×

NIC ASIA

नाबालिग बलात्कारको अभियोग

सन्दीप लामिछानेको मुद्दा : प्रतिवेदक डाक्टर र बयानकर्तालाई झिकाउन आदेश

चैत २६, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका डाक्टर र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको छ ।

अन्तिम सुनुवाइ गर्नुअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश आइतवार दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तिम सुनुवाइ शुरू नभएको र प्रतिवेदन लेख्ने डाक्टर तथा प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउने आदेश भएको जानकारी जाहेरवालाको तर्फबाट बहस गर्दै आएकी वरिष्ठ अधिवक्ता प्रा.डा. शशी अधिकारीले लोकान्तरलाई दिइन् । 


Advertisment
Rupse Holidays
Nabil box

प्रतिवेदक डा. यादवलाई नै झिकाउन यसअघि पनि अदालतले आदेश गरेको थियो । तर, आफू सुत्केरी भएको हुनाले चैत ६ गतेपछि मात्र 'फ्री' हुन सक्ने भन्ने पत्र उनले अदालतमा पठाएकी थिइन् ।

Vianet communication

त्यसपछि प्रसुती गृहले उनको ठाउँमा परीक्षण गर्ने टोलीमध्येकै डा. अनामिका झालाई बकपत्रका लागि अदालतमा पठाएको थियो ।

सुनुवाइ शुरू हुनुअघि न्यायाधीश बराल आफैंले मिसिल अध्ययन गर्दा प्रतिवेदक डा . यादव अदालतमा उपस्थित हुनुपर्नेमा नभएकाले पछि त्यही विषयलाई लिएर 'इस्यु' हुन सक्ने भन्दै यादवलाई नै झिकाउने आदेश गरेका हुन् ।

डाक्टर मनिषा यादवसहित तीनजनाको टोलीले १२ पेजको स्वास्थ्य परीक्षण प्रतिवेदन बुझाएको थियो । 

स्वास्थ्य प्रतिवेदनमा हस्ताक्षर गरेकै डाक्टरलाई झिकाउने आदेश भएको अधिवक्ता अधिकारीले जानकारी दिइन् । प्रतिवादीको तर्फबाट बयान गरेका साहब आलम र अनिल श्रेष्ठलाई पनि झिकाइएको छ । 

लामिछानेमाथि नबालिक बलात्कारको आरोप छ । काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।

पछि सर्वोच्चले लामिछानेलाई विदेशमा खेल्न जान समेत अनुमति दिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x