×

NMB BANK
NIC ASIA

विश्वकपको ग्लोबल छनोटमा नेपाल

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन : यी हुन् चामत्कारिक जीतका ५ नायक !

चैत २, २०७९

NTC
Premier Steels

नेपालले आईसिसी विश्वकप लिग २ मा यूएईविरुद्ध चामत्कारिक जीत दर्ता गरेको छ ।

Muktinath Bank

३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले डिएल मेथडमा यूएईमाथि ९ रनको सनसनीपूर्ण जित दर्ता गराएको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २६९ रन जोड्दा खराब प्रकाशका कारण खेल रोकिएको थियो । खेल रोकिँदा डिएल मेथडमा अगाडि रहेपछि नेपालले अविश्वसनीय लाग्ने जीत पक्का गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूएईका आशिफ खानको शतकीय अविजित १०१ रन, वृत्या अरविन्दको ९४ र मोहम्मद वासिमले ६३ रन बनाएपछि नेपालसामू रनको पहाड तेर्सिएको थियो । तर नेपालले हार मान्दै मानेन । अन्तिमसम्मै प्रयत्न जारी राखिरह्यो। नियमित अग्रपंक्तिका विकेट गुमाउँदा पनि मध्यपंक्ति सम्हालिँदा नेपाल चामत्कारिक जीत हासिल गर्न सक्षम भयो । 


Advertisment
Nabil box
Kumari

अन्ततः ३६ खेलमा १९ जीतसहित ४० अंक बुटुल्दै ७ मध्ये शीर्ष ३ मा पर्दै नेपालले एकदिवसीय विश्वकप छनोट सीधै खेल्ने पक्का गरेको हो ।

Vianet communication

यस क्रममा नेपालले पछिल्ला १२ मध्ये ११ खेल जितेर २२ अंक बटुल्न पुग्यो । जुन नेपालको सीधै विश्वकप छनोटको मुख्य आधार हो । नयाँ प्रशिक्षकका रूपमा भारतीय मोन्टी देसाई आएपछि नेपालले एकपछि अर्को सनसनीपूर्ण जीत निकाल्न सफल भएको हो ।

३११ रनको लक्ष्य नेपालको लागि विशाल मानिएको थियो । झन् टिमको स्कोर १ रनमात्रै हुँदा १ विकेट र ६ मात्र हुँदा २ विकेट गुमेपछि नेपालले निकै फराकिलो हार बेहोर्ने आकलन धेरैको थियो ।

दोस्रो विकेटका रूपमा कुशल मल्ल ५ रनमा आउट भएपछि नेपालले विशाल लक्ष्य पछ्याउन सक्नेमा विश्वास गर्ने अवस्था थिएन । नेपालको ३७ रन हुँदा कप्तान रोहित पौडेल पनि १६ रन बनाएर आउट भएपछि नेपालको अवस्था थप कठिन बनेको थियो । 

यसपछि पनि भने नेपाल केही सम्हालिन थाल्यो । १६.३ ओभरमा ९८ रन बनाउँदा ४ विकेट गुम्यो । विशाल लक्ष्यसामु नेपाल केही बेर सम्हालिएर फेरि दबाबमा आयो । तर यस्तो अवस्थाबाट उठेर नेपाल यूएईविरुद्ध अन्ततः अप्रत्याशित जीत निकाल्न सम्भव भयो । 

असम्भवजस्तो लाग्ने नेपालको जीतका लागि ब्याटिङमा मुख्यतः चार खेलाडी नायक बन्न पुगे ।

किनकि कुनै पनि बलरले राम्रो प्रदर्शन गर्न नसकेको खेलमा सबै आश ब्याटरमाथि थियो । 

तर  चारै जना खेलाडीले अर्धशतकीय पारी खेलेपछि नेपालले जीतको आधार तयार पारेरै छाड्यो । ओपनर कुशल भुर्तेलले ३५ बलमा ५० रन बनाए । यस क्रममा भुर्तेलले ४ छक्का र ३ चौका प्रहार गर्न पुगे ।

टिमको अवस्था कठिन अवस्थामा पुग्दा सम्हालिएर ब्याटिङ गर्दै भीम सार्कीले ७६ बलमा ६७ रन बनाए । यस क्रममा उनले ९ वटा चौका प्रहार गर्न पुगे । आरिफ शेखले ४८ बलमा ५० रन बनाए । नेपालको जितमा आरिफले सम्हालिएर ब्याटिङ गर्न पुगे । उनले जम्मा २ वटा मात्रै चौकाको बलमा अर्धशतक प्रहार गरेका थिए । 

