×

NMB BANK
NIC ASIA

प्राविधिक सञ्जाल

मोबाइल र फेसबूकले सबै कुरा बिगार्‍यो !

माघ १४, २०७९

NTC
Premier Steels

‘मोबाइल र फेसबूकले बिगारेका बच्चा सुधार्न सकिन्न’ भन्ने भनाइ नेपाली जनमानसमा व्याप्त छ । मोबाइल उठेन भनेर सबैजसो कामदारलाई मालिकको सिकायत हुन्छ ।

Muktinath Bank

मोबाइल एक कामको साधन पनि हो । मान्छेको समय, पैसा र श्रमको बचत गरेको छ । अर्कोतर्फ समय पैसाको धुवाँ पनि गरेको/गराएको छ । मार्टिन कुपरको सिर्जनामा बनेको मोबाइल कसैलाई कामको भाँडो र कसैलाई घाँडो भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब साढे ३ करोड नेपालीको हातमा मोबाइल छ भनिन्छ । लोकल बसमा चढेर आइफोन बोकेर तपाईंको ब्यालेन्स कम भइसकेको छ भन्ने दूरसञ्चार कम्पनीको ‘भ्वाइस म्यासेज’ अन्य यात्रुलाई सुनाउँदै यात्रा गर्ने युवाहरूको जमात पनि यहाँ कम छैन । 


Advertisment
Nabil box
Kumari

हाम्रा पालामा त बाह्रै मास धुलो, माटो, घाँस, पराल, छारोमा खेल्ने, गोबरका गुइठा बाल्ने, डन्डी बियो, खाल्टे, मोजाको भकुन्डो खेलेर बिताइन्थ्यो, बच्चाहरू खाली खेलेर सताए । किताब छुँदैनन्, घरमा एकछिन बस्ने होइनन् भन्ने बुवाआमाको गुनासो हुन्थ्यो । अहिले भने हाम्रा छोराछोरी घाम तात्न कोठाबाट छतमा समेत निस्किँदैनन् । खाली मोबाइल हेरेको छ, बसेको छ । खाना पनि बेलामा नखाने, खाली मोबाइलमा खेल्न पाए पुग्यो भनेर कुरा गर्छाैं । 

Vianet communication

सार्वजनिक बस चढ्नेलाई होच्याउन खोजेको किमार्थ होइन, केवल हाम्रो अवस्था चित्रण गर्न मात्र खोजेको हुँ । हामी नेपाली मोबाइल बोक्न, मोटरसाइकल चढ्न र मासु खान माहिर छौं तर सादा जीवन उच्च विचारमा हामी रहन सकिरहेका छौं । आधुनिकता, देखासिकी, भड्काव, उदण्डता, छाडापन संस्कृति बन्दै गइरहेको हाम्रो परिवेशमा आदर्शको कुरा गर्ने मानिस कमजोर, कायर, निकम्मा, लाछी, पाखे, गवार ठानिन्छन् । 

हुन त मोबाइल बोक्नु सञ्चारको दुनियाँमा अहं मानिन्छ । मिलेनियम गोल हासिल गर्न या जीवनस्तर उठाउन विकासको सूचक जनाउन सञ्चारको महत्त्व छ । जसमा सञ्चारको साधन नै मोबाइल हो । अपहरणकारी होस् या ध्वंशकारी, बलात्कारी होस् या दूराचारी, चोर या लुटेरा, पियनदेखि राष्ट्रपति, जग्गा दलाल या शेयर दलाल, शिक्षक या विद्यार्थी, नेता, कार्यकर्ता, ग्राहक, व्यापारी सबैमा लोकप्रिय छ मोबाइल । 

पोखरामा १४ वर्षे स्कूले युवाले मोबाइल किन्न पैसा माग्दा बुवाले नदिएकाले आफ्नै बुवालाई मरणासन्न हुने गरी घाइते बनाएको घटना ताजै छ । यो त एउटा उदाहरण मात्र हो, हिमाल, पहाड र तराईमा यस्ता अनेकन घटना दैनिक घटिरहेका छन् ।

