×

NMB BANK
NIC ASIA

माओवादी स्थिर बस्ने पार्टी होइन : उपमहासचिव गजुरेल

फागुन १८, २०७९

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन् ।

Muktinath Bank

बिहीवार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उनले यस्तो बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आममानिसहरूले माओवादी केन्द्र अस्थिर भएको भनिरहे पनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरू अघि नबढ्ने दाबी गरे । उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने र बेपत्ताहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बताए । उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए ।


Advertisment
Nabil box
Kumari

उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे ।

Vianet communication

उनले भने, ‘मुख्य कुरा व्यवस्था बदलियो अवस्था बदलिएन । अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो । त्यो बदलिन सकिरहेको छैन । अहिले हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुन कोसिस गर्नुभयो ,उहाँ सफल पनि हुनुभयो । त्यो अरु कुनै कारण होइन, मानिसहरूले कुर्सीका लागि यता, उता भन्ने गर्दछन् तर उहाँ कुर्सी छोडेको मान्छे पनि हो । २०६४ सालको चुनावमा प्रत्यक्षतर्फ १४० जितेर ठूलो दल हुँदा पनि एउटा प्रकरणमा राजीनामा दिनुभयो, नछोडेको भए नि हुन्थ्यो, कुर्सीप्रति मोह भए किन दिनुपर्दथ्यो, शक्तिशाली थियो तर आफूले चालेको कदम असफल भए पनि जिम्मेवारी लिएर दिनुभयो तर अहिले त्यस्तो होइन, कहिले यता कहिले उता भन्ने प्रश्न छ तर यसमा प्रधानमन्त्रीको भनाइ के छ भने यो देश यहाँ आइपुग्ने थिएन, माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन हुने थिएन, शान्ति प्रक्रिया अघि बढ्ने थिएन । त्यसकारण माओवादी अहिलेसम्म यता उती नगरेको भए सम्भव थिएन, कहिले अघि बढ्ने कहिले पछि हट्ने गरेर जिम्मेवारी गरिरहेको छ । शान्ति प्रक्रियाको केही काम बाँकी छ, बेपत्ताहरुको समस्या, शान्ति प्रक्रियासम्बन्धी विभिन्न मुद्दा बाँकी छन्, त्यसलाई समाधान नगरेसम्म फेरि बल्झिने खतरा हुन्छ, त्यसैले शान्ति प्रक्रिया र हस्ताक्षरकर्तामध्ये एक जना आफू हुनुहुन्छ, त्यसैले आफैंले सम्बोधन गर्न र पहल गर्न आवश्यक छ भनेर लागिपर्नु भएको छ । त्यसले एउटा सकारात्मक सन्देश गइरहेको छ । पाइलैपिच्छे चुनौती छन् तर जनताले थोरै आशा गरेका छन् ।’

उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x