×

NMB BANK
NIC ASIA

४ दलीय बैठकपछि कांग्रेस उपसभापति भन्छन्- हामी सहमति नजिक छौं, आजै कुरा मिल्छ

फागुन १२, २०७९

NTC
Premier Steels

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति चुनावकेन्द्रित ४ दलीय छलफल सकारात्मक भएको बताएका छन् ।

Muktinath Bank

छलफलपछि लोकान्तरसँग कुराकानी गर्दै खड्काले राष्ट्रपतिमा कांग्रेस र एकीकृत समाजवादीको दाबी रहेको बताए।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘राष्ट्रपतिमा आ–आफ्नो दाबी छ । कांग्रेस र नेकपा समाजवादीको मुख्य दाबी हो । तर हामीले विभिन्न विकल्पमा छलफल गरिरहेका छौं । को किन राष्ट्रपति हुने भन्ने औचित्य र आवश्यकताको आधारमा आ–आफ्नो तर्क राख्ने काम भएको छ’, खड्काले भने, ‘तर छलफल सकारात्मक भएको छ । आजै साँझ ५ बजे बसेर हामी एउटा टुंगोमा पुग्छौं । हामी एउटा सहमतिमा पुग्ने सम्भावना नजिक छौं ।’ 


Advertisment
Nabil box
Kumari

विभिन्न विकल्पमा कुरा भएको भन्दै उनले राष्ट्रपतिमा कांग्रेसमा सहमति हुने जनाउ पनि दिए ।

Vianet communication

‘ठ्याक्कै भन्न मिल्ने गरी सहमति भयो भएको छैन । तर हामी विभिन्न विकल्पबारे आन्तरिक छलफल पनि गर्दैछौं’ खड्काले भने, ‘आन्तरिक छलफलपछि ५ बजे पुनः चार दलको बैठक बसेर टुंगोमा पुग्छौं ।’  छलफलपछि कांग्रेस महामन्त्री गगन थापाले पनि ५ बजे बस्न चार दलको बैठकले सहमतिमा एउटै निर्णयमा पुग्ने बताएका थिए । 

राष्ट्रपति चुनावका लागि उम्मेदवारी मनोनयन गर्ने एक दिन अघि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाबीच छलफल भएको हो । 

राष्ट्रपतिमा कांग्रेस र नेकपा समाजवादीले दाबी गरेको छ । कांग्रेसबाट अहिलेसम्म रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई अगाडि सारिएको छ । समाजवादीबाट माधव कुमार नेपाललाई प्रस्ताव गरिएको छ । यही गठबन्धन कायम हुँदा कांग्रेसले राष्ट्रपतिमा दबाब बढाएर आफ्नो नेता जिताउने अवस्था देखिएको छ । यस्तोमा माओवादी र समाजवादीले पनि माने कांग्रेसले पौडेललाई उम्मेदवार बनाउन सक्ने देखिएको छ । 

तर माओवादी र समाजवादी दुवैले पौडेल र सिटौला दुवैलाई हुन्न भन्दै देउवाको नाममा सहमति गरौं भन्ने प्रस्ताव पनि राख्न सकिने देखिन्छ ।

किनकि देउवालाई राष्ट्रपति बनाउँदा प्रचण्ड निर्धक्क प्रधानमन्त्री हुन पाउँछन् । देउवा नै अघि बढ्ने स्थितिमा नेपालले पनि दाबी नगर्ने बुझिएको छ। कांग्रेसभित्रैको ठूलो हिस्सा पनि देउवा राष्ट्रपति भएर सक्रिय राजनीतिबाट बाहिरिएको देख्न चाहन्छ। 

एमालेले समर्थन फिर्ता लिएमात्रै नयाँ गठबन्धन

राष्ट्रपतिको चुनाव टुंगिएपछि बल्ल सरकारबारे छलफल हुन सक्ने खड्का बताउँछन् ।

‘राष्ट्रपति र उपराष्ट्रपतिको टुंगो लागेपछि बल्ल सरकारमा कुरा जान्छ । अनि अर्को गठबन्धनको कुरा होला । गठबन्धन नटुटी अहिले नै कसलाई चुनावी प्रधानमन्त्री बनाउने बन्ने प्रस्ताव गरियो भन्ने होइन । भविष्यको कुरा एउटा होला । परिस्थिति आएपछि शक्ति बाँडफाँटको कुरा पनि आउला । तर अहिले हामी राष्ट्रपतिमै केन्द्रित भएर छलफल गरिरहेका छौं,’ खड्काले भने ।

खड्काले राष्ट्रपतिमा आफूहरूबीच सहमति जुटे एमालेलाई सरकारबाट फिर्ता हुन नैतिक दबाब पुग्ने संकेत गरे ।

‘पुरानो गठबन्धन जारी छ । यो विषय टुंगो लागिसकेपछि अरु विषय अगाडि बढ्लान् । माओवादी अहिलेसम्म एमालेसँगको गठबन्धनमा कायम छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका गठबन्धन नभत्की अर्को गठबन्धन बन्यो भन्दा दुनियाँ हाँस्छ’, खड्काले थपे,‘हामीले गठबन्धन भन्ने तर एमाले, राप्रपा, घण्टी एक ठाउँमा बसे सरकार छोडेनन् भने के गर्ने ? गठबन्धन बन्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ । तर राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा हामी अहिले छलफलमा रहेका दलहरू एक ठाउँमा उभिँदा वातावरण बन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x