×

NMB BANK
NIC ASIA

देशमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ छैन- केपी ओली

चैत ११, २०७९

NTC
Premier Steels

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताएका छन् ।

Muktinath Bank

कुनै पनि समस्या समाधान नहुने भएकाले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको ओलीको भनाइ थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा काम गरेर फर्केकाहरूले बनाएको संगठन रिटर्नी फेडेरेशनका नेतृत्वले उनीहरूको समस्या समाधानका लागि मिलेर काम गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

विदेशमा बसेर फर्केकाहरूले केही ज्ञान, केही सीप, केही संकल्प र अठोट लिएर आएको हुने भन्दै अध्यक्ष ओलीले त्यसलाई मुलुक निर्माणको काममा लगाउन फेडेरेशनको नेतृत्वलाई निर्देशन दिए । 

Vianet communication

अध्यक्ष ओलीले नेपाल बसोबासको हिसाबले स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरूले काम गर्नुपर्ने बताए । 

‘तापक्रमको हिसाबले, बसाइको हिसाबले नेपाल स्वर्ग हो । कामको हिसाबमा हामी विदेशमा जानुपरेको छ । जाने बाध्यता हुन्छ । परिस्थिति हुन्छ । त्यस परिस्थितिलाई पार गरेर हामी स्वदेश फर्किएका हुन्छौं । स्वदेश फर्किँदा केही ज्ञान, केही सीप, केही संकल्प, केही अठोट बोकेर आएका हुन्छौं । तर कहिलेकहिले कस्तो हुन्छ भने कुन उत्साहका साथ फर्किएर आयो । यहाँ एक्लै परिन्छ । गाउँका खेत उस्तै छन् । अझ बाँझा । बारी उस्तै छन्, अझ बाँझा । अझ रूखा भएका हुन्छन् । अनि उही कुटो, उही कोदालो, उही परम्परागत ढाँचाको खेतीपाती । भएको उद्योग पनि सिद्धिएर उद्योगविहीनताको स्थिति छ,’ ओलीले भने, ‘यस्तो स्थितिमा मान्छे एक्लो महसुस गर्छ । यस्तो अवस्थामा तपाईंहरूले रिटर्नी फेडेरेशन भनेर देशभरिका दुई वर्षभन्दा बढी बाहिर रहेर घर फर्किएकाहरूको संगठन बनाउनु भएको छ । देशव्यापी संगठन, जसले गर्दा यस संगठनले अर्को एउटा काम गरे हुन्छ । रिटर्नीका बेथा, विदेश जानेका व्यथा, फर्केका आउनेका व्यथा उस्तै छन । समाधान मिलेर गर्नु पर्छ । यहाँ साम्प्रदायिकताको ठाउँ छैन । साम्प्रादायिक नारा लगाएर समस्याको समाधान हुँदैन ।’

जो जहाँको भए पनि उत्पादनसँग जोडिनुपर्ने ओलीको भनाइ थियो । 

‘रिटर्नी फेडेरेशनले बुझेको छ । कि हामी पूर्वको होस कि पश्चिमको । उत्तरको होस कि दक्षिणको । निर्माण कार्यमा होस कि उत्पादन कार्यमा । जे सुकैमा लागेको भए पनि संगठित ढंगले सामूहिक रुपले हाम्रा क्षमताहरू, स्रोतहरू, साधनको प्रयोग गरेर संगठित प्रयासबाट एकले अर्कालाई मद्दत गरेर एक अर्काका समस्या बुझेर अगाडि बढनुपर्दछ’, ओलीले भने।

अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरूको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यकता रहेको पनि औंल्याए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x