×

NMB BANK
NIC ASIA

तलब वृद्धिको माग गर्दै बेलायती कामदार पुनः हडतालमा

माघ १८, २०७९

NTC
Premier Steels

तलबको विषयमा लामो समयदेखि जारी विवादबीच बेलायती शिक्षक, विश्वविद्यालयका कर्मचारी, रेल चालक र सरकारी कर्मचारीले बुधबार हडताल गरेका छन् ।

Muktinath Bank

इङ्ल्यान्ड र वेल्सस्थित नेसनल एजुकेसन युनियनका शिक्षक सदस्यहरूले केही दिनको अन्तरालमा पुनः विद्यालयको सेवामा अनुपस्थित रहे, जसका कारण २३ हजार ४०० विद्यालयहरूको पठनपाठन प्रभावित भयो । विद्यालय प्रणालीमा भर्ना र निरन्तरतामा समस्या छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक दशकदेखिको घट्दो तलबमान यसको एक प्रमुख कारण हो र यसलाई सरकारले सम्बोधन गर्न आवश्यक छ, युनियनले भनेको छ । 


Advertisment
Nabil box
Kumari

बेलायतका १५० विश्वविद्यालयका करिब ७० हजार कर्मचारी तलब, काम गर्ने वातावरण र पेन्सनसम्बन्धी विवादमा १८ दिनपछि पुनः हडतालमा उत्रिएका छन् । 

Vianet communication

उनीहरूको विरोधले फेब्रुअरी र मार्चसम्म २५ लाख विद्यार्थी प्रभावित हुने युनिभर्सिटी एन्ड कलेज युनियनले जनाएको छ ।

“कर्मचारीहरूले धेरै मागिरहेका छैनन् । उनीहरू सम्मानजनक तलब वृद्धि, सुरक्षित रोजगारी र पेशालाई नै प्रभाव पार्ने गरी भएको पेन्सन कटौतीलाई उल्टाउन चाहन्छन्,” कलेज युनियनका महासचिव जो ग्राडीले भने ।

‘नेशनल युनियन अफ रेल, मेरिटाइम एन्ड ट्रान्सपोर्ट वर्कर्स (आरएमटी)’ का १४ रेल अपरेटरका रेल चालकहरूले पनि तलब र शर्तहरूको विषयमा बुधबार र शुक्रबार हडताल गर्ने कार्यक्रम तय गरेका छन् । 

आरएमटीका महासचिव मिक लिन्चको भनाइ छ, “हाम्रा सदस्यहरूलाई प्रदान गर्न सकिने रोजगारी, शर्त र तलबको प्याकेज सिर्जना गर्न रेल सञ्चालकहरूसँग हाम्रो वार्ता जारी रहनेछ ।”

बुधबार पनि निजामती सेवामा १०० भन्दा बढी रोजगारदाताले रोजगारी पाएका सार्वजनिक तथा व्यावसायिक सेवा सङ्घका करिब एक लाख सदस्यले तलब, निवृत्तिभरण र रोजगारीसम्बन्धी युनियनको राष्ट्रिय अभियानअन्तर्गत सेवा हडताल गरेका थिए । “यो हडताल वर्षौंको लागि सबैभन्दा ठूलो नागरिक सेवा हडताल हुनेछ र एक महिनाको हडतालपछि औद्योगिक कार्यको उल्लेखनीय वृद्धिको सङ्केत गर्दछ,” युनियनले भनेको छ ।

जवाफमा प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले हड्तालले जनताको जीवनलाई अस्तव्यस्त बनाउने र धर्ना र विरोधको सट्टा वार्ता सही दृष्टिकोण भएको बताएका छन् । 

गत वर्ष बेलायतमा देखिएको उच्च मुद्रास्फीतिपछि पनि पारिश्रमिक वृद्धि हुन सकेको छैन । गत ग्रीष्मऋतुदेखि नै बेलायत हडतालको चपेटामा परेको छ ।

ट्रेड युनियनहरूले माग गरेको तलब र पारिश्रमिक वृद्धिले महँगीसँग जुध्न सहयोग नगर्ने भन्दै ट्रेड युनियनहरूको मागलाई लागु गर्न सकिने अवस्था नरहेको सरकारले बताउँदै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x