सन् २००८ सालताका मोबाइल सर्वत्र आइसकेको थियो तर आफूसँग मोबाइल थिएन । मालिकले मोबाइल किन्न दबाब दिए, मोबाइल नकिने तलबबाट काटेर किनिदिने दबाबपश्चात मोबाइल लिएको घटना दिमागमा ताजा छ । मोबाइलले सहजता मात्र होइन, सकस पनि दिएको छ ।

एकदिनको कुरा हो – अफिसमा भएको बेला मोबाइलमा हाकिमको कल आयो । अफिसबाट निस्किने क्रममा भएकाले कुरा गर्दै निस्के ।

सार्वजनिक सवारी प्रयोग गर्ने भएकाले टेम्पो अनि बसमा बसेर हाकिमसँग मोबाइलमा कुरा गर्दै घरसम्म पुगेको घटनाले मोबाइलप्रति वितृष्णा छ । जसबाट कान तातो र रातो भयो, टाउको दुखेको थियो तर पनि यो मोबाइल कामको साधन नै हो भन्ने लाग्छ ।

एकजना शिक्षिका साथीले आफ्नो ४ कक्षामा पढ्ने नानीलाई मोबाइल दिएको छ । किनकि सम्पर्क गर्न सहज हुन्छ, त्यसैले मोबाइल ‘वान वे’ जस्तै छ, कहिलेकाहीँ थोरै ब्यालेन्स राखिदिन्छु । कतै मोबाइल बाध्यता पनि छ । मोबाइलका कारणले करोडौं मानिसले जागिर पाएका छन् । कम्पनीहरू चलेका छन् । मनग्य आम्दानी भएको पनि छ व्यापार व्यवसाय बढेको छ, दुनियाँ रमाएको छ । 

कसरी बिगार्छ मोबाइल–फेसबूकले मानिसलाई ?
 
मोबाइल केबल अरु मानिससँग सम्पर्क गर्नका लागि मात्र प्रयोग नगरी मोबाइलमा सामाजिक सञ्जाल अधिक चलाउनाले मूल्यवान समयको बबार्दी हुन्छ । समय नै पैसा हो, मोबाइलको लतले काममा लगनशील नहुने अवस्था छ । मोबाइलको अधिक प्रयोगले मानसिक, सामाजिक, पारिवारिक समस्या निम्त्याउँछ ।

श्रीमान्–श्रीमती बीचमा मोबाइलका कारण झगडा, शंका, उपशंका उब्जाएका छन् र सम्बन्धमा दरार आएका छन् । 

मूलतः विदेशमा कामका लागि गएका युवाहरूको परिवारमा मोबाइलले मूल समस्या बनाएको छ । सूचना, खबर हालको अलावा मोबाइलको प्रयोगबाट इन्टरनेटमा जोडी चलाउन सकिने भाइबर, फेसबूक, इमो, इन्स्टा, टिकटकका कारणले समस्या उब्जाएको छ, जसमा भिडियो कलमार्फत सञ्जालमा जोडिने र प्रत्यक्ष चिर वा अपरिचिति संसारभरका मानिसहरूसँग कुराकानी गर्न सकिन्छ, कतिपय अवस्थामा ठगी बार्गेनिङ जस्ता अनैतिक कार्यका लागि मोबाइल माध्यम बनेको छ ।

स्कूल तथा कलेजका बालबालिकाहरू तथा युवाहरूमा मोबाइलको लतले निन्द्रा नलाग्ने, टाउको दुख्ने, पढाइमा मन नलाग्ने, विद्यालय कलेजमा पढाइमा ध्यान नपुग्ने, पाठ्यपुस्तकमा ध्यान नजाने, गयल हुने, कक्षाबाट भाग्ने भइरहेको छ ।

घरपरिवारमा आमाबुवा सबै मोबाइलमा व्यस्त रहनाले बालबच्चामा स्याहारसुसारदेखि खानपानमा समेत प्रभाव पुगेको छ ।
 
