×

NMB BANK
NIC ASIA

नेपालीहरूमा ‘डरलाग्दो’ मानसिक रोगको समस्या, महिलाभन्दा पुरुष बढी

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ६ भदौ– धादिङ ज्वालामुखी गाउँपालिकाकी सिता बराइली आफ्नी छोरीलाई मानसिक समस्या देखिएपछि कहिले अस्पताल त कहिले धामी झाँक्रीकोमा धाउँछिन् ।

आफ्नी छोरी सितुलाई ४ वर्ष अघि नै मानसिक समस्या भएको उनले बताइन् । पाटनको मानसिक अस्पतालको गेटमा भेटिएकी सिताले लोकान्तरलाई भनिन्, ‘बेलुका घरमै पढ्दै गरेकी थिई, एक्कासी उ उताबाट के आयो ममी भन्दै बाहिर निस्किएर जताततै हिँड्न थाली, त्यसपछि धामीझाँक्रीकोमा धेरै लगियो तर ठिक भएन ।’

सुरुमा एक महिनासम्म धामीझाँक्रीकोमा लैजाँदा पनि निको नभएपछि बराइलीले छोरीलाई पाटन मानसिक अस्पतालमा ल्याएक हुन् । पाटन अस्पतालमा सुरुमा ३ महिनासम्म राख्दा निको भयो । घर लगेको केहि समय पछि फेरि उस्तै समस्या देखिएपछि बराइलीले छोरीलाई पुनः अस्पताल पुर्याएकी छन् । ‘तीनपटक भइसक्यो यहाँ ल्याएको । सुरुमा तीन महिना राखेँ । पछि दुई महिना, १५ दिन राखेँ । यहाँ राख्दा केही समय ठिक भएजस्तो हुन्छ घर लगेपछि फेरी समस्या देखिन्छ । कहिले घर कहिले अस्पताल गर्दै आएकी छु,’ आफ्नो पीडा पोख्दै सिताले भनिन् ।

छोरीलाई चार वर्षदेखी समय समयमा अस्पताल ल्याउने, घर लैजाने गर्दै आएपनि सिताको छोरीमा देखिएको मानसिक समस्या पूर्ण रुपमा निकोे हुन सकेको छैन ।

सिताकी छोरी जस्तै मानसिक अस्पताल पाटनमा धेरै किसिमका मनोरोगीहरु भेटिन्छन् ।

नेपालमा मानसिक स्वास्थ्य समस्याका विरामीहरुको आधिकारीक तथ्याङक सरकारसँग छैन । तर नेपालीमा मानसिक समस्या भयावह रहेको मानसिक अस्पतालका मनोरोग चिकित्सक डा. बासुदेव कार्कीले बताए । ‘मानसिक समस्याको कारण पहिचान हुन गाह्रो छ । मनोरोगका विरामीहरु सुरुको अवस्थामै अस्पताल आउँदैनन् । सुरुको अवस्थामा अझै पनि धामी झाँक्रीकोमा पुग्छन्,’ लोकान्तरसँगको कुराकानीमा डा. कार्कीले भने, ‘हरेक अस्पतालमा आउने विभिन्न रोगका विरामीमध्ये २५ प्रतिशत विरामीहरुमा कुनै न कुनै प्रकारको मानसिक स्व्वास्थ्य समस्या हुन्छ ।’

कुन व्यक्तिको भावनात्मक विचारमा निरन्तर समस्या देखा परी उक्त व्यक्तिले अव्यवहारीक कार्य गर्न थालेमा उसलाई मानसिक समस्या भएको हुनसक्ने डा. कार्कीले बताए । मानिसहरुमा निराशापन, चिन्ताको रोग, कडा मानसिक रोग हुने डा. कार्कीको भनाइ छ ।

