×

NMB BANK
NIC ASIA

अन्तरदेशीय पूर्वाधार निर्माण गर्न आरजुको आग्रह

बैशाख ४, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरीफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी छिन् । 

Muktinath Bank

सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग दुई देशबीचको अर्थसामाजिक सम्बन्ध थप मजबुद बनाउन यो आवश्यक रहेको बताइन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डडेल्धुरा जिल्लालाई भारतसँग जोड्ने पुल निर्माण, गौरीफन्टा नाकाबाट हुने अन्तरदेशीय व्यापार तथा आवागमनलाई सहजीकरण र क्षेत्रीय विमानस्थल निर्माणका लागि नेपालले पहल एवं भारत सरकारले सहजीकरण गर्नुपर्ने उनको भनाइ छ ।
     
‘डडेल्धुरा जिल्लालाई भारतसँग जोड्न पक्की पुल निर्माणका लागि पहल गर्न र गौरीफन्टा नाका सहज बनाउन अति आवश्यक छ’ , राणाले भनिन्,‘‘‘गौरीफन्टाको सडकलाई तत्काल फराकिलो बनाउन नसकेपनि कम्तीमा स्तरोन्नति गरी नाका सहजीकरणमा भारतले सहयोग गर्नुपर्छ ।’


Advertisment
Nabil box
Kumari

गौरीफन्टा नाकाबाट हुने दुईपक्षीय व्यापार र आवागमनमा भारतीय पक्षले पछिल्लो समय दुदुवा नेसनल पार्कका नाममा कडाइ गर्दै आएको उनको भनाइ छ । राणाले सुदूरपश्चिम प्रदेशमा क्षेत्रीय विमानस्थल निर्माणको आवश्यकता पनि औंल्याइन् । 

Vianet communication

सुदूरपश्चिम प्रदेश अहिले भौतिक पूर्वाधार विकासमा राम्रो बनिसकेको भएपनि यहाँको जनशक्ति विदेशीने क्रम अझै नरोकिएको उनको भनाइ छ । ‘पछिल्लो समय यहाँको पूर्वाधारमा निकै ठूलो परिवर्तन भएको छ । तर यहाँको जनशक्ति विभिन्न देशमा गइरहेका छन् ।’ राणाले भनिन्, ‘नेपालका लागि काम गरौं र यहीँ श्रम गरौं भन्ने अवस्था बनाउन यहीँ रोजीरोटी कमाउने र यहीँ राम्रो सपना देख्ने अवस्था सिर्जना गर्नका लागि सबै आआफ्नो क्षेत्रबाट लागौं ।’

मानसखण्ड सम्मेलनको औचित्यबारे बोल्नुहुँदै सांसद राणाले नयाँ युगलाई कसरी परिभाषित गर्ने र कसरी अघि बढ्ने भन्नेबारे यसले मार्ग रेखाङ्कन गरेको बताइन् । ‘सम्मेलनमा विद्धान तथा प्राज्ञहरुले मानसखण्ड करिडोरको मार्गचित्र कोर्नुभएको छ, यसलाई जीवन्त बनाएर अघि बढ्न आवश्यक छ’ उनले भनिन् । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले मानसखण्ड करिडोर निर्माण गरिरहेकाले नेपालले पनि आफ्नो भू–भागभित्रका क्षेत्रमा काम थाल्नुपर्ने बताए । सुदूरपश्चिममा अन्तरदेशीय  सडक सञ्जाल थप गर्न भारत तयार रहेको पनि उनको भनाइ छ ।

‘यहाँका केही स्थानमा नयाँ पक्की पुल बनाउन आवश्यक छ । नेपाल सरकारबाट प्रस्ताव आएमा हामीले यो विषयलाई उत्तराखण्ड सरकारमार्फत् अघि बढाउन सक्छौँ’, राजदूत श्रीवास्तवले भने, । मानसखण्ड करिडोरमा धार्मिक पर्यटनको पर्याप्त सम्भावना रहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसका लागि पूर्वाधार तयार पार्नु दुवै सरकारको पहिलो प्राथमिकता रहनुपर्ने औल्याए । 

भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा विजय चौथाईवालेले मानसखण्ड सम्मेलनको निष्कर्ष तयार पारी नेपाल र भारत सरकारलाई उपलब्ध गराउन सुझाव दिए । यहाँको स्थानीय अर्थतन्त्र बलियो बनाउन दुई देशका विभिन्न धार्मिक सर्किटलाई मूर्तरुप दिइनुपर्ने उनको भनाइ छ । 

‘हामी दुई सार्वभौम मुलुक हौँ । तर हाम्रो सम्बन्ध शदियौंदेखि छ । सम्बन्धलाई थप मजबुद बनाउन नयाँ आयाम खोजेर त्यसमाथि नतिजायोग्य काम गर्न जरुरी छ’ उनले भने,। शिवशक्ति सर्किट, बुद्ध सर्किट, मानसखण्ड सर्किट जस्ता करिडोर निर्माणमा दुई देशको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग सम्बन्धलाई निकै महत्व दिने गरेको र नेपाल भ्रमणका क्रममा यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुगेर प्रवद्र्धनमा सहयोग गरेको उनले बताए । सम्मेलनमा धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले धार्मिक पर्यटन प्रवद्र्धधनका लागि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x