फेसबूकको अधिक प्रयोगले आममानिसमा नशाको रूप लिई समयको क्षति लगायत मूल काम, कुरा, कर्तव्य, जिम्मेवारी र दायित्वबाट विचलित र विमुख बनाउँछ । मानिस मस्त भई त्यसमा भुल्ने भएकाले समय गएको पत्तै हुँदैन, उप्रान्तमा घातक बन्छ ।

आफ्ना निजी मामिला, घरपरिवार, भेटघाट, पार्टी, पिकनिक, समारोह, विवाह, व्रतबन्ध, घुमघाम जस्ता विषयवस्तुका तस्वीर सार्वजनिक गर्नाले गलत नियत राख्ने मानिस तथा अपराधीलाई सहज हुन्छ । आफ्नो गोपनीयता भंग हुन्छ ।

मोबाइलको लतले कार्यालयमा समेत कर्मचारीको कार्यक्षमता र कार्यक्षमतामा कमी भएको छ । उत्पादकत्व घट्ने क्रममा छ । केही वर्ष अगाडि छिमेकी मुलुक भारतमा कार्यालय समयमा दिल्ली शहरमा फेसबूक तथा अन्य सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । सवारीसाधन चलाउँदा गरिने मोबाइलको प्रयोगले समेत गम्भीर समस्या आएको छ । पेशेवर अपराधीले मोबाइलको प्रयोगबाट अपराधमा नयाँ तरिका अपनाइरहेका छन् । 

मोबाइलमा धेरैबेरसम्म डाटाहरू प्रयोग गर्दा पैसा नास हुने र समय पनि बर्बाद हुने गर्दछ । आँखा र घाँटीमा समस्या आउने, मोटोपना बढ्ने आदि समस्या पनि छन्, जसबाट मोबाइलको अधिक प्रयोग घातक छ । 

सामाजिक सञ्जालमा राखिने सामग्रीः भिडियो, फोटो, स्ट्याटस, कमेन्टले अरु समस्या बनाएको छ । यी सामग्रीहरूबाट परिवार, दम्पती, समुदाय, साथीभाइ, इष्टमित्रमा अनेक समस्याहरू आएका छन् । मोबाइलकै कारणले घरेलु हिंसा बढेको छ भने अड्डा अदालतमा मुद्दाको चाप पनि बढेको छ र छोडपत्र जस्ता विषयहरूको मात्रा दिनानुदिन बढ्दैछ ।

बेलायतमा फेसबूकलाई चुरोटको नशाभन्दा नराम्रो मानिन्छ । सामाजिक सञ्जाल र मोबाइलका कारणले व्यक्ति–व्यक्तिबीच हुने कुराकानी, वार्तालाप, छलफल, सौहार्दता, आत्मीयता हराएको छ । परिवारमा एक सदस्य अर्को सदस्यसँग नबोल्ने, अभिभावक र सन्तानबीच हप्तौंसम्म सञ्चार नहुने खतरा बढी रहेको छ । 

खर्चको हिसाबले पनि सबै सदस्यसँग मोबाइल रिचार्ज गर्दा ल्यान्डलाइन टेलिफोनभन्दा ४–५ गुणा बढी खर्च भइरहेको छ । अपराधको मात्रा पनि बढाउनमा मोबाइल अर्थात् गाजेटमा गरिने सामाजिक सञ्जालबाट सहयोग पुगेको छ । सरकारले साइबर कानून ल्याएको छ तर प्रभावकारी छैन ।
 
मोबाइल फोन र सञ्जालबाट बिहेबारीमा सहज भएको छ, अभिभावकलाई अलि सरल भएको छ तर उप्रान्तमा परिणाम के आउला हेर्न बाँकी छ । अहिले मार्क जुकरवर्गको फेसबूकले पुरातन बिहेको संस्कार र लमी प्रथामा ह्रास आएको छ र फेसबूकबाटै जीवनसाथी बनाउने क्रम बढ्दो छ ।

हामी विकासशील देशलाई हरेक प्रविधिले हैरानी बनाएको छ । जस्तोः आगो चाहिन्छ तर सलाईलाई सिरानीमा राख्न सकिन्न, त्यस्तै हो । मोबाइल अपरिहार्य छ तर यो मोबाइल मानिसलाई असामाजिक बनाउन सहायकसिद्ध छ । 

