माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
फागुन १९, २०७९
भारतको पूर्वोत्तरमा रहेका तीन राज्य त्रिपुरा, नागाल्यान्ड र मेघालयमा भएका विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले शानदार प्रदर्शन गरेको छ ।
त्रिपुरामा भाजपा र साझेदार दल इन्डिजेनस प्रोग्रेसिभ फ्रन्ट अफ त्रिपुरा (आईपीएफटी) मिलेर बहुमत ल्याएका छन् । कुल ६० सीट रहेको त्रिपुरामा भाजपाले ३२ अनि आईपीएफटीले एक सीट ल्याएको छ ।
उता कांग्रेस, वामपन्थी तथा अन्य स्थानीय दलहरू मिलेर बनेको गठबन्धनले १४ सीट ल्याएको छ । त्यसमा सीपीआई(एम) को ११ र कांग्रेसको तीन सीट छ ।
यस निर्वाचनमा ननगठित टिप्रा मोठा पार्टी (टीएमपी) नामक नयाँ दलले प्रभावशाली प्रदर्शन गरेको छ । उक्त दलले पहिलो चुनावमै १३ सीट जितेर आफूलाई जबर्जस्त रूपमा स्थापित गरेको छ ।
नागाल्यान्ड र मेघालयमा चाहिँ भाजपाले स्थानीय दलको कनिष्ठ साझेदारका रूपमा विजय हासिल गरेको हो । नागाल्यान्डमा नेसनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (एनडीपीपी) ले २५ र भाजपाले १२ सीट ल्याएका छन् । विधानसभामा कुल ६० सीट रहेकोमा भाजपा गठबन्धनले बहुमत हासिल गरेको हो ।
उता मेघालयमा ६० मध्ये ५९ सीटमा निर्वाचन भएकोमा कोनराड साङ्माको नेतृत्वमा रहेको नेसनल पिपुल्स पार्टी (एनपीपी) ले सर्वाधिक २६ सीट जितेको छ । त्यसपछि सबभन्दा धेरै सीट युनाइटेड डेमोक्रेटिक पार्टी (यूडीपी) ले जितेको छ । भाजपाले दुई सीट मात्र जितेको छ ।
एनपीपी र यूडीपीले मिलेर सरकार बनाउने सम्भावना छ । तर एनपीपीले भाजपालाई पनि सरकारमा समावेश गर्न चाहेको छ किनकि राज्यको बजेटका लागि केन्द्र सरकारसँगको सुसम्बन्ध आवश्यक हुन्छ । केन्द्रमा भाजपाको बलियो सरकार छ । त्यसै पनि एनपीपीलाई सरकार बनाउन सघाउने भनी भाजपाले औपचारिक रूपमा समर्थन पत्र पेश गरिसकेको छ ।
यस निर्वाचनबाट कांग्रेस पार्टी चाहिँ धराशायी भएको छ । कुनै बेलामा पूर्वोत्तरको प्रभावशाली दलका रूपमा रहेको कांग्रेसले त्रिपुरामा जम्मा तीन सीट अनि मेघालयमा पाँच सीट जित्न सकेको छ । नागाल्यान्डमा त पार्टीले खाता खोल्न पनि सकेन ।
आदिवासी कबिलाहरूको जनसंख्या धेरै भएका यी राज्यहरूमा हिन्दूवादी दल भाजपाले कसरी यस्तो प्रभावशाली प्रदर्शन गर्न सक्यो ? लामो समयदेखि पूर्वोत्तरमा भाजपाले गरिरहेको मेहनतबाट नै यो परिणाम आएको हो ।
