×

उपनिर्वाचन

चितवनमा घण्टीको सुनामी, कांग्रेस-एमालेले पहिले जति मत पनि नल्याउने !

बैशाख १२, २०८०

मंसिर ४ को निर्वाचनमा चितवन २ बाट ३४ हजार ३१२ मतान्तरले विजयी भएका रवि लामिछाने उपनिर्वाचनमा झन् बढी मतान्तरले जित्नेतर्फ अघि बढेका छन् ।

अघिल्लोपटिक ६७ प्रतिशत भोट खसेकोमा यसपटक ६० प्रतिशत हाराहारीमा मात्र भोट खसेको थियो । तर, कम भोट खस्दा पनि रविले पहिलेको भन्दा बढी मत पाउने देखिएको हो ।


Advertisment

७८ हजार २७७ मत खसेको चितवन २ मा रविले ४५ हजार ८४२ मत ल्याएर दोस्रो स्थानमा निक्कै तल रहेका कांग्रेसका जीतनारायण श्रेष्ठसँग ३७ हजार ४१७ मतान्तरको अग्रता लिइरहेका हुन् ।


Advertisment

गणना भएको ६२ हजार ५९६ मत उम्मेदवारले प्राप्त गरिसक्दा अब १५ हजार ६८१ मतगणना गर्न बाँकी छ । गणना गर्न बाँकी मत सबै ल्याउँदा पनि कांग्रेस र एमालेका उम्मेदवारले जित्न सक्ने अवस्था छैन ।

मतान्तर कम गर्न मात्रै उनीहरू प्रतिस्पर्धामा देखिएका छन् । गणना भएको मतमा रविले ७५ प्रतिशत मत प्राप्त गरेका छन् । जबकि कांग्रेस र एमालेका उम्मेदवारले १४/१४ प्रतिशत मात्रै मत प्राप्त गरेका छन् ।  

मतगणनाका ट्रेन्डले पनि बाँकी मतमा ७५ प्रतिशत बढी रविले नै ल्याउने देखाएको छ । यस्तोमा कांग्रेस र एमालेका उम्मेदवारको भने पहिले आएको जति मत पनि नआउने प्रस्ट भएको छ ।

मंसिर ४ मा कांग्रेसका उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याएर दोस्रो स्थानमा आएका थिए । तर, यसपटक जीतनारायण श्रेष्ठ गणना गर्न बाँकी मतमा ६ हजार ल्याएर १४ हजार कटाउने नजिक पनि नपुग्ने देखिएको छ ।

एमालेका कृष्णभक्त पोखरेलले ४ मंसिरमा १४ हजार ६५२ मत ल्याएका थिए । 

तर, उपनिर्वाचनमा एमालेका रामप्रसाद न्यौपानेले पनि पहिले जति मत नपाउने प्रस्ट भएको छ ।

उनले गणना हुन बाँकी मतमा ६ हजार कटाए मात्रै पहिलेको भन्दा मत बढाउन सक्छन् । तर, रविलाई एकलौटी रूपमा खसेको भोट हेर्दा उनले अब ६ हजार पाउने सम्भावना देखिँदैन । 

४ मंसिरमा रविले १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतान्तरले यही क्षेत्रबाट जितेका थिए । तर, नागरिकता प्रकरणमा उनको सांसद पदसँगै गृहमन्त्री पद पनि गएको थियो ।

पाँच महिनालगत्तै उपनिर्वाचन हुँदा रविले झन् शानदार ढंगले जीत दर्ता गरेका हुन् ।

कम मत खस्दा उनले मत र मतान्तर दुवै बढाउने देखिँदा स्थानीय उम्मेदवार उठाएर मत बढाउने आशा गरिएका कांग्रेस र एमालेका उम्मेदवारको बिजोग स्थिति भएको छ ।

घरघरसम्म संगठनको जालो भएका कांग्रेस र एमालेले जिल्लाको राजनीतिमा चिनिएका र टोलटोलसम्म सम्पर्क भएका स्थानीय उम्मेदवारलाई उठाउँदा पनि पहिलेको जति मत ल्याउन नसक्ने देखिएको छ ।

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x