मोबाइलका कारण कलेजमा विद्यार्थीहरूको अध्ययन गर्ने बानीमा कमी आएको छ । किताबी ज्ञानबाट बिमुख भई गूगल ज्ञानबाट शिक्षित र दिक्षित हुँदैछन्, जुन ज्ञान न आधिकारिक छ, न पूर्ण नै । 

आफन्त इष्टमित्रले फोन गरेर हालचाल सोध्यो भने भुराहरू मोबाइलमा झुण्डिरहेका छन् भन्ने उत्तर आउँछ । राष्ट्रिय समस्या बनेको छ मोबाइल । ट्रेनिङ, गोष्ठी, कार्यशाला, सेमिनार, अन्तर्क्रिया कार्यक्रमका सहजकर्ता र स्रोतव्यक्तिहरूको गुनासो उही छ । कसैलाई तालिममा सिक्ने लगाव नै छैन, मोबाइलमा टिकटक बनाउने, फेसबूक चलाउने धन्दा छ, अब त तालिम, गोष्ठी, समारोह, कार्यशाला, अन्तर्क्रियाको सिकाउने विधि र तरिकामा व्यापक परिवर्तन गर्न आवश्यक छ । मोबाइल ल्याउन बर्जित गरे तालिममा नै आउँदैनन् कि भन्ने खतरा पनि छ ।

अघि भर्खरै १०० प्रतिशत चार्ज पुर्‍याएको अहिले त बाबुले मोबाइलमा गेम खेलेर चार्ज नै जिरो बनाएछ भन्ने आमअभिभावकको गुनासो प्रायः सुनिन्छ । 

एकदिन मलाई छोरीले गुनासो गरिन्, ‘आफू मात्र मोबाइल चलाउने, हामीलाई चलाउन नदिने, कस्तो झेली ? ठूलो मान्छेले मात्र चलाउने, हामी सानो मान्छेलाई चाहिँ नदिने ?’ उनको कुरामा सत्यता छ, म पनि आफू सुध्रिन जरुरी छ । केबल बच्चालाई दोष दिनु गलत हो । 

समाधान के छ त मोबाइल–फेसबूकको लत छुटाउन ? यो बारेमा कुरा गर्दा फेसबूक बनाउने देशका मानिस दिनमा मुस्किलले १० मिनेट मात्र फेसबूक चलाउँछन् रे ! हामी भने कामै छाडेर, बिगारेर फेसबूक चलाइबस्छौं । 

कसरी हटाउने त फेसबूकको लत ? कुरा प्रस्ट छ – हामी बयस्कहरूले आफ्नो बानी सुधार्न यो मेरो गलत बानी हो, यसलाई हटाउनुपर्छ भन्ने दृढ संकल्प गर्नुपर्छ । हाम्रो मन चञ्चल छ, अस्थिर छ, यसलाई संकल्पले बाँध्नुपर्छ । घर, अफिस, कार्यस्थलमा मोबाइल लैजाँदा आफू बस्ने सिट, चेयर, कुर्सी, डेस्कबाट कम्तीमा १–२ मिटर परै राख्ने, सकभर ल्यान्डलाइन टेलिफोनको प्रयोग गर्ने यो व्यावहारिक नहुन पनि सक्छ । तसर्थ फेसबूकको नोटिफिकेसन अफ गरिराख्ने, फेसबूकमा धेरै फोटो अपलोड नगर्ने पनि उपाय हुनसक्छ ।
 
फेसबूक चलाउने अवधि निर्धारण गरी समय तोक्ने र त्यो बेला मात्र फेसबूक चलाउने, अन्य बेला नचलाउने गर्नु उचित हुन्छ । साथै डाटा अन गरेर फेसबूक नचलाउने गर्दा वाईफाई भएको स्थानमा मात्र चलाउँदा पनि फेसबूक कम चलाउन सहयोग हुन्छ । काम सकेपछि विश्राम लिँदा, कामबाट फुर्सद मिलेपछि, तुरुन्तै मोबाइल हेर्न हतार हुन्छ, तसर्थ मोबाइल भएको स्थानसँगै रोचक ज्ञानवर्द्धक पुस्तक, म्यागजिन, कथा, कविता, गीत, जोक, चुट्किला, कमिकहरू राख्नाले ध्यान अन्यत्र खिचेर पनि मोबाइलको प्रयोग घटाउन मद्दत हुन्छ । 

