माघ १७, २०७९
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका...
काठमाडाैं | माघ १०, २०७९
आफूलाई तोकिएको जिम्मेवारीमा असन्तुष्टि जनाउँदै मन्त्री अब्दुल खान उपस्थित नहुँदा खानेपानी मन्त्रालयको दैनिक कामकारवाही प्रभावित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत माघ ३ गते नै मन्त्रिपरिषद विस्तार गर्दा खानेपानी मन्त्रालयको जिम्मेवारी विना विभागीय मन्त्री अब्दुल खानलाई तोकेका थिए । तर, मन्त्रालयको जिम्मेवारी तोकिएको एक साता बित्दा पनि खानले पदभार ग्रहण गरेका छैनन् ।
मन्त्री नै आउने हो कि होइन भन्ने कुराको सुनिश्चितता नभएका कारण मन्त्रालयले उनको 'नेमप्लेट' कागजमा प्रिन्ट गरेर टाँसेको छ ।
खानलाई जिम्मेवारी तोकिनुअघि उक्त मन्त्रालयको काम प्रधानमन्त्री प्रचण्डले नै हेरिरहेका थिए । कागजमा मन्त्री खानको नाम टाँसिए पनि भित्र प्रचण्डको 'नेमप्लेट' अझै देखिन्छ ।
यहाँसम्म कि खानेपानी मन्त्रालयको वेबसाइटमा समेत मन्त्रीको नाम छैन ।
मन्त्रीको कार्यकक्ष सुनसान छ । मन्त्री नै नहुँदा गतिविधि ठप्पजस्तै रहेको त्यही भेटिएकी कर्मचारीले बताइन् ।
'मन्त्रीज्यू आउनुभएको भए यो कार्यकक्षमा दिनभरी मान्छेहरूको आवागमन हुन्थ्यो होला। तर, उहाँ नै नआएपछि यहाँको सबै काम ठप्प छ,' ती कर्मचारीले लोकान्तरसँग भनिन्, 'आज आउनुहुन्छ होला भन्दै प्रत्येक दिन हामी मन्त्रीज्यूलाई कुरिरहेका छौं ।'
राजनीतिक रूपमै कुरा नमिलेकाले हाजिर नभएको भनेर आफूले सुनेको उनले जानकारी दिए ।
सोही मन्त्रालयका अर्का एक शाखा अधिकृत पनि मन्त्री नआउँदा दिनहुँ हुने काम प्रभावित भएको बताउँछन् ।
मन्त्री नहुँदा कार्यक्रम संशोधन, मेलम्ची आयोजनाको कामदेखि अन्य 'डे टु डे' हुनुपर्ने काम समेत प्रभावित भएको उनले बताए ।
यता मन्त्रालयका सचिव मनिराम गेलालले भने मन्त्री नहुँदा पनि खासै ठूलो प्रभाव नपरेको बताए ।
'केही तयार भएका फाइलहरू प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीज्यूकहाँ लगिरहेको छु,' सचिव गेलालले लोकान्तरसँग भने, 'डे टु डे गर्नुपर्ने नियमित कामहरू गरि नै रहेको छु ।'
काम नरोकिए पनि सामान्य प्रभाव भने परेको उनले स्वीकारे ।
'पक्कै पनि केही न केही प्रभाव त परिहाल्छ,' उनले थपे, 'मन्त्रीज्यू हुनुभएको भए फाइल बोकेर प्रधानमन्त्री कार्यालय जानु पर्दैनथ्यो ।'
जिम्मेवारी तोकिएकै दिन मन्त्री आउनेमा मन्त्रालयका सचिवदेखि अन्य कर्मचारीहरू ढुक्क थिए । मन्त्रीलाई स्वागतदेखि पदभार ग्रहणको समेत तयारी भएको थियो ।
स्वागतका लागि फूलमाला तथा खादा ल्याएर तयारी अवस्थामा राखिएको थियो । तर, मन्त्री खान पदभार ग्रहण गर्न पुगेनन् ।
यहाँसम्म कि सचिव गेलाल मन्त्रीलाई लिन गाडी नै लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका रहेछन् ।
