×

फिल्ममा डेब्यू गर्दै दीलिपकी छोरी दिव्या

जेठ ३, २०८०

चर्चित अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझीले नेपाली फिल्ममा डेब्यू गर्ने भएकी छन् ।

लामो समयदेखि परिवारसहित अमेरिकामा बस्दै आएकी उनले फिल्म ‘वरिष्ठ बलराम’बाट अभिनयमा डेब्यू गर्न लागेकी हुन् ।


Advertisment

यो फिल्म सुरेन्द्र पौडेलको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बन्न लागेको हो । 


Advertisment

फिल्ममा दिव्याले अभिनेता खगेन्द्र लामिछानेको अपोजिटमा अभिनय गर्नेछिन् । फिल्मको पटकथा खगेन्द्र स्वयंले तयार पारेका हुन् ।

फिल्मका लागि दिव्या आगामी एक/डेढ महिनाभित्रमा नेपाल आउने बताइएको छ । 

आगामी दसैंपछि फिल्मको छायांकन सुरु गर्ने योजना निर्माताको छ । 

दिव्याको सुन्दरतालाई लिएर पनि नेपाली मिडियामा चर्चा हुँदै आइरहेको थियो । उनलाई यसअघि पनि धेरै फिल्मबाट अफर पुगेको थियो ।

यद्यपि, उनले अध्ययनका कारण अफर नकार्दै आइरहेकी थिइन् । मास्टर्स सकेर अमेरिकामा आइटी क्षेत्रमा काम गरेकी उनी अन्ततः टिम र आफ्नो चरित्र मन परेपछि भने उनी ‘वरिष्ठ बलराम’मा काम गर्न तयार भएकी हुन् ।

अभिनेता दीलिप भने पछिल्लो समय पनि नेपाली फिल्ममा सक्रिय छन् ।

उनको अभिनय रहेको फिल्म ‘परदेशी २’ आगामी दसैंमा प्रदर्शनमा आउँदैछ । 

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

जेठ ५, २०८१

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रुपमा कार्यरत डाक्टर स्मृति शाक्य ​पेशाले चिकित्सक हुन् ।  लामो समयदेखि यो क्षेत्रमा सक्रिय मुटुरोग विशेषज्ञ डा स्मृतिले अहि...

असार ८, २०८१

श्रीधर अधिकारी उमेरले जम्मा २७ वर्षमा लागे । सानैदेखि गीत/संगीतमा सक्रिय श्रीधरले अहिलेसम्म ७ दर्जन बढी गीतमा स्वर, शब्द र संगीत भरिसकेका छन् ।  उनी नेपाली लोकदोहोरी क्षेत्रको ‘उर्वर भूमि’ म...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x