×

माओवादी पदाधिकारी बैठक

माओवादी बैठकमा प्रचण्डको ब्रिफिङ –ओलीको मान्छे राष्ट्रपति बनाए संकटमा परिन्छ

‘क्वात्राले भारतमा कहिले आउनु हुन्छ भनेर सोध्नु भयो, मैले राष्ट्रपति चुनाव पछि भनेँ’

फागुन ८, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले समर्थित व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्न नसकिने बताएका छन् । पुस १० पछिको दुई महिनाको सहकार्य त्यति सहज नभएको उनले बताए । 

पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले एमालेको क्याडरलाई राष्ट्रपति स्वीकार गर्न नसकिने बताएका हुन् । ‘एमाले र ओलीजीसँग त्यति सजिलो छैन । ओलीकै मान्छे राष्ट्रपति बनायो भने झन संकटमा परिन्छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले लोकान्तरसँग भने, ‘राष्ट्रपति राष्ट्रिय सहमतिको साझा उम्मेदवार बनाउनु पर्छ भन्ने मेरो बुझाइ छ ।’


Advertisment

एमाले अध्यक्ष ओलीले हार्डकोर कार्यकर्ता भन्दापनि अन्य दलको नेता या स्वतन्त्र व्यक्तिलाई पनि अगाडि सार्ने सम्भावना रहेको प्रचण्डले बताए । ‘माधव नेपाल, बाबुराम भट्टराई देखि झलनाथ खनालसम्मलाई अगाडि सार्ने सम्भावना रहन्छ । ओलीकै मान्छेलाई स्वीकार गर्यो भने त झन दुख पाइन्छ । त्यसैले राष्ट्रिय सहमतिको व्यक्ति खोज्ने तिर लागौँ’ प्रचण्डले भनेका थिए । 


Advertisment

शान्ति प्रक्रियाका अधुरा काम पूरा गर्नुपर्ने भन्दै यस सवालमा कांग्रेससँग सहज हुने उनले बताएका थिए । माओवादी बैठकले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णयको जिम्मा प्रचण्डलाई दिएको छ । बैठक बस्न सम्भव नहुने भन्दै प्रचण्डले त्यो अधिकार आफूलाई दिन आग्रह गरेका थिए । 

कांग्रेससँग पनि छलफल चलिरहेकाले उसँगको सहकार्यलाई नकार्न नसकिने प्रचण्डले बताएका थिए । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवार मनोनयनको कार्यतालिका छ । 

क्वात्राले कुनै दवाव दिएका थिएनन्
बैठकमा एक पदाधिकारीको प्रश्नको जवाफमा प्रचण्डले हालै नेपाल भ्रमण गरेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले राष्ट्रपति निर्वाचनबारे कुनै दवाव नदिएको बताए । 

‘बाहिर आएजस्तो उनले राष्ट्रपति निर्वाचनबारे कुनै दवाव दिएका होइनन् । बरु, भारत भ्रमणमा कहिले आउनु हुन्छ भनेर सोधेका थिए । मैले राष्ट्रपतिको चुनाव अघि त सम्भव हुँदैन भनेँ’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने । 
नेपाली नेताहरूसँगको भेटमा क्वात्राले राष्ट्रपतिमा गैर कम्युनिस्ट व्यक्ति होस भन्ने भारतको चासो व्यक्त गरेका बाहिर चर्चा भएको थियो । 

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x