'मन्त्रीज्यूहरूले शपथ लिनुभएको दिन राष्ट्रपति कार्यालयमा म आफैंले पनि हाम्रो मन्त्रीज्यूलाई भेटेको थिएँ,' सचिव गेलालले लोकान्तरसँग भने, 'हाम्रो छलफल बाँकी नै छ, म अहिले जान्नँ भन्नुभयो । म मन्त्रालय आउनेबेला तपाईंलाई खबर गरेर आउँछु भन्नुभएको थियो ।'
दुई दिनअघि मात्र पनि कुराकानी भएको उनले खुलाए ।
'अहिले छलफल चलिरहेको छ भन्ने जवाफ दिनुभयो,' सचिव गेलालले लोकान्तरसँग भने, 'उहाँ आउने हो वा होइन भन्ने टुंगो लागेको छैन ।'
मन्त्री खान भने आफूहरूको मागका विषयमा सरकारबाट स्पष्ट सम्बोधन नभएकाले मन्त्रालयमा नगएको बताउँछन् ।
'हामीले प्रधानमन्त्रीज्यूलाई आफ्नो कुरा प्रस्टरूपमा राखिसकेको भए पनि उताबाट अहिलेसम्म ठोस जवाफ आएको छैन,' मन्त्री खानले लोकान्तरसँग भने, 'हामी पर्ख र हेरको अवस्थामा छौं ।'
आफूहरूलाई एकल मन्त्रालय नै दिने हो भने शहरी विकास मन्त्रालय दिनुपर्ने शर्त राखेको उनले बताए ।
'अहिलेकै खानेपानी मन्त्रालय नै दिने हो भने वन तथा वातावरण मन्त्रालय पनि दिनुपर्ने भनेर हाम्रो पार्टी अध्यक्ष (डा. सीके राउत)ले प्रधानमन्त्रीलाई भनिसक्नुभएको छ,' मन्त्री खानले थपे, 'तर, प्रधानमन्त्रीज्यूले अहिलेसम्म केही ठोस जवाफ दिनुभएको छैन ।'
मन्त्री खानले प्रधानमन्त्रीसँगै गत पुस ११ मा शपथ लिएका थिए । विना विभागीय मन्त्रीको रूपमा शपथ खाएका खानलाई पछि खानेपानी मन्त्रीका रूपमा जिम्मेवारी तोकिएको थियो ।
शुरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने भनिए पनि अन्तिममा खानेपानी मन्त्रालय दिइएको भन्दै खान र उनको पार्टी असन्तुष्ट छन् ।
सरकारी निवास र पार्टी कार्यालय ओहोरदोहोर गरेर उनको समय बितिरहेको छ । मन्त्रिपरिषद् बैठकमा भने सहभागी हुने गरेका छन् ।
'मलाई पनि गाह्रै छ, मन्त्रालय जाऊँ भने कसरी जाने हो ? पार्टीले नै पर्ख र हेर भनेकाले निर्णय कुरेर बसेको छु,' मन्त्री खानले लोकान्तरसँग भने ।
‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चाल...
हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज देशभर सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा हुने र उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना छ । ...
आफूलाई पुनः गृहमन्त्री बनाउन रवि लामिछानेले गरेको आग्रहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इन्कार गरेका छन् । शक्ति बाँडफाँडका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय फेरि ...
सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउँदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ। ऐनमा प्रष्ट लेखिएको छ, ‘दुईपाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा ट...
साविक पश्चिमाञ्चलकै जेठो बुटवल बहुमुखी क्याम्पसका इतिहास विषयका प्राध्यापक प्रा.डा. सूर्यबहादुर जिसी हरेक दिन क्याम्पस पुग्छन् । तर, हाजिरी गरेर मात्र फर्किनु उनको दैनिकी बनेको छ । क्याम्पसमा इतिहास पढ्ने विद्यार्...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...