आरिफ आउट भएपछि गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले पनि महत्वपूर्ण साझेदारी गरे। दबाबका बीच गुल्सन झाले ४८ बलमा ५० रन बनाउन पुगे । यस क्रममा उनले २ छक्का र ४ चौका प्रहार गरे। 

१६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालको खातामा ९८ रन थियो । चौथो विकेटका लागि कुशल र भीम सार्कीले ५० रनको पार्टनरसीप गरे । नेपालको ५ विकेट खस्दा रन १८१ पुगेको थियो । जहाँ पाँचौँ विकेटका लागि भीम सार्की र आरिफ शेखबीच ८३ रनको पार्टनरसिप हुन पुग्यो । 

नेपालले छिटो विकेट गुमाउको बाबजुद पनि खेलाडीले नियमित स्ट्राइक रोटेट गर्दै ५ माथिको रनरेट निरन्तर कायम गरेपछि नेपाल रनरेटमा कुनै पनि बेला धेरै पछाडि परेन ।

मध्यक्रमका ब्याटरले कुनै पनि बेला ‘रिस्की’ सट खेलेनन् । बरु स्ट्राइक रोटेट गर्दै खेलमा पूरै ओभर खेल्नेतर्फ अगाडि बढे । बाउन्ड्री नभए पनि स्ट्राइट रोटेट गर्दा नियमित रन आइरह्यो । जसले नेपाललाई दबाबमा राखेन । 

खेलको टर्निङ प्वाइन्ट

नेपालले राम्रो पार्टनरसीप गरिरहेपछि विकेटको दबाबमा यूएई आयो । नियमित बलरबाट विकेट ननिस्कने तर रन नरोकिने भएपछि ४२ औं ओभरमा स्पीनर मोहम्मद वासिम आफैं बलिङ गर्न आए ।

यो उनको पहिलो ओभर थियो । नयाँ बलरले खेल कन्ट्रोल गर्न सक्ने र विकेट लिने विश्वासमा खेलमा ल्याइए पनि वासिम निक्कै महंगो सावित हुन पुगे । यो ओभरमा नेपालका गुल्सन झाले २० रन बटुले । पहिलो बल डट खेलेका गुल्सनले दोस्रो बलमा २ रन बनाए । 

तेस्रो बलमा छक्का प्रहार गरेका झाले बाँकी तीन बलमा तीन/तीन चौका प्रहार गर्न पुगे । जसले २० रन सम्भव बनायो । नेपालको रनरेट पनि सुधारियो । यही सुधारिएको रनरेटकै बलमा अन्ततः नेपाल डिएस मेथडमा ९ रनले विजयी हुन पुग्यो ।

सो ओभरमा नियमित ५-७ वा १० रन हाराहारी रन आएको भए पनि नेपाल अन्ततः पराजित हुन पुग्थ्यो । त्यसपछि ४३ औं ओभरमा ६ रन र खराब प्रकाशका ४४ ओभरमा रोकिनुअघि ८ रन मात्रै नेपालले बनाएको थियो । यसैले खेलको टर्निङ प्वाइन्ट त्यही २० रन नै देखिन पुग्यो । 

पाँचौं नायक दर्शक

खेलका ४ नायक हुँदा नेपाली टिमका लागि कीर्तिपुर मैदानमा उपस्थित ३० हजारभन्दा बढी दर्शक पाँचौं नायक साबित भए। 

बिहानैदेखि नेपाली टिमको समर्थनमा मैदान परिसरका ओइरिएका दर्शकको उल्लेख्य उपस्थितिले पनि नेपालको मनोबल धेरै माथि पुर्‍याइदिए। टिमको मनोबल बनाउन हजारौँ दर्शक नेपालको खेल नहुँदै मैदानमा ओइरिएका थिए । 

बाजागाजा र झाँकीसहित दर्शकहरू टिमको उत्साह भर्न मैदानमा पुगेका थिए । मैदानपरिसरको भित्री र बाहिरी भागमा नअटेका दर्शकले रूखमा चढेरसमेत खेल हरेका थिए ।

खेलमा ४ नायक देखिँदा दर्शक पाँचौँ नायकका रूपमा खेल हेर्न खडा भए । क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)ले अघिल्लो दिन नै सबै टिकट सकिएको भन्दै घरमै बसेर खेल हेर्न आग्रह गर्नुपरेको थियो । 

अरू कसले कति रन बनाए ? 

नेपालको लागि कप्तान रोहित पौडेलले १६, दीपेन्द्रसिंह ऐरीले नटआउट १० र कुशल मल्लले ५ रन बनाए । ओपनर आशिफ शेख खाता नखोली आउट हुन पुगे । नेपालले १९ रन अतिरिक्त पायो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x