बयस्क मानिसमा मोबाइलको लत घटाउन भान्सा, करेसाबारी, घर वरिपरि सफा गर्ने, तालिका बनाउने, आफूलाई हरतरहले व्यस्त राख्ने, योग, ध्यान शारीरिक अभ्यास गर्ने बानीले पनि मोबाइल लत घटाउन सकिन्छ । 

तर बालबालिकाको मोबाइल लत छुटाउन उनीहरूमा मोबाइलबाहेक पनि अन्य दुनियाँ संसार छ, रमाइलो छ, रमाउन सकिन्छ भन्ने आभास अनुभूति गराउनका लागि खेलहरू भलिबल, फूटबल, टेनिस, क्रिकेट, बास्केटबल, भकुन्डो, लुडो, चेस, क्यारिम, चुङ्गी, साइकिल जस्ता घर बाहिर या भित्र खेल्न सकिने मनोरञ्जन लिने कुराहरू देखाउन र बुझाउन जरुरी छ । 

यीबाहेक उनीहरूलाई मन पर्ने उमेर अनुसारका पुस्तक, पाठ्यसामग्रीहरू ल्याएर उपलब्ध गराएर मोबाइलबाट टाढा राख्न सकिन्छ । अर्को आमाबुवा, दाइदिदी, आफू स्वयं पनि बच्चाहरूका अगाडि मोबाइल नचलाउने गर्दा उनीहरूलाई पनि बानी छुटाउन सकिन्छ ।

कतिपय अभिभावकले मोबाइल चलाउने समय निर्धारण गरेको, मोबाइलमा गेम खेल्न दिने गरेको, मोबाइल नै किनिदिएको पनि पाइन्छ । मूलतः शहरमा यो चलन छ । बालबालिकाले बढी साथीभाइ, छरछिमेक, आफन्त, शिक्षक, शिक्षिका, अभिभावकबाट देखासिकी गर्ने भएकाले उनीहरूको संगतबारे समेत अभिभावकले हेक्का राख्न जरुरी छ ।

बच्चाहरूलाई फेसबूक र मोबाइल गेमको लत छुटाउन घरबाहिर घुमाउन लैजाने, भान्सामा अनेकथरी परिकार बनाउन सिकाउने, घर, कोठा, बैठककक्ष मिलाउन, सजाउन सिकाउने, चित्रकला, पेन्टिङ कागजका खेलौना बनाउन सिकाउने गर्नुपर्छ । बच्चाहरूसँग अभिभावकले सँगै खेल्ने गर्नुपर्छ, हुन त व्यस्त अभिभावकलाई यी कुराहरू नपच्न पनि सक्छ । किनकि हामीलाई कमाउने उमेरमा पैसा नै सबथोक हो जस्तो लाग्छ तर त्यही पैसा कमाउने नशामा जसका लागि हामी पैसा कमाइदिँदैछौं या कमाउन मरिहत्ते गरेर लाग्दैछौं, उनीहरूलाई नै बिर्सनु पटक्कै हुँदैन । 

बालबालिकाहरू उत्साही र सिक्ने, बुझ्ने, थाहा पाउने, जान्न बुझ्न खोज्ने, नयाँ कुरामा के हो ? कसो हो ? खुल्दुली राख्ने हुन्छन् । तसर्थ उनीहरूलाई सामाजिक सञ्जाल गूगल, फेसबूकप्रति जान्न, हेर्न, सुन्न, देख्न उत्साह हुन्छ । तसर्थ कतिपय कुराहरू अभिभावकले नै उनीहरूलाई सँगै बसेर देखाउनुपर्छ ।

