×

NIC ASIA

सुदूरपश्चिममा क्षयरोग प्रयोगशालाको स्तरोन्नति

चैत २, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

औषधि प्रतिरोधक क्षयरोग (डीआरटीबी) का बिरामीको संख्या बढ्न थालेपछि सुदूरपश्चिम प्रदेशमा क्षयरोग प्रयोगशालाको स्तरोन्नति गरिएको छ ।

लामो समयदेखि यहाँ क्षयरोगका बिरामीको सेवा पाइरहेको भए पनि पछिल्लो समय मुलुकमै जटिल खालका क्षयरोगका बिरामीको संक्रमण दर बढ्न थालेपछि त्यसको स्तरीय परीक्षणका लागि डडेल्धुरा र कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालबाट ‘डीआरटीबी एक्सपोर्ट’ सेवा शुरू गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘डीआरटीबी एक्सपोर्ट सेवा नहुँदा सुदूरपश्चिमबाट नमूना संकलन गरेर काठमाडौं पठाएर जाँच गराउनुपर्ने अवस्था थियो,’ क्षयरोग नियन्त्रण कार्यक्रम सुदूरपश्चिम प्रदेशका सम्पर्क व्यक्ति ईश्वरीप्रसाद भुसालले भने, ‘डीआरटीबी एक्सपोर्ट डीआर सेवा शुरू भएपछि अब बिरामीले छरितो सेवा पाउने छन् ।’


Advertisment
Rupse Holidays
Nabil box

रिपोर्टका लागि महिनौ कुर्नुपर्ने बाध्यता अब हटेको उनको भनाइ छ ।

Vianet communication

डडेल्धुरामा २ महिनाअघि सेवा विस्तार गरिएको उल्लेख गर्दै उनले महाकाली अस्पतालमा पनि ३ दिन अघिदेखि सेवा सञ्चालनमा आएको बताए । ‘कैलालीमा पनि उक्त सेवा लक्ष्मी नारायाण क्षयरोग रिफरल अस्पतालबाट दिने तयारी छ,’ उनले भने, ‘अब क्षयरोगको औषधि सेवनकर्तालाई औषधिले गरिएको प्रभावबारे सहजै पत्ता लगाउन सहज भयो ।’

डीआरटीबी एक्सपोर्ट सेवाबाट जाँच तथा बिरामीलाई निःशुल्क उपचार हुनेछ । 

‘क्षयरोगका बिरामीलाई औषधि चलाउन पनि यो सेवा विस्तारले सहज भयो,’ भुसालले भने, ‘विश्वकै नयाँ प्रविधि हो, औषधि प्रतिरोधात्मक क्षयरोगी राष्ट्रियरूपमै बढेका छन् ।’

सेवा सञ्चालनमा आएसँगै क्षयरोग नियन्त्रण प्रभावकारी ढंगले अघि बढ्ने महाकाली प्रादेशिक अस्पतालका ल्याब टेक्निसियन रमेशचन्द्र ओझाले बताए । ‘क्षयरोगका बिरामीको औषधिले काम गरे/नगरेको परीक्षण प्रयोगशालामा हुन्छ,’ उनले भने, ‘नियमित औषधिले निको हुने र औषधिले निको नहुने अवस्थाबारे पनि अब थाहा पाउन सहज हुन्छ ।’

यसअघि महाकाली अस्पतालमा क्षयरोगको ‘रिफामपिसिन’ नामक औषधिको उपयोगिता यहाँको प्रयोगशालामा जाँच हँुदै आएको थियो । महाकाली अस्पतालमा दैनिक १५ देखि २० जना क्षयरोग जाँचका लागि आउने गरेको ओझा बताउँछन् ।

‘चालु आर्थिक वर्षमा ७२ जनाले महाकालीबाट निःशुल्क औषधि सेवन गरिरहेका छन्,’ उनले भने, ‘मासिक २० देखि २५ जनामा क्षयरोगको संक्रमण पुष्टि हुने गरेको छ ।’

अस्पतालका अनुसार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरको पहलमा यहाँ डीआरटीबी एक्सपोर्ट सेवा सञ्चालनमा आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x