त्रिपुराको कुरा गर्नुपर्दा त्यहाँ भाजपा सरकारले चुनावी रणनीतिअन्तर्गत मुख्यमन्त्री विप्लव कुमार देवलाई चुनाव आउनुभन्दा एक वर्ष जति अघि हटाएर जनतामाझ सत्ताविरोधी लहर फैलिन दिनबाट रोकेको थियो । पार्टीले गुजरात तथा अन्य राज्यमा पनि त्यही मोडल अपनाएको थियो । विप्लव देवको स्थानमा मुख्यमन्त्री बनेका मणिक साहले भाजपालाई चुनाव जिताउनका लागि अथक मेहनत गरेका थिए ।
लामो समयसम्म वामपन्थीहरूको सरकार रहेको त्रिपुरामा कानून व्यवस्था दयनीय थियो । सन् २०१८ मा भाजपाको विजयपछि कानून व्यवस्थामा सुधार ल्याइयो । त्यसबाहेक विशाल राजमार्ग निर्माण तथा जनतालाई खानेपानी र बिजुली जस्ता आधारभूत सुविधा बाधारहित रूपमा उपलब्ध गराउने काम पनि सरकारले गरेको थियो ।
अनि गरीब तप्काका मानिसका लागि विभिन्न सुविधाको व्यवस्था पनि सरकारले गरेको थियो । गरीबहरूलाई महिनाको २ हजार भारु दिने अनि प्रधानमन्त्री आवास योजनाअन्तर्गत १ लाख ६० हजारभन्दा बढी घर उपलब्ध गराउने काम पनि सरकारले गरेको थियो ।
गैरकबिला मतको ध्रुवीकरण पनि भाजपाको जीतको अर्को कारण हो । त्रिपुराको शाही परिवारका सदस्य प्रद्योत विक्रम माणिक्य देव वर्माले आफ्नो टिप्रा मोठा पार्टीलाई स्थानीय कबिलाहरूसँग एक्यबद्ध गर्दै टिप्राहा इन्डिजेनस प्रोग्रेसिभ रिजनल अलायन्स बनाएका थिए । त्रिपुरामा कबिलाहरूको जनसंख्या ३२ प्रतिशत छ र तिनलाई खुशी बनाउन त्यस गठबन्धनमार्फत प्रद्योतले त्रिपुराबाट छुट्ट्याएर बेग्लै टिप्राल्यान्ड बनाउने वाचा समेत चुनावी अभियानको बेलामा गरेका थिए । मोठाको उदयबाट चिन्तित बनेका गैरकबिलाहरूले भाजपालाई बहुमत दिए ।
उता नागाल्यान्ड र मेघालयमा भाजपाले हिन्दूवादी मुद्दाको साटो स्थानीय विषयलाई उठाएकाले पनि जीत सम्भव बनेको विश्लेषकहरू बताउँछन् । नागाल्यान्डमा ८८ प्रतिशत र मेघालयमा ७५ प्रतिशत मानिस क्रिस्चियन छन् । त्यहाँ हिन्दूत्वको मुद्दाले खासै प्रभाव राख्दैन ।
त्यसैले धर्मको विवादित मुद्दालाई छोडेर विकासको एजेन्डामा काम गर्ने रणनीति भाजपाले अंगीकार गरी जीत हासिल गरेको हो । भाजपाका नेताले चर्चका पदाधिकारीहरूसँग बैठक गरी आफूलाई क्रिस्चियनविरोधीका रूपमा नलिइदिन अनुरोध गरेका थिए । कांग्रेस र तृणमूल कांग्रेस लगायतका विपक्षी दलले भाजपा क्रिस्चियनविरोधी भएको आरोप लगाएपछि भाजपा नेताहरूले चर्चका पदाधिकारीहरूलाई भेटेका थिए ।
गोपूजनलाई उच्च महत्त्व दिने भाजपाले मेघालयमा त्यसका विषयमा एक शब्द पनि उठाएन । उल्टो, मेघालयका भाजपा अध्यक्ष अर्नेस्ट मावरीले बीफ खाने गरेको कुरा स्वीकार्दै पार्टीलाई त्यसमा कुनै आपत्ति नरहेको बताएका थिए ।