मोबाइलको लत छुटाउन टीभी पनि सहायकसिद्ध हुन्छ तर टीभीमा देखाउने हिंसा, मारकाट, लुटमार, अन्य यौनजन्य गतिविधिले बच्चाहरूमा जान्न, बुझ्न खुल्दुली हुन्छ । सकेसम्म उनीहरूसँग अभिभावकले समय बिताउनु उत्तम उपाय हुन सक्छ ।

विद्यालयमा पनि बालबालिकालाई सामाजिक सञ्जाल मोबाइलको सुरक्षित प्रयोग सिकाउनुपर्छ, उनीहरूलाई पूर्णतया बन्देज गर्नु सही उपाय होइन । यसबाट उनीहरूमा नकारात्मकता बढ्छ । बालबालिकालाई निषेध गरेर सही बाटोमा लैजान सकिन्न, बालमनोविज्ञानबारे हेक्का राख्नुपर्छ । निषेधित कुरामा बालबालिका झन् बढी उत्साहित हुने र खुल्दुली राख्छन् । उनीहरू जहिले पनि किन, कसरी, के, कहाँ, को भनेर प्रश्न गर्न रुचाउँछन् । 

घरभित्र पाहुना छिर्नासाथ सन्चो, बिसन्चो नसोधी वाईफाईको पासवर्ड सोध्ने जमानामा मोबाइल र फेसबूकबाट कसरी जागिने र जोगाउने विषय कठिन छ तर असम्भव भने होइन ।

मोबाइल गलत नै हो भन्न सकिन्न तर गुण पनि धेरै खाए तीतो हुन्छ । अपवादबाहेक मोबाइल चलाएर कमाउनेभन्दा गुमाउने को जमात बढी छ नेपालमा । केही आईटी प्रोफेसनल र मार्केटिङ पेशामा आवद्धलाई अपरिहार्य छ मोबाइल । बाँकीलाई मोबाइल समय ध्वस्त पार्ने, अल्मल्याउने, बिचलित पार्ने, समय लिने साधन नै हो ।

बालबालिका, बयस्क, वृद्ध, कामकाजी, फुर्सदिला तथा व्यस्त मानिसलाई पनि घातक बनेको छ मोबाइल । जसले अरुलाई सहज पारेर तपाईं स्वयंको जीवनमा समस्या ल्याउँछ । 

एक दार्शनिकको भनाइमा तपाईं जीवनमा सफल हुन चाहनुहुन्छ भने आफूलाई अरुसँग सहज नबनाउनुहोस्, सहज उपलब्ध नहुनुहोस् । आजको स्वार्थी दुनियाँमा तपाईं सहज रहेमा तपाईंको समय खेर जान्छ तर तपाईंलाई उपलब्धिभन्दा हैरानी, झन्झट, समस्या, अनावश्यक व्यस्तता हुन्छ ।

अन्त्यमा, मोबाइलको लत छुटाउन अन्य वैकल्पिक कुराहरू गरेर भुलाउने, मनलाई दृढ संकल्पित बनाउने, एकान्तमा कम बस्ने, पुस्तक पढ्ने बानी बसाल्ने, फेसबूक तथा सञ्जालमा फोटोहरू अपलोड नगर्ने, निजी बाइफाई भए निश्चित समयमा मात्र खोल्ने, यात्रा भ्रमण, योग, शौख लाग्ने कुराप्रति समय दिने, ध्यानमा मन लगाउने गर्नाले केही हदसम्म कम गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

असोज २०, २०८०

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले यही असोज १५ गते संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी कार्यविधि, २०८० को मस्यौदा सरोकारवालाको राय-सुझाव संकलनका लागि सार्वनजिक गरेको छ । सो मस्यौदा कार्यविधिमा सरोका...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर १८, २०८०

(श्रीकुमारको रुकुम डायरीबाट...) बिहान पौने ६ बजेको छ । पश्चिम रुकुमको आठबीसकोट जहाँ त्रिपालमुनि हजारौं बेघरबारहरू आगोले जिउ सेकाउँदै जाडो सामना गरेर उज्यालोको प्रतीक्षामा छन् । आगो तापेर बसेका महिलाहरू...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x