असोज १२, २०८०
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
रुपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादन शुरुवात गर्दै खाद्य सामग्रीको बजारमा प्रविष्ट भएको कम्पनी यशोदा फुड्स अहिले नेपाली बजारमा निकै प्रख्यात नाम बनिसकेको छ । सन् २०१७ मे ७ मा स्वदेशमै विदेशी स्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट चाउचाउ उत्पादन गरेको केही वर्षमै आज करेन्ट नेपाली बजारलगायत भारत, अस्ट्रेलिया र अमेरिका जस्ता मुलुकहरूमा पनि निर्यात हुन थालेको छ ।
विदेशी बजारमा रहेको करेन्टको लोकप्रियतालाई यसको प्रति वर्ष २५ देखि ३० लाख अमेरिकी डलर बराबरको निर्यातले प्रष्ट पार्दछ । देशभर प्रत्यक्ष/अप्रत्यक्षरुपमा लगभग १५ हजार व्यक्तिलाई रोजगारी दिँदै करेन्टले देशका ५ जिल्लाका १० हजार किसानलाई पनि बजार दिँदै आएको छ ।
मकवानपुरबाट खुर्सानी खरिद गर्दै करेन्टले त्यहाँका किसानलाई बजार दिएको छ भने गुल्मी, अर्घाखाँची, पाल्पा र स्याङ्जाका केही किसान समूहलाई समेत लगानी प्रदान गर्दै खुर्सानी खेतीका लागि प्रोत्साहन गरिरहेको छ ।
किसानहरूलाई खुर्सानी उत्पादनका लागि प्रोत्साहन गर्नुका साथै उनीहरूको उत्पादनलाई बजार दिँदै करेन्टले देशका विभिन्न ठाउँमा रोजगारी सिर्जना गरिरहेको छ । यसले देशका केही ठाउँमा वैदेशिक रोजगारी भन्दा देशमै पसिना बगाउनु उचित हो भन्ने भावनालाई पनि उजागर गरिरहेको छ ।
सकेसम्म देश भित्रकै सामग्री र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा पनि निकै ठूलो टेवा पुर्याएको छ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफू जस्ता अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरहेको छ ।
करेन्टले देश भित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको विभिन्न तथ्याङ्कले बताउँछ ।
रोजगारी, देशको आर्थिक विकास र खस्कँदो कृषि क्षेत्रको पुनरुत्थानमा विशेष प्रभाव पार्ने यस कम्पनीले गरिब तथा सिमान्तकृत बालबालिकाहरूलाई छात्रवृत्तिलगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरू पनि गर्दै आएको छ । पिरो चाउचाउ भन्ने बित्तिकै विदेशी ब्राण्ड सम्झने नेपली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उद्देश्यले सञ्चालनमा आएको करेन्टले छोटो समयमा नेपाली बजारमा आफ्नो भिन्न पहिचान स्थापित गरिसकेको छ ।
नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री नेपाल सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर पनि छ र यसै कारण धेरै मानिसले यसलाई रुचाएका छन् ।
दाङ्गदेखि दुवईसम्म, मकवानपुरदेखि मलेसियासम्म र विश्वभर लोकप्रिय हुँदै गएको करेन्ट रोजगारी, र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थ्यको हिसाबले पनि अन्य ब्रान्डको तुलनामा निकै स्वस्थ मानिन्छ । स्थानीय अकबरे खुर्सानीमा पाइने सम्पूर्ण गुणहरू यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकाले यसलाई धेरै व्यक्तिहरूले रुचाएका छन् ।
नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोगबाट स्वस्थ्य चाउचाउ बजारसम्म पुर्याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरू लाभान्वित हुने देखिएको छ । यसले गर्दा धेरै वर्षदेखि बाँझो बसेका खेतहरू पनि प्रयोग हुने र निर्यातमार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउने देखिन्छ ।
देशको अर्थतन्त्रमा करेन्टको योग्दानको चर्चा गर्दै वरिष्ठ अर्थशास्त्री डा. प्रतीक झाले भनेका छन्, ‘ओरालो लाग्दै गरेको अर्थतन्त्र जोगाउनदेखि गरिवीको घाउमा मलम लगाउन, राष्ट्रलाई परनिर्भरताबाट जोगाउनदेखि स्वदेशी उत्पादन निर्यात गर्नसम्म यशोदा फुड्सको करेन्टले नेपाली बजारको तीता र कहाली लाग्दा कहानीहरूमा मीठो रंगहरू भर्दैछ ।’
नेपाली उत्पादन करेन्ट यसरी सबैमाझ परिचित हुनु देशको लागि एउटा गर्वको कुरा त हो नै अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यापार व्यवसाय गर्ने सोच राख्नेहरूका लागि एक उत्कृष्ट उदाहरण पनि हो ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...
नेपालको कुल सार्वजनिक ऋण रू २३ खर्ब नौ अर्ब ८६ करोड ९६ लाख बराबर पुगेको छ । सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयको विवरणअनुसार भदौ मसान्तसम्म नेपालले कुल रू ११ खर्ब ४० अर्ब ५३ करोड बराबर आन्तरिक र रू ११ खर्ब ६९ अर्...
ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन का...
नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलप...
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि ३ दिने चेयरपर्सन क्लब तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात रिजेन्सीमा असोज ६ गतेदेखि ८ गतेसम्म भएको कार्यक्रम कम्पन...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...