त्यसबाहेक भाजपाले पूर्वोत्तरका स्थानीय नायक नायिकाहरूलाई सम्मान दिने काम गरेर पनि मतदाताको मन जित्ने प्रयास गरेको थियो । भारतको स्वतन्त्रता आन्दोलनकी योद्धा नागाल्यान्डकी आध्यात्मिक एवं राजनीतिक नेत्री रानी गाईदिन्ल्युको जन्मजयन्ती कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएर नागाहरूको मन जितेका थिए ।
भारत स्वतन्त्र भएको लामो समयसम्म पूर्वोत्तरलाई केन्द्र सरकारले धेरै वास्ता गरेको थिएन । त्यहाँ उठेका विभिन्न सशस्त्र विद्रोहहरूलाई दबाउने नाममा सुरक्षाकर्मीको चरम दमन हुने गरेकाले केन्द्रप्रति पूर्वोत्तरका मानिसको धारणा सकारात्मक पनि बन्न सकेको थिएन ।
तर सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेपछि पूर्वोत्तरलाई उच्च महत्त्व दिन थालेका थिए । आफ्नो कार्यकालको आठ वर्षमा मोदी ५१ पटक पूर्वोत्तर पुगेको विषयमा गृहमन्त्री अमित शाहले तीन साताअघि त्रिपुरामा निर्वाचन सभालाई सम्बोधन गर्ने क्रममा स्मरण गराएका थिए ।
पूर्वोत्तरको शान्ति भंग गर्ने विभिन्न लडाकू संगठनहरूसँग वार्ता गरी सहमति कायम गर्न पनि मोदी सरकारले सफलता पाएको छ । शान्तिबहाली भएपछि पूर्वोत्तरवासीहरूमा केन्द्र सरकारप्रतिको धारणा सकारात्मक बनेको हो ।
अनि पूर्वोत्तरलाई देशका अन्य भागहरूसँग जोड्नका लागि मोदी सरकारले विभिन्न राजमार्ग निर्माणमा पनि जोड दिँदै आएको छ । द प्रिन्टमा छापिएको एक सामग्रीमा उल्लेख भएअनुसार, मोदी सरकारको कार्यकालमा पूर्वोत्तरमा सडक निर्माण पहिलेको भन्दा दुईगुणा बढेको छ । पहिला दिनको ०.६ किलोमिटर सडक प्रतिदिन बन्ने गरेकोमा अहिले १.५ किलोमिटर सडक प्रतिदिन बन्ने गरेको छ ।
सन् २०१४ देखि सन् २०१९ को बीचमा नेसनल हाईवेज अथोरिटीज अफ इन्डिया र बोर्डर रोड्स अर्गनाइनेसन लगायतका निकायले पूर्वोत्तरका आठवटा राज्यमा २७ सय ३१ किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गरेका छन् ।
त्यसैलाई अघि बढाउँदै केन्द्रीय सडक परिवहनमन्त्री नितिन गडकरीले सन् २०२४ को अन्त्यसम्ममा पूर्वोत्तरमा लगभग ३ लाख करोड भारु बराबरको सडक परियोजना निर्माण भइसक्ने गत सेप्टेम्बर महिनामा बताएका थिए । सडक मात्र नभई रोपवे, पुल, मालगाडी परिवहन र पेट्रोल पम्प/इलेक्ट्रिक चार्जिङ स्टेसन लगायतका सडकछेउका सुविधा संरचना निर्माण पनि केन्द्र सरकारले गरेको छ ।
विकास निर्माण, शान्ति सुरक्षा बहाली, निर्धन वर्गका मानिसलाई सेवासुविधा, हिन्दूत्वमा नरमपना लगायतका कार्यमार्फत भाजपाले पूर्वोत्तरका तीन राज्यका विधानसभा निर्वाचनमा सुखद परिणाम ल्याएको हो । सन् २०२३ मै देशका थप अन्य राज्यमा हुने विधानसभा निर्वाचनमा भिड्नका लागि भाजपालाई यस जीतले उच्च मनोबल दिएको छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...