×

NMB BANK
NIC ASIA

लघुवित्तको ऋणले परिवारकै बिचल्ली

बैशाख १२, २०८०

NTC
फाइल तस्बिर
Premier Steels

कैलाली जानकी गाउँपालिका–४ मुनुवाकी स्वस्तिका चौधरी कक्षा ७ मा पढ्छन् । स्वस्तिकाको यसवर्षको रिजल्ट भने राम्रो भएन । लघुवित्तबाट लिएको ऋण तिर्न नसकेपछि बुबाआमा भारत जागिर गएपछि घरको जिम्मेवारी स्वस्तिकाको काँधमा आएको छ । घरको हेरचाह गर्दा उनको पढाइ राम्रो हुन सकेको छैन ।

Muktinath Bank

स्वस्तिकालाई लघुवित्तमा कति रकम तिर्नुपर्छ भन्नेसम्म थाहा छैन । तर हरेक दिन जसो लघुवित्तका कर्मचारीका कुरा भने सुन्नु परिरहेको छ । उनी घरमा कक्षा ५ मा अध्ययनरत  भाइसँग बस्छिन् । “खानका लागि घरमा अन्न छैन । किन्नलाई पैसा पनि छैन”, उनले भनिन्, “आमाबुबा नहुँदा हाम्रो बिचल्ली भएको छ ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लघुवित्तको ऋणले समस्यामा परेको स्वस्तिकाको परिवार उदाहरण मात्रै हो । लघुवित्तको ऋण तिर्न नसक्दा कैयौँ व्यक्ति आज घरबारविहीन भएका छन् भने कतिपयले सन्तान छाडेर हिँडेका छन् । कैयौँ परिवारमा लघुवित्तको ऋणका कारण फाटो आएको छ भने कैयौँ समूहमा बसेर मात्रै पनि विचल्लीमा परेका छन् । मुनुवा गाउँकै पनि एक दर्जनभन्दा बढी परिवार घरबार छोडेर लघुवित्तको ऋण तिर्न नसकेर भागेका छन् । 


Advertisment
Nabil box
Kumari

सोही ठाउँकी सीतादेवी रावरले केहीवर्ष पहिले एक लघुवित्तबाट एक लाख पचास हजार ऋण लिइन् । उनले महिनैपिच्छे लघुवित्तको किस्ता र ब्याज तिर्दै आएकी थिइन् । कोरोना सङ्क्रमणपछिका दिनमा आर्थिक जोहो गर्न नसकेपछि उनकाअनुसार दुईतीन किस्ता रोकिएको छ । किस्ता रोकिएपछि लघुवित्तका कर्मचारीले उनलाई वैशाख १७ गतेसम्मको भाका दिएको छ । 

Vianet communication

“कुन दिन दशा लागेर लघुवित्तको ऋण लिन पुगेछु । ऋण दिँदा सहजरूपमा काम भयो अहिले मर्नु न बाँच्नु जस्तो भएको छ”, सीतादेवीले दुःखेसो गरिन्, “वैशाख १७ गतेसम्म किस्ता र ब्याज तिर्न नसके घरमा भएको सामान, बाख्रा उठाउने धम्की दिएर लघुवित्तका कर्मचारी गएका छन् ।” उनले कर्मचारीले पैसा तिर्न नसक्दा धम्काउने, तर्साउने र नहुँदा शब्द प्रयोग गर्ने गरेको दुःखेसो पोखिन्।​

कैयौँ व्यक्ति विस्थापित भएर घरबारविहीन हुने अवस्थामा पुगेको रुपनी डगौँराको भनाइ छ । “पछिल्लो ११ वर्षदेखि लघुवित्तको समूहमा बसेर कारोबार गर्दै आएकी छु । गाउँघरमा लेखपढ गर्न नजानेका महिलालाई लघुवित्तले नराम्रोसँग फसाएको रहेछ”, उनले भनिन्, “अहिले थाहा भयो । अनि आवाज उठ्न थालेको हो । ऋण दिने बेलामा १५ प्रतिशत ब्याजदरमा दिने र सेवा शुल्क, बीमा शुल्कबाट गरिबलाई झन गरिब बनाउने काम भइरहेको रहेछ ।” 

लघुवित्तले एक लाख ऋण दिँदा ८० हजार मात्रै पाइने गरेको उनको भनाइ छ । उनका अनुसार समूह बनाएपछि आयआर्जनका लागि सीपमूलक तालिम दिनुपर्ने राष्ट्र बैंकको नीति भए पनि लघुवित्तले बचतमा केन्द्रित भएर तालिम दिने गरेका छन् । 

वडा नं ४ मुनुवाकी सिरनदेवी डगौँरा लघुवित्तका कर्मचारीले ऋण तिर्न नसकेपछि आत्महत्या गर्न वा देहव्यापार गरेर भए पनि ऋण तिर्न भनेको भन्दै मिडियामा आएपछि महिला समूहमाथि लघुवित्तले गरेको ज्यादतीविरुद्ध महिलाको समूह गाउँपाकिका–१ दुर्गौंली कार्यालयमा नै पुग्यो । जानकी गाउँपालिका–४ मा रहेका महिलाले लघुवित्तले किस्तामा ज्यादती गरेको भन्दै उनीहरू लघुवित्तको कार्यालयमा पुगेका थिए । 

समूहका महिलालाई लिएको ऋणको किस्ता बुझाउन लघुवित्तका कर्मचारीले अभद्र व्यवहार गरेको भन्दै महिलाले कार्यालयमा पुगेर तालबन्दीसमेत गरेका थिए । उनले महिलामाथि अभद्र व्यवहार गर्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन र किस्ताका लागि आत्महत्याका लागि लघुवित्तले उक्साएको भन्दै कार्यालयमा तोडफोडसमेत गरे । 

त्यसपछि किस्ताका लागि दबाब नदिने सहमति भएको थियो । डिप्रोस लघुवित्त वित्तीय संस्थाका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख अर्जुन पोख्रेलले लिएको कर्जा तिर्दैन भनेर कसैले भन्न नपाउने बताए । उनले देशभर लघुवित्तप्रति फैलाइएको भ्रमको उपज मात्रै भएको दाबी समेत गरे । 

“केही मानिसहरूले लघुवित्तबाट लिएको कर्जा मिनाहा गर्नुपर्ने भन्दै भ्रम फैलाएका छन्, किस्ता नतिर्ने, बैठकमा नआउने अनि आफूले लगानी गरेको पैसा माग्दा यस्तो गर्नु निकै निन्दनीय छ”, उनले भने । रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x