×

NIC ASIA

संसद् बैठक

ओलीप्रति कटाक्ष : सुपर प्रधानमन्त्री बन्न खोज्नेको फुर्ति किन सुस्तायो ? कांग्रेसले ढोक्सा थापेर ?

फागुन ३, २०७९

Prabhu Bank
NTC
फाइल फोटो
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसका कारण नभई आफ्नै कारणले सत्ता गठबन्धन कमजोर बनेको टिप्पणी गरेका छन् ।

Muktinath Bank

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सुपर प्रधानमन्त्री’ बन्ने फूर्ति कम भएको उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा पौडेलले एमाले अध्यक्ष ओलीप्रति आक्रोश पोखेका हुन् । ‘प्रतिनिधिसभा बैठकको शुरूमै संसद विघटनको महिमा गान सुन्यौं, त्यो कायरता छोप्न बहादुरी प्रदर्शन गरिएको छ । अब कायरता दोहोरिन दिइने छैन । संसदको रोस्टमबाट सर्वोच्च अदालतलाई आफ्नै पार्टीको कानून विभागजस्तो ढंगले टिप्पणी गर्ने काम गरिएको छ । संसद विघटनको भोक र सनक पाइयो,’ पौडेलले भने ।


Advertisment
Nabil box
Kumari

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ओलीले संसदमा ढोक्सा भन्ने शब्द चर्चित बनाएको उनले बताए । ‘बालकोटमा हतारहतार प्रसाद थाप्न बनेको गठबन्धन किन कमजोर भयो ? जसपा सरकारमा किन गएन कांग्रेसले ढोक्सा थापेर ? ८ जनाको बैठक हुने उच्चस्तरीय संयन्त्रमा अहिले ४ जनाको बैठक हुने गरेको छ, बाँकी नेताहरू कता जानुभयो ? कांग्रेसले ढोक्सा थापेर हो ?’ पौडेलले प्रश्न गरे । 

Vianet communication

पौडेलले आफू अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन ओलीले प्रयत्न गरिरहेको टिप्पणी गरे । ‘प्रधानमन्त्रीभन्दा माथि सुपर प्रधानमन्त्री भएर चलाउन खोज्नेको फुर्ति किन सुस्त छ ? अहिले राष्ट्रपति होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ, आवश्यक पर्‍यो भने सचिव लुकाउने राष्ट्रपति चाहिएको छ,’ ओलीप्रति कटाक्ष गर्दै पौडेलले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x