×

मन्त्री नै नभएका मन्त्रालयमा स्वकीय सचिवको ओइरो

चैत ३, २०७९

मितव्ययिता अपनाउने भन्दै मन्त्रालयको संख्या घटाएका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्री नै नभएका मन्त्रालयमा भने स्वकीय सचिवको ओइरो लगाएका छन् ।

कार्की पुस २५ गते मुख्य मन्त्री भएका थिए । उनले दुई चरणमा गरेर मन्त्री मण्डल विस्तार गरेका थिए । 


Advertisment

दुई चरणमा मन्त्री मण्डल विस्तार गरेका कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैसँग राखेका छन्  ।


Advertisment

दुई वटै मन्त्रालयमा चार जना स्वकीय सचिव तथा अन्य कर्मचारी नियुक्त गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा प्रतीक ढकाल र खेमराज अधिकारीलाई मुख्यमन्त्री कार्कीले नियुक्त गरेका छन् । 

यस्तै आर्थिक मामिला मन्त्रालयमा भने कार्यालय सहयोगीसहित ४ जना नियुक्त गरेका छन् ।

एक जना कार्यालय सहयोगी एक जना सूचना प्रविधि सहायक र दुई जना स्वकीय सचिव नियुक्त गरेका छन् । मनिस सिग्देललाई सूचना प्रविधि सहायकमा नियुक्ति गरेका छन् भने खगेन्द्र फुयाँललाई कार्यालय सहयोगीमा नियुक्त गरेका छन् ।

कमल पौडेललाई भने प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । पौडेल मुख्यमन्त्री कार्यालयमै बस्छन् । कार्की प्रदेश सभा सदस्य हुँदा पनि उनी स्वकीय सचिव थिए । 

मुख्यमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा भने जीवन कार्की र प्रेस सल्लाहकारमा महेन्द्र विष्टलाई नियुक्त गरेका छन् । 

अन्य नियुक्त गरेका स्वकीय सचिव तथा अन्य कर्मचारीको नाम भने उनले सार्वजनिक गरेका छैनन् । 

मन्त्रीले आफ्नो सचिवालयमा ४ जनालाई नियुक्त गर्न पाउँछन् । ३ जना स्वकीय सचिव र एक जना कार्यालय सचिवलाई नियुक्ति गर्न पाउने कानुनी व्यवस्था छ । प्रमुख स्वकीय सचिव अधिकृतस्तरको हुन्छ भने एक जना नासु र एक जना खरिदार सोसरहको हुन्छन् ।

खर्च कम गर्न १२ वटा मन्त्रालयबाट घटाएर ९ वटा मन्त्रालय बनाएको भन्दै भाषण गर्ने मुख्यमन्त्री कार्कीले भने मन्त्री नै नभएको मन्त्रालयमा कार्यकर्ताहरूलाई भर्ती गरेका हुन् । 

मन्त्री नै नभएको मन्त्रालयमा धमाधम स्वकीय सचिव नियुक्त हुँदा समेत प्रमुख प्रतिपक्षी तथा विपक्षी दलले कुनै चासो देखाएका छैनन् ।

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x