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने भनी ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यसतर्फ सचेत हुन काठमाडौँ प्रहरीले सबैमा सूचित गरेको छ ।
००००
मौसम विज्ञान विभागलेसोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीको दलको उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् । आइतबार बसेको पार्टी संसदीय दलको बैठकले श्रेष्ठलाई दलको उपनेता चयन गरेको हो ।
यस्तै प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् । प्रमुख सचेतक भएसँगै श्रेष्ठले आफू संसदीय मोर्चामा प्रभावकारी भूमिका खेल्न लागिपर्ने प्रतिक्रिया दिए ।
००००
धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित खोला किनारामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घरमा डोजर चलाएको छ । धरान–५ को खार खोला र अधेरी खोलाको सङ्गमस्थलमा बनेको एक तले पक्की घर नगर प्रहरीले आइतबार भत्काएको हो ।
००००
काठमाडौंको सोल्टी होटलमा प्रहरीले छापा मारेको छ । काठमाडौंको सोल्टी होटलमा २ दिनदेखि गैरकानुनी रूपमा चलिरहेको ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको प्रहरी वृत गौशालाका डीएसपी अनिल घिमिरेको टोली छापा मारेको हो ।
००००
मधेस प्रदेशसभामा स्वतन्त्र निर्वाचित दुई प्रदेशसभा सदस्य जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। महोत्तरी क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सुरिता साह र पर्सा–३ (क) बाट निर्वाचित प्रमोदकुमार जैसवाल जसपामा प्रवेश गरेका हुन्।
००००
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरेका छन्। आइतबार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै भएका जातजाति, भाषा, संस्कृतिमाथि दमन गर्ने एउटा प्रक्रिया चलेको र अहिले विदेशी संस्कृतिको प्रभुत्व, हस्तक्षेप, प्रभावद्वारा नेपालको राष्ट्रिय संस्कृतिलाई जगेर्ना हुन नदिने, प्रवद्र्धन हुन नदिने कुचेष्टा भइरहेको बताए। तामाङ समुदायले आइतबार विभिन्न कार्यक्रम गरी सो चाड मनाएका छन् ।
००००
जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं १३ निवासी वर्ष २२ को विष्णु साहको हत्या भएको हो ।
माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले देशको आर्थिक समस्या समाधानको माग गर्दै अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । महासचिव डा. ...
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ । हिजो सोमबारदेखि शुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए। ...
सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ, ‘दुईपाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा ट...
आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा प्रतिनिधिसभामा रिक्त हुन गएको एक पदबारे बैठकलाई सभामुख देवराज घिमिरेले जानकारी गराउने छन् । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । रास्वपाका सभापति रवि ला...
आफूलाई पुनः गृहमन्त्री बनाउन रवि लामिछानेले गरेको आग्रहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्कार गरेका छन् । शक्ति बाँडफाँडका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय फेरि ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– सभापति रवि लामिछानेको नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...