उपचारका लागि आउने मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुमा २० देखि ४९ उमेर समुहका धेरै रहेको डा. कार्कीले बताए । उनले लोकान्तरलाई भने, ‘उपचारको लागि आउने विरामीहरुमा धेरै जस्तो युवाहरु छन् । लागुपर्दाथको दुव्र्यसनी, सांस्कृतिक, परम्पराको कुरा र गलत सोचाइ, विदेशको बसाइ लगायत विभिन्न कारणहरुले युवाहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ ।’

नियमित स्वास्थ्य परीक्षण, औषधी सेवन र सामाजिक वातावरण राम्रो भएमा मानसिक रोग निको हुने चिकित्सकको भनाइ छ । ‘मानसिक रोगको कारण सामाजिक, मनोवैज्ञानिक लगायत धेरै किसिमले लाग्न सक्छ,’ डा. कार्की भन्छन्, ‘यो निको नै नहुने समस्या हैन । तर नियमित स्वास्थ्य परीक्षण, औषधी सेवन र उचित सामाजिक वातावरण नपाउँदा मनोरोगीहरुको उपचार गरेको केहि समय पछि फेरी रोग बल्झिन सक्छ ।’

नियमित औषधि उपचार र राम्रो वातारवरण नपाउँदा उपचारबाट निको भइसकेका मानसिक रोगीहरु फेरि रोग बल्झिएर उपचारको लागि आउने गरेको उनले बताए ।

मानसिक स्वास्थ्य समस्याका विरामी अस्पताल आउने क्रम बढ्यो

पछिल्लो समय मानसिक समस्याका विरामीहरु अस्पताल आउने क्रम बढेको अस्पताल प्रसाशनले जनाएको छ ।
आर्थिक वर्ष २०७३/७४ पाटनको मानसिक अस्पतालबाट ३४ हजार ४ सय ९४ जना मानसिक ‘रोगी’ले वहिरंग सेवा लिएको अस्पतालका मेडीकल रेकर्ड अधिकृत खगेन्द्र भण्डारीले जानकारी दिए । जसमा १५ हजार ९ सय ७३ महिला र १८ हजार ५ सय २१ पुरुष थिए । भन्डारीका अनुसार ८ सय १ जनाले भने अस्पतालमै भर्ना भएर उपचार गराएका थिए । जसमा ३ सय ७८ महिला र ४ सय २३ पुरुष रहेका छन् ।

यस्तै ४ सय ४७ ले आकस्मिक सेवा लिएका छन् । जसमा १ सय ९६ महिला र २ सय ५१ पुरुष रहेका छन् ।

आर्थिक वर्ष २०७२÷७३ मा ३१ हजार ३ सय ३४ जनाले वहिरंग सेवा लिएको अस्पतालको तथ्याङक छ । जसमा १४ हजार ९ सय १८ महिला र १६ हजार ९ सय पुरुष थिए ।

यस्तै अस्पतालमै भर्ना भएका विरामीहरुमा ३ सय ९२ महिला र ४ सय १९ पुरुष गरी ८ सय ११ जना छन् । अघिल्लो आर्थिक वर्षमा आकस्मिक रुपमा पनि १ सय ७२ महिला र १ सय ६८ पुरुष गरी ३ सय ४० जनाले सेवा लिएका छन् ।

दुई वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७२/७३ मा भन्दा आर्थिक वर्ष २०७३/७४ मा उपचारको लागि अस्पताल आउने विरामीको संख्या केही बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७२/७३ को तुलनामा आर्थिक वर्ष २०७३/७४मा वहिरंगमा ३ हजार १ सय ६० विरामी बढेका छन् भने आकस्मिकमा पनि १ सय ७ जना बढि रहेका छन् । यस्तै अस्पतालमै भर्ना भएका विरामी भने केहि कम रहेको छ ।

अस्पतालको तथ्याङ्क अनुसार मानसिक रोगीका विरामीहरु महिला भन्दा पुरुषको संख्या बढि रहेको देखिन्छ । पुरुषहरुमा लागुपदार्थको दुव्र्यशनीको कारण मनोरोगको समस्या रहेको अस्पतालले जनाएको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x