×

NIC ASIA

५ दिने औद्योगिक प्रदर्शनी शुरू, साना उद्यमी कर्जालाई सजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

फागुन २, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

राजधानीको भृकुटीमण्डमा ५ दिने औद्योगिक प्रदर्शनी शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार मेलाको औपचारिक उद्घाटन गरेका छन् ।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला–२०७९ नाम दिइएको मेला आगामी ६ फागुनसम्म चल्ने भएको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले मेला आयोजना भएको छ । मेलामा  ६ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूको प्रतिनिधिमूलक संस्थाको सहभागि हुने छ ।


Advertisment
Rupse Holidays
Nabil box

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं भन्ने मुल नारासहित ‘मिहिनेत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने सहायक नारासहित मेला आयोजना भएको छ ।

Vianet communication

लामो समयदेखिको अस्थिरता तथा महामारीका कारणले गर्दा बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले सिर्जना गरेको लघु घरेलु तथा साना उद्योगमा थप लगानी गर्ने पूँजीको अभावलाई सरकारले समाधान गर्न मेलामार्फत पहल हुने आयोजक संस्थाले बताएको छ ।

वित्तीय अस्थिरताका कारण लघु घरेलु र साना उद्योगीले उपभोग गरेको कर्जामा अत्यधिक ब्याज बृद्धि हुन गई उद्योगीहरूमा परेको समस्या तत्काल समाधान गर्न सरकारले गर्नुपर्ने, लघु घरेलु तथा साना उद्योगीले उपभोग गरेको कर्जालाई नवीकरण गरी थप पुनकर्जा प्राप्त गर्ने वातावरण बनाउनुपर्ने उद्यमीको मागलाई सरकारले सम्बोधन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

मंगलवार मेलाको उद्घाटन गर्ने प्रधानमन्त्री प्रचण्डले लघु घरेलु तथा साना उद्योग दर्ता र नवीकरण गर्दा स्थानीय तहको वडा, पालिका, प्रदेश र केन्द्रमा कम्पनी रजिष्टार समेतमा कागजात र राजस्व बुझाउनुपर्ने झन्झटिलो व्यवस्था हटाउन सहजीकरण गर्ने बताए ।

उनले उत्पादनमूलक लघु घरेलु तथा साना उद्योगका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जाहरूलाई पुनःपरिभाषित गर्ने पनि बताए ।

सम्भावनायुक्त उद्योगहरूको प्रोत्साहनमा विशेष कार्यक्रमको अगाडि सार्ने बताएका छन् ।

सम्भावनायुक्त लघु घरेलु तथा साना उद्योगलाई निश्चित समयका लागि सबैखाले करबाट मुक्त गरी स्वदेशी उत्पादनको अभिबृद्धि गर्ने,  लघु उद्यमको पुँजी, प्रविधि र पहुँचका लागि विशेष कार्यक्रम आवश्यक भएको पनि प्रण्डले बताएका छन् ।

संघीय सरकारले स्थानीय तहलाई सीधै दिने अनुदान थप सहज, औद्योगिक वातावरण निर्माण, तीनै तहको सरकारको सहभागितामा प्रगतिशील औद्योगिक नीति सहितमा सहजीकरण गर्ने पनि प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

महिला, युवा र कृषि उद्यमीका लागि सहुलियतपूर्ण कर्जाको अवस्थालाई अझै प्रभावकारी बनाउने, कृषिलाई व्यवसायिक र औद्योकिरण गरी देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा सरकारले विशेष प्राथमिकता दिन सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ  छ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न गुणस्तरीय वस्तुको उत्पादन, निर्यात बढाउने र आयात प्रतिस्थापन गर्नेसहितका विषयमा राज्यले ध्यान दिने प्रधानमन्त्रीले सम्बोधनमार्फत उल्लेख गरेका छन् ।

स्वरोजगारी र रोजगारी सिर्जनाका लागि स्वदेशी कच्चा पदाार्थमा आधारीत स्वदेशी उत्पादनमूलक र उद्योगहरूलाई दक्ष जनशक्ति उत्पादनको लागि कार्यस्थलमा तालिमको व्यवस्था सरकारले मिलाउने भएको छ ।

पूँजी पहुँचमा अहिले पनि लघु, घरेलु तथा साना उद्योगीहरू ठूलो मारमा छन् । यसका लागि राज्यले विशेष आर्थिक प्याकेज सहुलियतपूर्ण कर्जाको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री प्रचण्डले बताए ।

लघु, घरेलु तथा साना उद्योगद्धारा उत्पादित वस्तुहरूलाई केन्द्रीय स्तरमा अन्तर्राष्ट्रियस्तरको बिक्री कक्षको स्थापनाका लागि पूर्वाधार निर्माणमा आवश्यक पर्ने सबै प्रकारका सहयोग र सहुलियत राज्यले मिलाउने भएको छ ।

साथै देशमा महिलाले सञ्चालन गरेका लघु, घरेलु तथा साना उद्योगले ठूलो संख्यामा स्वरोजगारी भएका र रोजगारी सिर्जना गरेका उद्योगलाई राज्यले प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि प्रचण्डले व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x